अस्पतालले गलत रगत चढाइदिएका कारण काखकी छोरी गुमाउँदाको त्यो क्षण…

छोरीलाई सानैदेखि मुटुको समस्या थियो । गंगालाल अस्पतालमा पटक–पटक चेकजाँचका लागि आउने गथ्र्यौं । श्रीमतीले छोरीको अप्रेसनका लागि डाक्टरले समय दिएको बताइन्, जतिवेला म रोजगारीको सिलसिलामा मलेसियामा थिएँ । श्रीमतीले आग्रहमा म नेपाल फर्किएँ ।

अप्रेसनका लागि १३ वैशाखमा छोरीलाई अस्पताल भर्ना गरियो । डाक्टरले १७ गतेका लागि अप्रेसनको समय दिएका थिए । त्यसैअनुरूप तयारी सुरु भयो । अप्रेसनका लागि ४ पौका रगत अस्पतालमै रहेको र २ पौकाका लागि दुईजना मानिस ल्याउन डाक्टरले भनेका थिए ।

मेरी छोरीसँगै अन्य ५ बिरामीको अप्रेसन भएको थियो । अप्रेसनको २४ घण्टाभित्र ५ जनाकै होस आयो । तर, छोरी ३६ घण्टा बितिसक्दा पनि होसमा आइनन् । म डाक्टरकहाँ गएर बुझ्दा ‘छोरीको मुटुमा धेरै प्वाल भएका कारण ठूलो अप्रेसन गरेकाले होस आउन बेर लाग्छ’ भनेर डाक्टरले आश्वसन दिए ।

मै धेरै पढेलेखेको पनि छैन । ४८ घण्टासम्म हुँदा पनि होस आएन । अरु बच्चाहरू बिस्कुट मागिरहेका थिए, तर हाम्री छोरी केही मागिरहेकी थिइन । म धेरै डराएको थिएँ, केही भयो कि छोरीलाई भनेर ।
छोरीलाई हेर्न गएँ, जहाँ छोरीको अनुहारभरि टेप लगाइएको थियो, मुख, आँखा, नाकबाट रगत आएको थियो । मैले डाक्टरलाई पुनः सोधेँ, ‘डाक्टर सा’ब ! हाम्री छोरीको यो सब कसरी भयो ? अरुका छोरीको सबै ठिकै छ । हाम्री छोरी केही बोल्दिन, चिया, बिस्कुट केही पनि माग्दिन ।’
डाक्टर भनिरहेका थिए, ‘बाबु, तिमी चिन्ता नगर, बिस्तारै ठिक हुन्छ ।’ ६ दिनसम्म डाक्टरले छोरीको होस फर्किने आश देखाइरहे ।

अप्रेसनका क्रममा गलत रगत चढाएका कारण छोरीको १७ गते नै मुत्यु भएको रहेछ । तर, ६ दिनसम्म हामीलाई कुनै पनि जवाफ दिएनन् । २३ गतेको दिन ३ बजे डाक्टरले भने, ‘तिम्री छोरीको मुत्यु भयो, सही गरेर लास बुझेर घर जाऊ ।’

मैले डाक्टरलाई भनेँ, ‘म लास लिएर जान्नँ । परिवारका सबै मानिस आउन लाग्नुभएको छ, अहिले म लास बुझ्दििनँ ।’
परिवारका अन्य सदस्यले हेर्दा रिपोर्ट धेरै सच्याइएको पाइयो । छोरीको रगतको समूह ‘ओ पोजेटिभ’ भएकोमा उनलाई ‘ए पोजेटिभ’ रगत चढाइएको थियो ।

डाक्टरले छोरी मुत्यु भएको घटना सुनाउँदा मेरो बोली बन्द भयो, आँखाबाट आँसु बर्सिन थाल्यो, त्यहीँ नै बेहोस भएछु । सानैमा छोरीलाई छोडेर विदेश गएको थिएँ, छोरीलाई काखमा राख्न पनि पाइएन ।
मैले डाक्टरलाई भनेँ, ‘म लास लिएर जान्नँ । परिवारका सबै मानिस आउन लाग्नुभएको छ, अहिले म लास बुझ्दििनँ ।’
परिवारका अन्य सदस्यले हेर्दा रिपोर्ट धेरै सच्याइएको पाइयो । छोरीको रगतको समूह ‘ओ पोजेटिभ’ भएकोमा उनलाई ‘ए पोजेटिभ’ रगत चढाइएको थियो ।
डाक्टरको कतिसम्मको लापरबाही भने बिरामीको मृत्यु भएको यतिका दिनसम्म पनि अहिलेसम्म मृत्युको कारणबारे कुनै जवाफ दिएका छैनन् । छोरीको लास आजसम्म कहाँ राखिएको छ, थाहा छैन । अन्य मानिसले भनाइअनुसार टिचिङ अस्पतालमा राखिएको सनेको छु । मैले भने आजसम्म छोरीको मुख देख्नसमेत पाएको छैन ।

अस्पतालको लापरबाहीका कारण एउटी कलिली बालिकाको ज्यान जाँदा न अस्पतालले दोषीलाई कारबाही गर्छ, न त मृत्युको कारणबारे नै बताउँछ । जनताको दुःख–पीडामा साथ दिनुपर्ने सरकारको नजरमा त हामीजस्ता सामान्य जनता पर्ने कुरै भएन । तर, हामी अन्तिम श्वाससम्म न्यायका लागि लडाइँ लडिरहन्छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय