प्रदेश ५ मा सबैभन्दा धेरै औलोरोगी बाँकेमा, दोस्रोमा कपिलवस्तु

प्रदेश ५ मा आर्थिक वर्ष ०७४/७५ मा २ सय ३९ जना औलोरोगी सार्वजनिक भएका थिए । चालू आव ०७५/७६ को समीक्षा अवधिसम्ममा जम्मा १ सय ८५ औलोरोगी भेटिएका छन् । यसबाट गत आवको तुलनामा चालू आवमा औलोरोगीको संख्या केही घटेको देखिए पनि आर्थिक वर्ष सकिन अझै डेढ महिना बाँकी रहेकाले यकिन रूपमा विश्लेषण गर्ने वेला भइसकेको छैन ।

सबैभन्दा बढी बाँकेवासीमा संक्रमण
प्रदेश ५ स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार सबैभन्दा धेरै बाँके जिल्लामा ५२ जना औलोरोगी भेटिएका छन् । प्रदेश ५ का कपिलवस्तुमा ४९, बर्दियामा ३४, रुपन्देहीमा २४, दाङमा १०, अर्घाखाँची र नवलपरासी पूर्वमा ७–७ र पाल्पामा दुईजना औलोरोगी भेटिएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

३ जिल्लाका ३ वडा उच्च जोखिममा
तथ्यांकअनुसार प्रदेश ५ का ३ जिल्लाका ३ वटा वडा अझै पनि मलेरिया (औलो)को उच्च जोखिममा छन् । त्यसैगरी, ५ जिल्लाका ३१ वटा वडा मध्यम जोखिममा रहेको निर्देशनालयको भनाइ छ । त्यसअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकाकाको वडा नं. ३, बर्दियाको ठाकुरबाबा नगरपालिकाको वडा नं. २ र कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको वडा नं. ४ अझै पनि औलोको उच्च जोखिममा छन् ।

मध्यम जोखिममा रहेका ३१ वडा
बाँकेको बैजनाथ गाउँपालिकाका वडा नं. १, २ र ४, डुडुवा गाउँपालिकाको वडा नं. २ तथा नरैनापुर गाउँपालिकाको वडा नं. ३ मध्यम जोखिममा छन् । त्यस्तै, बर्दियाको बाँसगढी नगरपालिकाका वडा नं. १, २ र ५, बारबार्दिया नगरपालिकाको वडा नं. ६, ठाकुरबाबा नगरपालिकाका वडा नं. १ र ३, दाङ जिल्लाका बबई गाउँपालिकाका वडा नं. ५ र ७, राप्ती गाउँपालिकाको वडा नं. ९, शान्तिनगर गाउँपालिकाको वडा नं. ६ र तुल्सीपुर नगरपालिकाको वडा नं. ३ मध्यम जोखिममा रहेको तथ्यांकले देखाएको छ ।

औलो रोग लामखुट्टेबाट लाग्ने भएकाले गाउँघरवरिपरि सफा राखी वातावरण नै स्वच्छ बनाउने, खाल्डाखुल्डी पुर्ने, औषधि छर्कने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नेजस्ता विषयमा नागरिक संवेदनशील हुनुपर्ने निर्देशक चापागाईंले बताए । उनले भने, ‘गर्मीको सिजन छ, औलो नआउला भन्न सकिन्न ।

त्यस्तै, कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाको वडा नं. ६, मायादेवी गाउँपालिकाका वडा नं. १ र ६, बुद्धभूमि नगरपालिकाको वडा नं. ७, कृष्णनगर नगरपालिकाको वडा नं. ७, महाराजगन्ज नगरपालिकाका वडा नं. ७ र १०, शिवराज नगरपालिकाको वडा नं. १० तथा रूपन्देही जिल्लाको कोठीमाई गाउँपालिकाको वडा नं. ७, शम्मरीमाई गाउँपालिको वडा नं. ४, देवदह नगरपालिकाको वडा नं. ९ र ११, सिद्धार्थनगर नगरपालिकाका वडा नं. १ र ३ तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ६ मध्यम जोखिममा छन् ।

औलो रोग लामखुट्टेबाट लाग्ने भएकाले गाउँघरवरिपरि सफा राखी वातावरण नै स्वच्छ बनाउने, खाल्डाखुल्डी पुर्ने, औषधि छर्कने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नेजस्ता विषयमा नागरिक संवेदनशील हुनुपर्ने निर्देशक चापागाईंले बताए । उनले भने, ‘गर्मीको सिजन छ, औलो नआउला भन्न सकिन्न । प्रकोप नै फेलिने अवस्था भने छैन । तर, सम्भावित दुर्घटना न्यूनीकरणका लागि हामी तयारी अवस्थामा छौँ ।’ औलोरोग लागेपछि कामज्वरो आउने, शरीर रातो हुनेलगायत लक्षण देखापर्छन् ।

‘आफैँबाट सुरु गरौँ, औलोलाई शून्यमा पुर्याऔँ’ मूल नारासहित सरकारले सन् २०२५ सम्म देशलाई औलोरोगमुक्त बनाउने उद्देश्यका साथ अभियान चलाएको छ । ‘स्थानीय एकजनामा औलो देखिनुलाई निकै खतरा मानिन्छ, अन्य व्यक्तिहरूमा पनि सार्न सक्ने जोखिम उस्तै हुन्छ,’ प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले भने, ‘बिरामी फेला परेका स्थानमा नियन्त्रणका लागि चेकजाँच अभियान पनि चलाउने गरेका छौँ ।’ उनका अनुसार औलो नियन्त्रणका लागि कीटनाशक झुल पनि वितरण गर्ने गरिएको छ ।

‘लामखुट्टेबाट जोगिने भरपर्दो र सुरक्षित उपाय झुलको प्रयोग नै हो । त्यसैले औलो देखिएको स्थानका स्वस्थ व्यक्तिमा रोग सर्न नदिन झुल वितरण गर्ने गरेका छौँ,’ वरिष्ठ जनस्वास्थ्य प्रशासक चौधरीले भने, ‘बढी लामखुट्टे भएको स्थानमा विषादी पनि छर्दै आएका छौँ ।’ उनका अनुसार बिरामी फेला परेका घरको ५० मिटरआसपासका व्यक्तिको रगत परीक्षण र निगरानी गर्ने गरिएको छ । लामखुट्टेले स्वस्थ व्यक्तिमा रोग सार्न सक्ने भएकाले सूक्ष्म तरिकाले निगरानी गरिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय