महिनादिनदेखि सिकलसेलका बिरामीले पाएनन् औषधि

दाङमा सिकलसेल एनिमिया रोगका बिरामीले महिनादिनदेखि औषधि पाउन सकेका छैनन् । जिल्लामा निःशुल्क औषधि वितरण गर्ने जिम्मा पाएको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा औषधि सकिएपछि बिरामी औषधिविहीन भएका हुन् ।

घोराही उपमहानगरपालिका–१७, चौघेरा गाउँका छेदु चौधरीले महिनादिनदेखि घरमा बिरामीलाई औषधि खुवाउन बन्द भएको बताए । उनको परिवारका चार सदस्य सिकलसेलपीडित छन् । उनकी श्रीमती, एक छोरा र दुई छोरीमा सिकलसेल रोग छ । गएको माघ महिनामा औषधि अभाव भएपछि उनीहरू आइरनचक्कीमै सीमित भएका थिए । चैत महिनामा प्रतिष्ठानबाट ल्याएको औषधि सकिएको उनले बताए । ‘औषधि सकियो, हामीले के खाने ?’ सिकलसेलकी बिरामी कमलाले प्रश्न गरिन् ।

पटक–पटक प्रयास गर्दा पनि औषधिको व्यवस्थापन गर्न नसकिएको प्रतिष्ठानका रजिस्ट्रार रामप्रसाद प्याकुरेलले बताए । ‘किन्न नपाइँदो रहेछ,’ प्याकुरेलले भने, ‘औषधि माग्न आउने बिरामीलाई निरीह भई छैन भन्दै फिर्ता पठाएका छौँ ।’ उनले करिब एक महिनादेखि औषधि सकिएको बताए ।

सरकारले देशका १० वटा अस्पतालमार्फत सिकलसेल एनिमियापीडितका लागि निःशुल्क औषधि खुवाउने निर्णय गरेको छ । तर, दाङको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान घोराहीमा सिकलसेल एनिमियाको औषधि छैन । प्रतिष्ठानले सिकलसेल एनिमिया रोगलाई प्राथमिकता दिन नसक्दा पटक–पटक औषधि अभाव हुने गरेको छ ।

पहिले पनि करिब तीन महिनासम्म औषधिको व्यवस्थापन गर्न नसक्दा बिरामी समस्यामा परेका थिए । ठूलो कसरतपछि नेपालगंजबाट ल्याएको औषधि एक महिनामै सकिएको छ ।
पटक–पटक प्रयास गर्दा पनि औषधिको व्यवस्थापन गर्न नसकिएको प्रतिष्ठानका रजिस्ट्रार रामप्रसाद प्याकुरेलले बताए । ‘किन्न नपाइँदो रहेछ,’ प्याकुरेलले भने, ‘औषधि माग्न आउने बिरामीलाई निरीह भई छैन भन्दै फिर्ता पठाएका छौँ ।’ उनले करिब एक महिनादेखि औषधि सकिएको बताए । कहिलेसम्म औषधि आउँछ त ? भन्ने जिज्ञासामा प्याकुरेलले समयसीमा अनिश्चित रहेको जवाफ दिए ।

जिल्लामा १ सय ६९ जना सिकलसेल प्रमाणित भएका बिरामी छन् । उनीहरूले नियमित औषधि सेवन गर्नुपर्छ । तर, राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानको लापरबाहीका कारण बिरामीले मार खेप्दै आएका छन् ।

जिल्लामा १ सय ६९ जना सिकलसेल प्रमाणित भएका बिरामी छन् । उनीहरूले नियमित औषधि सेवन गर्नुपर्छ । तर, राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानको लापरबाहीका कारण बिरामीले मार खेप्दै आएका छन् ।

यता सिकलसेलका बिरामीको पैरवी गरिरहेको संस्था ग्रामीण महिला उत्थान केन्द्रले औषधि अभाव भएको भन्दै पहल गरिदिन घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीलाई पटक–पटक ज्ञापनपत्र बुझाउँदै आएको छ । जिल्लास्तरका अधिकारकर्मी तथा बिरामीको निरन्तर दबाब हुँदा पनि प्रतिष्ठानले सिकलसेल एनिमियाको औषधिको व्यवस्थापन नियमित गर्न नसक्नु दुःखद भएको ग्रामीण महिला उत्थान केन्द्रको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय