रक्तअल्पता : एक जनस्वास्थ्य समस्या

हेल्थपोस्ट
प्रकाशित
२०७६ जेठ १५ गते १०:४३

विश्व स्वास्थ्य संगठन (अब्लुएचओ)ले रक्तअल्पतालाई जनस्वास्थ्य समस्याका रूपमा व्याख्या गर्न यसबाट जनसमुदायको स्वास्थ्यमा पर्न सक्ने असरसमेतलाई लेखाजोखा गरी यसको व्यापकतालाई वर्गीकरण गरेको छ । अब्लुएचओले यदि समुदायमा रक्तअल्पताको प्रकोप २० प्रतिशतभन्दा बढी छ भने आइरन तथा फोलिक एसिड वितरणसहित जनस्वास्थ्य कार्यक्रमका अन्य उपाय पनि अपनाउन सिफारिस गरेको छ ।

अब्लुएचओको वर्गीकरणअनुसार कुनै पनि देशका नागरिकमा ४.९ प्रतिशत वा सोभन्दा कममा रक्तअल्पता रहेको अवस्थालाई जनस्वास्थ्य समस्या मानिँदैन । त्यस्तै, रक्तअल्पताको व्याप्तता ५ प्रतिशतदेखि १९.९ प्रतिशतसम्म भएको अवस्थालाई सामान्य जनस्वास्थ्य समस्याका रूपमा लिइन्छ । त्यसैगरी, २० प्रतिशतदेखि ३९.९ प्रतिशतसम्म जनसंख्यामा रक्तअल्पता भएको अवस्थालाई अब्लुएचओले मध्यम जनस्वास्थ्य समस्याका रूपमा परिभाषित गरेको छ । तर, ४० प्रतिशतभन्दा बढी जनसंख्यामा रक्तअल्पताको व्याप्तता रहेको अवस्थालाई भने अब्लुएचओले गम्भीर जनस्वास्थ्य समस्याका रूपमा वर्गीकरण गरेको छ ।

उल्लेखित वर्गीकरणअनुसार नेपालका १५ देखि १९ वर्ष उमेरसमूहका किशोरीमा रक्तअल्पता मध्यम जनस्वास्थ्य समस्याका रूपमा विद्यमान छ । उक्त उमेरसमूहका ३९ प्रतिशत किशोरीमा रक्तअल्पता रहेकाले यसले गम्भीर जनस्वास्थ्य समस्याकै रूप लिने खतरा कायमै छ । यस्तोमा अब्लुएचओले रक्तअल्पतापीडित नेपाली किशोरीलाई आइरन फोलिक एसिड खुवाउन सुझाएको छ ।

रक्तअल्पता भएमा शारीरिक तथा बौद्धिक विकासमा कमी हुनुका साथै यौन तथा प्रजनन क्षमतामा पनि कमी आउन सक्छ । परिणामस्वरूप व्यक्तिको कार्यप्रतिफलमा कमी आउने, सिक्ने क्षमतामा कमी आउनेजस्ता असर देखापर्न सक्छन् । यदि रक्तअल्पता भएको व्यक्ति किशोरी या महिला भएमा महिनावरीमा अनियमितता हुने, महिना नपुग्दै शिशु जन्मिने तथा कम तौलको शिशु जन्मिनेजस्ता असर देखापर्ने सम्भावना बढी हुन्छ ।

आइरनको कमीले हुने रक्तअल्पताले कोषमा हुने अक्सिजनको प्रवाहमा प्रतिकूल असर पुर्याउँछ । परिमाणस्वरूप कार्यक्षमतामा ह्रास आउनुका साथै शारीरिक गतिविधि घट्छ । यदि किशोरावस्थामा आइरनको कमीले हुने रक्तअल्पता भएमा अपूर्ण शारीरिक वृद्धि हुने, कमजोर बैद्धिक विकास हुने, न्यून शारीरिक क्षमता तथा कार्यसम्पादन र दैनिक कार्यमा न्यून एकाग्रताजस्ता परिणाम देखिन्छन् । विभिन्न अनुसन्धानले के पनि देखाएका छन् भने रक्तअल्पता भएका किशोरीमा गर्भावस्थापूर्वको आइरनको भण्डार कम हुन्छ । बढ्दो भू्रणका लागि पनि आवश्यक आइरन भण्डार निर्माण गर्न गर्भावस्थाको अवधि अति छोटो हुने भएकाले यस अवस्थामा रक्तअल्पताको जोखिम बढ्छ । त्यसैले, रक्तअल्पता भएका किशोरी पछि गर्भवती भएमा समयभन्दा अगाडि शिशु जन्मिने र कम तौलको शिशु जन्मिनेजस्ता जोखिम बेहोर्नुपर्ने हुन्छ ।

रक्तअल्पता भएमा शारीरिक तथा बौद्धिक विकासमा कमी हुनुका साथै यौन तथा प्रजनन क्षमतामा पनि कमी आउन सक्छ । परिणामस्वरूप व्यक्तिको कार्यप्रतिफलमा कमी आउने, सिक्ने क्षमतामा कमी आउनेजस्ता असर देखापर्न सक्छन् । यदि रक्तअल्पता भएको व्यक्ति किशोरी या महिला भएमा महिनावरीमा अनियमितता हुने, महिना नपुग्दै शिशु जन्मिने तथा कम तौलको शिशु जन्मिनेजस्ता असर देखापर्ने सम्भावना बढी हुन्छ । यसप्रकार किशोरीलाई रक्तअल्पता भएमा उनीहरूको जीवनचक्रमा मात्र नभई अन्तरपुस्ताको स्वास्थ्य र पोषणमा पनि प्रतिकूल असर पर्ने सम्भावना हुन्छ । तसर्थ, किशोरीमा आइरनको कमीले हुने रक्तअल्पताको रोकथामका लागि पर्याप्त मात्रामा सूक्ष्मपोषणतत्वयुक्त खानाको सेवन गर्नुका साथै आइरन तथा फोलिकएसिडको पनि नियमित सेवन गर्नु जरुरी हुन्छ ।

रक्तअल्पताका विभिन्न कारणमध्ये प्रमुख दैनिक आहारमा आइनयुक्त खानाको कमी हुनु हो । पोषणयुक्त खाद्यपदार्थको रोजाइबारे कम चेतना र विभिन्न सांस्कृतिक तथा परम्परागत प्रचलनका कारण नेपालमा खानपानको व्यवहारलाई प्रभावित गर्न त्यति सजिलो छैन । तथापि, किशोरीको जीवनमा पार्ने प्रतिकूल असरलाई मध्यनजर गरी रक्तअल्पतामा कमी ल्याउनु अति जरुरी छ ।

उच्चदरले हुने वृद्धि–विकासका कारण आइरनको बढ्दो आवश्यकता हुने, तर खानाबाट आइरनको अपर्याप्त आपूर्ति, जुकाको संक्रमण, किशोरीमा रजस्वलाचक्रसमेत सुरु हुने हुनाले यो उमेरसमूहमा आइरनको आवश्यकता बढी हुन्छ, जसले गर्दा उनीहरू आइरनको कमीबाट हुने रक्तअल्पताको उच्च जोखिममा पर्दछन् । यसका साथै कलिलो उमेरमा विवाह, किशोरावस्थामा गर्भधारण र पटक–पटक गर्भवती हुनेजस्ता विभिन्न सामाजिक तथा सांस्कृतिक कारणले पनि किशोरीहरू आइरनको कमीबाट हुने रक्तअल्पताको जोखिममा पर्छन् ।

मुलुकका विभिन्न समुदाय र क्षेत्रका किशोरीमा रक्तअल्पताको प्रकोप फरक–फरक हुन सक्दछ । पर्यावरणीय क्षेत्रअनुसार हेर्ने हो भने तराईक्षेत्रमा रक्तअल्पताको प्रकोप उच्च (४२ प्रतिशत) छ भने पहाडी र हिमाली भेगमा करिब २७ प्रतिशत छ । तराई तथा पहाडी भेगका किशोरीमा औलो र कमजोर स्वास्थ्य तथा सरसफाइका कारण रक्तअल्पताको जोखिम उच्च हुन्छ ।

नेपालका केही समुदायमा सिकलसेल एनिमिया पनि व्याप्त छ । यो यस्तो गम्भीर रोग हो, जुन लागेपछि शरीरमा हँसिया आकारका राता रक्तकोषहरू निर्माण हुन्छन् । विशेषगरी दक्षिण–पश्चिम नेपालको थारू समुदायमा व्याप्त यस्तो प्रकारको रक्तअल्पतालाई रक्तअल्पताका वंशानुगत स्वरूपका रूपमा मानिन्छ । यस्तो रक्तअल्पतामा शरीरलाई आवश्यक अक्सिजन पुर्याउनका लागि पर्याप्त संख्यामा स्वस्थ राता कोषहरू हुँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय