नेपाल रेडक्रसको कार्यसमिति विघटन, डा. मास्केको अध्यक्षतामा तदर्थ समिति

हेल्थपोस्ट
प्रकाशित
२०७६ जेठ ८ गते ११:३८

विश्वकेशर मास्के

सरकारले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति विघटन गरी नयाँ कार्यसमिति बनाएको छ । जिल्ला प्रशासन कार्यालयले तोकिएको अधिवेशन स्थगित गराएर विश्वकेशर मास्केको अध्यक्षतामा कमल निरौलालाई महामन्त्री र सीताराम कोइरालालाई कोषाध्यक्षसहित १७ सदस्यीय तदर्थसमिति गठन गरेको हो ।

नयाँ कार्यसमितिका लागि वैशाख २३, २४ र २५ मा निर्वाचन घोषणा भएको सन्दर्भमा सरकारले सुरुमा अधिवेशन स्थगित गराएर सञ्जीव थापा अध्यक्ष रहेको कार्यसमितिलाई विघटन गरेको हो । सरकारले निवर्तमान कार्यसमितिले अनियमितता गरेको र पदमा बसिरहँदा प्रमाण नष्ट गर्न सक्ने भन्दै विघटन गरेको हो ।

कार्यालयले संघसंस्था दर्ता ऐन २०३४ को दफा ११ बमोजिम वर्तमान कार्यसमिति विघटन गरेको जनाएको छ ।
थापासहितका पदाधिकारीमाथि विभिन्न निर्माण, खरिदलागयत प्रकरणमा अनियमितता गरेको भन्दै विभिन्न निकायमा उजुरी परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय