न्युरो सर्जनका लागि एसिएनएस न्यूरो इन्डोभास्कुलर कार्यशाला
न्युरो चिकित्सा विधामा विकास भएको नवीवनतम् प्रविधिबारे जानकारी दिने उदेश्यले आयोजित एसिएनएस न्युरो इन्डोभास्कुलर वर्कसप सम्पन्न भएको छ । मेडिकल अस्पतालको न्यूरो विभागले आयोजना गरेको वर्कसपको कोर्स डाइरेक्टरका रुपमा जापानका प्रतिष्ठित न्यूरोसर्जन प्रा. नाओया खुयायामा, अन्य आठ जापानी प्रशिक्षक र प्राविधिकहरु उपस्थित थिए ।
कार्यशालामा नेपालका ४० न्युरो सर्जनहरुको सहभागि रहेको कार्यशालामा प्रविधिबारे ज्ञान हासिल गर्नु र यी प्रविधि आवश्यक पर्ने बिरामीमा त्यसको सफल प्रयोगबारे चिकित्सकमा ज्ञान वा सीप विकास गर्नु रहेको नेपाल मेडिसिटीका न्यूरोसर्जरी विभाग प्रमुख तथा नेसोनका न्यूरो भाष्कुलर च्याप्टर प्रमुख वरिष्ठ न्यूरोसर्जन प्रा.डा. गोपाल रमण शर्माले बताए ।
शुक्रबार उद्घाटन गरिएको कार्यक्रममा नेपाली न्यूरोसर्जनहरुको प्रतिनिधित्व गर्ने सस्था नेसोनका वर्तमान अध्यक्ष प्रा. मोहन शर्मा, पूर्वअध्यक्ष डा. बसन्त पन्त, नसोनको न्यूरोभाष्कुलर च्याप्टरका महासचिव डा. यम बहादुर रोकासमेतले कार्यशालाको औचित्यबारे प्रकाश पारेका थिए ।