स्वास्थ्य र जनसंख्यामा ६८ अर्ब ७८ करोड, सबै नागरिकको स्वास्थ्यबिमाका लागि ६ अर्ब, सर्भाइकल तथा स्तन क्यान्सरको निःशुल्क स्वास्थ्यपरीक्षण

नेपाल सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा कुल ६८ अर्ब ७८ करोड बजेट विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा स्वास्थ्य तथा जनसंख्या क्षेत्रले कुल ५६ अर्ब ४१ करोड ९७ लाख बजेट पाएको थियो । सरकारले आगामी वर्षका लागि चालू आर्थिक वर्षको तुलनामा करिब २२ प्रतिशत बढी बजेट स्वास्थ्यका लागि विनियोजन गरेको हो । नेपाल सरकारकातर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडा अहिले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको अनुमानित आय–व्ययको विवरण प्रस्तुत गर्दै छन् ।

सरकारले आगामी आर्थिक वर्षमा सबै नागरिकलाई स्वास्थ्यबिमाको दायराभित्र ल्याउने घोषणा गरेको छ । यसका लागि सरकारले ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ । हालसम्म ४४ जिल्लामा स्वास्थ्यबिमा कार्यक्रम लागू भएका छन् ।
त्यसैगरी, सरकारले देशभरका सामुदायिक विद्यालयमा अध्ययनतर छात्राका लागि निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने भएको छ ।

सरकारले ३९ जिल्लाका सामुदायिक विद्यलायमा आधारभूत तहमा अध्ययनरत छात्रछात्राका लागि दिवा खाजा उपलब्ध गराउन ५ अर्ब बजेट विनियोजन गरेको छ ।

सरकारले महिलामा बढ्दो सर्भाइकल तथा स्तन क्यान्सरको रोग पहिचानका लागि निःशुल्क स्वास्थ्यजाँचको सुविधा उपलब्ध गराउने भएको छ । सरकारले सर्भाइकल क्यान्सरविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्न र सबै स्थानीय तहका स्वास्थ्यसंस्थाबाट सुरक्षित मातृत्व तथा प्रजजन स्वास्थ्यसेवा प्रदान गर्न आवश्यक बजेट विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय