पिसाबमा रगत आउनु पिसाबथैलीको क्यान्सरको संकेत

डा. रबिन जोशी
प्रकाशित
२०७६ जेठ २० गते १६:०४

पिसाबथैलीले पिसाब जम्मा गर्ने काम गर्छ । मिर्गौलाबाट आएको पिसाब पिसाबथैलीमा जम्मा हुुन्छ । पिसाबथैलीमा विभिन्न समस्या आउने गर्छन्, जसमा पत्थरी, इन्फेक्सन, क्यान्सर मुख्य हुन् । शरीरको कुनै भागमा नराम्रो कोषिका विकास भएको खण्डमा त्यसलाई क्यान्सर भन्न सकिन्छ । त्यसैगरी, पिसाबथैलीमा नराम्रो ट्युमर पलायो भने त्यसलाई पिसाबथैलीको क्यान्सर भनेर चिन्नुपर्छ ।

पिसाबथैलीमा क्यान्सर हुने धेरै कारण हुन्छन् । बारम्बार इन्फेक्सन भएको खण्डमा, धेरैपटक पत्थरी भएमा पिसाबथैलीमा क्यान्सर हुने गर्छ । त्यसैगरी, वंशानुगत रूपमा पनि हुने गर्छ । महिलामा पिसाब गर्ने र दिशा गर्ने ठाउँ सँगसँगै हुने भएकाले पिसाबको इन्फेक्सन हुने सम्भावना धेरै हुन्छ । अझ महिनावारीको समयमा त झन् इन्फेक्सनको सम्भावना धेरै नै हुन्छ । महिलाको तुलनामा पुरुषमा इन्फेक्सनको सम्भावना अलि कम हुन्छ ।
बिरामी सुरुको अवस्थामा पिसाबमा रगत आएको समस्या लिएर अस्पताल आउने गर्छन् । पिसाबमा रगत आउँदा दुखेर वा नदुखीकन आउने गर्छ । दुखेर रगत आउने भनेको पत्थरी वा इन्फेक्सनका कारण हुन सक्छ । तर, नदुखीकन रगत आएमा क्यान्सरको शंका बढ्न सक्छ । त्यसकारण नदुखीकन पिसाबबाट रगत आउँदा बिरामी आफैँले सावधानी अपनाउनुपर्छ ।

७० वर्षमाथिका बिरामी हकमा स्वास्थ्य राम्रो नभएको खण्डमा पिसाबथैली शरीरको बाहिर नै बनाउने गरिन्छ । आइलियल कन्डिटमा ब्याग राखेर ब्यागमा पिसाब आउने गर्छ । नेपालमा नियोब्राडर धेरैले बनाउँदैनन् । यसलाई चिरफार सर्जरी भने गरिन्छ । त्यसैगरी, अन्य विभिन्न माध्यमबाट पनि उपचार गर्न सकिन्छ । ल्याप्रोस्कोपीबाट पनि उपचार गर्न सकिन्छ । ल्याप्रोस्कोपीप्रविधिमार्फत औजार छिराएर उपचार गरिन्छ, जसबाट घाउ हुने सम्भावना कम हुन्छ ।

सुरुको खण्डमा पिसाबमा रगत छ कि छैन भनेर युरिनको चेकजाँच गरिन्छ । त्यसैगरी, भिडियो एक्स–रे गरिन्छ । भिडियो एक्स–रेले पिसाबथैलीमा कुनै मासु पलाएको छ कि छैन भनेर हेर्ने काम गर्छ । त्यसपछि सिस्टोस्कोपी भनेको दूरवीन लगाएर हेर्ने गरिन्छ । अल्ट्रासाउन्डमा शंका लागेपछि दूरवीन लाएपछि ट्युमर पलाएको रहेछ भने मासु जाँच गर्ने गरिन्छ, जसलाई बायप्सी भनिन्छ ।

उपचार के गर्ने त ?
पिसाबथैलीको क्यान्सर सुरुको अवस्थामा फेलापरेको अवस्थामा यसको उपचार सहज हुने गरेको छ । तर, पिसाबथैलीमा रगत आएको खण्डमा पनि हेलचक्र्याइँ गरेर बसेमा र ट्युमर ठूलो भएमा उपचार पनि जटिल हुने गर्छ, बाँच्ने समय पनि कम भएर जान्छ ।
सानो ट्युमर पलाएको खण्डमा अस्पताल पुगेको अवस्थामा तुरुन्तै उपचार गर्न सकिन्छ । टियुआरबिटी गरेर ट्युमर सबै निकाल्ने गरिन्छ । ट्युमर निकालिसकेपछि मासपेशीमा गएको छ या छैन, यसको उपचार पनि फरक छ । मासपेशीमा गएको छ भने यसको उपचार फरक छ । मसलमा गएको छैन भने जुन बिरामी लक्की छ, उसको उपचार औषधिबाटै गर्न सकिन्छ । पिसाबथैलीमा नै मिटोमाइसिन वा बिसिजी हाल्न सकिन्छ ।
त्यसैगरी,  मासपेशीमा गएको छ भने पिसाबथैली नै निकाल्नुपर्छ । पिसाबथैली निकालिसकेपछि पिसाब आउने बाटो बनाउनुपर्छ । ६५ वर्षमुनिको बिरामीलाई नियोब्राडर बनाउन सकिन्छ । पिसाबथैली सबै निकालिसकेपछि आन्द्रालाई पिसाबथैलीजस्तो बनाएर भित्रै नयाँ थैली बनाउन सकिन्छ । नयाँ थैली भयो भने मूत्रनलीबाटै पिसाब फेर्न सकिन्छ ।

७० वर्षमाथिका बिरामी हकमा स्वास्थ्य राम्रो नभएको खण्डमा पिसाबथैली शरीरको बाहिर नै बनाउने गरिन्छ । आइलियल कन्डिटमा ब्याग राखेर ब्यागमा पिसाब आउने गर्छ । नेपालमा नियोब्राडर धेरैले बनाउँदैनन् । यसलाई चिरफार सर्जरी भने गरिन्छ । त्यसैगरी, अन्य विभिन्न माध्यमबाट पनि उपचार गर्न सकिन्छ । ल्याप्रोस्कोपीबाट पनि उपचार गर्न सकिन्छ । ल्याप्रोस्कोपीप्रविधिमार्फत औजार छिराएर उपचार गरिन्छ, जसबाट घाउ हुने सम्भावना कम हुन्छ ।

अन्य विकसित मुलुकमा रोबर्टबाटै सर्जरी गर्न सकिन्छ । नेपालमा चिरफार सर्जरीबाट उपचार गर्ने गरिन्छ भने ल्याप्रोस्कोपी पनि बिस्तारै गर्दै आएको अवस्था छ । नेपालमा पिसाबथैलीको क्यान्सर समग्र क्यान्सरमध्ये पाँचौँ वा छैटौँ स्थानमा आउने गर्छ ।
वंशानुगत रूपमा क्यान्सर छ भने समय–समयमा अल्ट्रासाउन्ड गर्नुपर्छ । रातो मासु धेरै खाने, माछामासु धेरै खाने, हरियो सागपात कम खाने, इन्फेक्सन धेरै हुने तथा धेरै मात्रामा चुरोट सेवन गर्ने व्यक्तिमा मुख्यतया पिसाबथैलीको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय