बम बिष्फोटका घाइतेको उपचार ट्रमा, ओम र शहीद मेमोरियाल अस्पतालमा
आइतबार राजधानीसहित विभिन्न ठाउँमा भएको बिष्फोटका घाइतोको उपचार ट्रमा सेन्टर, ओम अस्पताल र कलंकीस्थित शहीद मेमोरियाल अस्पतालमा भइरहेको छ । राजधानीको सुकेधारा र घट्टेकुलोमा भएको छुट्टाछुट्टै घटनामा चार जनाको ज्यान गइसकेको छ भने, तीन जनाको ओममा र एक जनाको सेन्टरमा उपचार भइरहेको छ ।
सो घटनापछि नागढुंगामा चल्दाचल्दैको मोटरसाइकलमा बिष्फोट हुँदा एक जना घाइते भएका छन् । आफूलाई विक्रम राई बताउने घाइतेको सहीद मेमोरियाल अस्पतालमा उपचार भइरहेको डा. मदन थपलियाले जानकारी दिए ।
राईको छातिमा गहिरो चोट लागेको र शल्यक्रियाको तयारी भइरहेको छ । उनी खतरामुक्त नरहेको डा. थपलियाले बताए ।
सुकेधारा बिष्फोटका घाइते पाँच जनाको ओम अस्पतालमा उपचार भइरहेको छ । ओममा तीन जनालाई आइसियूमा राखेर उपचार भइरहेको छ ।