खान छोडेमा वा आवश्यकभन्दा कम खाएमा शरीरमा यस्तो असर

हेल्थपोस्ट
प्रकाशित
२०७६ जेठ १४ गते १५:२६

शरीरले नै साथ छोडे अर्कै कुरा हो, अन्यथा एउटा व्यक्ति सामान्यतया २० देखि ६० दिनसम्म विनाअन्न पनि रहन सक्छ । संसारमा यस्ता कैयौँ व्यक्ति छन्, जो भोक हड्तालका क्रममा विनाअन्न मात्र होइन, पानीसमेत नपिई ७० दिनसम्म पनि आफूलाई जीवन्त राख्न सफल भएका छन् । यसबाट के थाहा हुन्छ भने केही क्षण वा केही दिन खान छोड्दैमा हामी मर्दैनौँ ।

व्यस्त जीवनशैलीका कारण आजकल हामी यति धेरै बेफुर्सदिला भएका छौँ कि, समयमा खाना नखाने प्रवृत्ति आम बनिसकेको छ । समस्या त तब मात्र पैदा हुन्छ, जब यसको प्रत्यक्ष असर शरीरमा देखिन थाल्छ ।

जब शरीरलाई आवश्यक पौष्टिक पदार्थ आहारबाट प्राप्त हुँदैन, शरीरको प्रतिरोधी क्षमता कम हुन थाल्छ र शरीरले रोगसित लड्न सक्दैन । यसकै असरस्वरूप शरीरमा टिस्युहरूको कमी हुन थाल्छ । नियमित खाना अभावमा शरीरमा फ्याट (बोसो)को समेत कमी हुन थाल्छ ।

शरीरका लागि खाना
प्रत्येक शरीरलाई बाँच्नका लागि खाना जरुरी छ । खानाबाटै शरीरलाई पौष्टिकतत्व प्राप्त हुन्छ । जब शरीरलाई आवश्यक पौष्टिक पदार्थ आहारबाट प्राप्त हुँदैन, शरीरको प्रतिरोधी क्षमता कम हुन थाल्छ र शरीरले रोगसित लड्न सक्दैन । यसकै असरस्वरूप शरीरमा टिस्युहरूको कमी हुन थाल्छ । नियमित खाना अभावमा शरीरमा फ्याट (बोसो)को समेत कमी हुन थाल्छ ।

पौष्टिकतत्वको सेवन
शरीरलाई स्वस्थ एवम् तन्दुरुस्त राख्न प्रत्येक व्यक्तिले समय–समयमा सुगर, कार्बोहाइड्रेट, भिटामिन, फ्याट, प्रोटिन, पानी तथा मिनरल्सलगायत विभिन्न पोषकतत्वयुक्त आहारको सेवन गर्नुपर्छ । यस्ता आहारको सेवनले शरीरको विकासका साथै स्वस्थ र तन्दुरुस्त रहनसमेत मद्दत गर्छ । यी पोषकतत्वले शरीरका लागि आवश्यक शक्ति प्रदान गर्छन् ।

खाना पर्याप्त नभएमा फ्याटको मात्रामा कमी
लामो समयसम्म शरीरमा आहारको कमी भएमा शरीरको बाहिरी भाग परिवर्तन आउने मात्र होइन, भित्री भागमा एकत्रित हुने फ्याटमा समेत कमी आउँछ । कतिपय मानिस तौल घटाउने वा शरीरलाई मेन्टेन गर्ने नाममा लामो समयसम्म निरपेक्ष रूपमा शरीरलाई आवश्यक मात्राको ज्यादै न्यून मात्र खाना खाने गर्छन् । यसले उनीहरूको शरीरको बाहिरी स्वरूपमा त चाहेजस्तो परिवर्तन देला, तर शरीरको भित्री भागमा एकत्रित हुने फ्याटको कमीले निम्त्याउने असरतर्फ भने उनीहरूको ध्यान पुगेको पाइँदैन । जब शरीरमा आवश्यकभन्दा फ्याटको मात्रामा कमी आउँछ, तब शरीरलाई आवश्यक पोषकतत्वमा समेत कमी हुन जान्छ ।
तसर्थ,

प्रत्येक ६ घण्टामा केही न केही खानु जरुरी छ
चिकित्सकहरू प्रत्येक ६ घण्टाको अन्तरालमा केही न केही खानेकुरा खान सुझाब दिने गर्छन् । मेडिकल साइन्सका अनुसार सुतेको समयमा बाहेक प्रत्येक व्यक्तिले हरेक घण्टामा खानेकुरा खानैपर्छ । सम्भव भएसम्म प्रत्येक दुई घण्टामा थोरै भए पनि केही न केही खानु राम्रो हुन्छ । तर, व्यस्त जीवनशैलीका कारण आजकल हामी यति धेरै बेफुर्सदिला भइसकेका छौँ कि, खाद्यवस्तुको सेवन परै जाओस्, शरीरलाई अत्यावश्यक पानी पिउनसमेत हामीसित समय छैन ।

लामो समयसम्म शरीरमा आहारको कमी भएमा शरीरको बाहिरी भाग परिवर्तन आउने मात्र होइन, भित्री भागमा एकत्रित हुने फ्याटमा समेत कमी आउँछ । कतिपय मानिस तौल घटाउने वा शरीरलाई मेन्टेन गर्ने नाममा लामो समयसम्म निरपेक्ष रूपमा शरीरलाई आवश्यक मात्राको ज्यादै न्यून मात्र खाना खाने गर्छन् । यसले उनीहरूको शरीरको बाहिरी स्वरूपमा त चाहेजस्तो परिवर्तन देला, तर शरीरको भित्री भागमा एकत्रित हुने फ्याटको कमीले निम्त्याउने असरतर्फ भने उनीहरूको ध्यान पुगेको पाइँदैन ।

आखिर, लामो समयसम्म खाना नखाँदा वा भोकै रहँदा शरीरमा के–कस्ता असर देखिन सक्छन् त ?

१. पहिलो ६ घण्टा
बिहानको नास्ता गरेको पहिलो ६ घण्टा हामी खासै केही खाँदैनौँ । यो हाम्रा लागि सामान्य पनि हो, तर शरीरका लागि भने सामान्य हइन । किनकि, जब नास्ता गरेको ६ घण्टासम्म पनि हामी केही खाँदैनौँ, तब शरीरमा ऊर्जा सञ्चित गर्ने ग्लाइकोजन ग्लुकोज टुक्रिन थाल्छ । ऊर्जा प्राप्तिका लागि कोषिकाले यो ग्लुकोजको प्रयोग इन्धनका रूपमा गर्दछ । त्यसमध्ये २५ प्रतिशत ऊर्जाको प्रयोग दिमागले एकलौटी रूपमा गर्छ भने बाकीँ ऊर्जा टिस्यु तथा रक्तकोषिकाले प्रयोग गर्छन् ।

६ घण्टापश्चात् ग्लाइकोजनको स्तरमा तीव्र कमी हुन थाल्छ । यसबाट शरीरमा ऊर्जाको स्तर पनि कम हुन थाल्छ र व्यक्तिलाई भोक लाग्नुका साथै थकावट महसुस हुन्छ । अब शरीर किटोसिसको अवस्थामा पुग्छ, जहाँ ६ घण्टापश्चात् पनि खाना नखाएमा हाम्रो शरीर भोकै रहेको स्थितिमा पुग्छ र यसले शरीरमा प्रतिकूल असर पार्छ ।

२. ऊर्जाको स्तर घट्छ
एक समयको खाना छोड्दा शरीरमा कस्तो असर देखिन्छ भन्ने कुरा व्यक्तिको उमेर, स्वास्थ्यअवस्था तथा खानपानमा भरपर्छ । तथापि, कमजोर शरीर भएका व्यक्तिले लामो समय नखाएमा शरीरको ऊर्जाको स्तर कम हुने गर्छ, जसले शरीरमा कमजोरी तथा आलस्य निम्त्याउँछ । जबकि, मजबुत शरीर हुने व्यक्तिलाई भने खान छोडेको एक वा दुई दिनसम्म पनि यसले खासै फरक पार्दैन ।

३. रगतमा ग्लुकोजको मात्रा घट्छ
लामो समयसम्म भोकै बस्दा पहिले शरीरमा र त्यसपछि रगतमा ग्लुकोजको कमी हुने गर्छ । ग्लुकोजको अभावमा शरीरले ऊर्जाका लागि फ्याटको प्रयोग गर्न थाल्छ । मोटो मानिसबाट शरीरले सजिलै फ्याट प्राप्त गर्छ । समस्या त तब हुन्छ, जब यो फ्याट फ्याटी एसिडमा टुक्रन्छ । यसमध्ये धेरैजसो फ्याटी एसिडलाई मस्तिष्कले प्रयोग गर्न सक्दैन । यसरी रगतमा ग्लुकोजको मात्रा कम हुने तथा फ्याटी एसिडको संरचना बेग्लैकिसिमको हुने भएकाले यसले मस्तिष्कको अवरोधलाई पार गर्न सक्दैन । परिणामस्वरूप, आकस्मिक रूपमा ऊर्जा ग्रहण गर्नका लागि मस्तिष्कले आफ्नो तरिका बदल्न थाल्छ र किटोसिसको प्रयोग गर्न थाल्छ । यसको संरचना सानो भएका कारण यसले रगतको ब्रेन बेरियर्स (मस्तिष्क अवरोध)लाई पार गर्छ । तर, यो तरिका लामो समय टिक्दैन । किनकि, मस्तिष्कले किटोसिसको ७५ प्रतिशत ऊर्जा मात्र प्राप्त गर्न सक्छ । बाँकी ऊर्जाका लागि ग्लुकोजको आवश्यकता पर्छ । यसबाट के थाहा हुन्छ भने लामो समय भोकै रहनाले मस्तिष्कको कार्यप्रणालीमा समेत असर पर्ने गर्छ ।

मानिस सोच्छन्, खाना कम गरेमा तौल कम हुन्छ । खासमा खाना छाडेमा टिस्युको भार कम हुने गर्छ, जसले मानिसलाई तौल घटेको महसुस हुने गर्छ । त्यसैले, टिस्युको भार कम गर्ने नाममा खाना छोड्नु राम्रो होइन ।

नखाँदैमा घट्छ त तौल ?
केही दिन लगातार भोकै बसेमा शरीरमा विभिन्न परिवर्तनहरू देखापर्न थाल्छन् । विशेषगरी, खान छोडेको ७२ घण्टापश्चात् व्यक्तिको मुड र ऊर्जाको स्तरमा कमी आउन थाल्छ । भित्रको प्रोटिनलाई शरीरले तोड्न थाल्छ । यो प्रोटिनले शरीरमा एमिनो एसिड जारी गर्छ, जुन ग्लुकोजमा परिवर्तित हुन्छ । यो दिमागका लागि निकै राम्रो मानिन्छ, तर शरीरका लागि होइन । किनकि, यसले फ्याट कम हुँदैन । यसबाट टिस्युको भार भने अवश्य घट्छ ।

मानिस सोच्छन्, खाना कम गरेमा तौल कम हुन्छ । खासमा खाना छाडेमा टिस्युको भार कम हुने गर्छ, जसले मानिसलाई तौल घटेको महसुस हुने गर्छ । त्यसैले, टिस्युको भार कम गर्ने नाममा खाना छोड्नु राम्रो होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय