एसियन फर्मास्युटिकल्समा आगलागीको कारण विद्युत् सर्ट : प्रहरी

हेल्थपोस्ट
प्रकाशित
२०७६ जेठ ७ गते १४:३५

रुपन्देहीको ओमसतिया गाउँपालिका–१, खुन्सामास्थित एसियन फर्मास्युटिकल्स प्रालिमा लागेको आगलागीको कारण विद्युत् सर्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट कम्पनीमा उत्पादन गरेर बजार पठाउनेक्रममा राखिएको ठूलो परिमाणको औषधि जलेर नष्ट भएको छ ।

आगलागीबाट ३० करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको उद्योग प्रशासनले जनाएको छ । प्रहरीका अनुसार औषधि उद्योगको नयाँ भवनमा आगलागी भएको हो । औषधि उद्योगको फिनिसिङ गुड्स स्टोर्समा आगलागी भएका कारण ठूलो क्षति भएको औषधि व्यवसायीहरू बताउँछन् ।

कम्पनीको नयाँ भवनमा विद्युत् सर्ट भई ३० करोडभन्दा बढी मूल्यबराबरको क्षति गराउने गरी सोमबार लागेको आगोका अवशेषहरू मंगलबार बिहानसम्म पनि भेटिएको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि भैरहवा, तिलोत्तमा, बुटवल, नवलपरासीलगायत स्थानका दमकल प्रयोग गरिएको थियो । समयमा दमकल नपुग्दा उद्योगमा ठूलो क्षति भएको उद्योगका कार्यकारी निर्देशक हुतानन्द खनालले बताए ।

आगोका अवशेष मंगलबार बिहान ८ बजेसम्म पनि भेटिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डिएसपी धर्मराज भट्टराईले बताए । उनले विद्युत् सर्टका कारण आगलागी भएको प्रारम्भिक अध्ययनबाट पुष्टि भएको बताए ।

उद्योगमा सोमबार अपराह्न ४ बजे एक्कासि आगलागी भएको थियो । एसियन फर्मास्युटिकल्स प्रालिको नयाँ भवनमा आगलागी भएको हो ।
एसियन फर्मास्युटिकल्स प्रालि नेपालकै ठूलो औषधि उत्पादक कम्पनीमध्ये एक हो । रूपन्देहीमा आयुर्वेदिक र एलोपेथिक गरी २० औषधि उद्योग छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय