नेपालले ११ वर्षदेखि मनाउँदै आएको दिवस अब विश्वभर मनाइँदै, ७ जुनमा ‘विश्व खाद्य स्वच्छता दिवस’
नेपालले ११ वर्षअघिदेखि मनाउँदै आएको खाद्य स्वच्छता दिवसलाई संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेसँगै अब प्रत्येक वर्ष ७ जुनमा विश्व खाद्य स्वच्छता दिवस मनाइने भएको छ । ७ जुनमा विश्वले पछिलो खाद्य स्वच्छता दिवस मनाइरहँदा नेपालले भने ११औँ खाद्य स्वच्छता दिवस मनाइरहेको हुने छ । यद्यपि, नेपालले जेठ महिनालाई तेस्रो खाद्य स्वच्छता महिनाका रुपमा विभिन्न कार्यक्रम गरी मनाइरहेको छ र यो क्रम महिनाभर जारी रहनेछ । नेपालले ११ वर्षदेखि खाद्य स्वच्छता दिवस मनाउँदै आएकोमा यसलाई थप महत्व दिँदै ३ वर्षअघिदेखि जेठ महिनालाई खाद्य स्वच्छता महिनाका रुपमा घोषणा गरी महिनाव्यापी कार्यक्रम गर्दै आएको छ ।
नेपालले जेठ महिनाभर विविध कार्यक्रम गरी ११औँ खाद्य स्वच्छता दिवस मनाइरहँदा विश्वले भने ७ जुनमा पहिलो विश्व खाद्य स्वच्छता दिवस मनाउँदै छ । नेपालले दशकअघि नै आवश्यक महसुस गरी मनाउँदै आएको दिवसलाई पूरा विश्वले अंगीकार गरी संयुक्त राष्ट्रसंघकै निर्णयबाट विश्वभर मनाउन थालिनु नेपालका लागि गौरवको विषय हो ।
खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले खाद्य स्वच्छता र गुणस्तरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जेठ महिना सुरु भएदेखि नै खाद्य स्वच्छता दिवस मनाइरहेको छ । विभागले सोमबार पत्रकारसम्मेलन गरी जेठ महिनालाई खाद्य स्वच्छता महिनाका रुपमा मनाइरहेको र ७ जुनमा विश्व खाद्य स्वच्छता दिवस मनाइने जानकारी दिएको छ ।
खाद्य स्वच्छताको महत्वलाई आमउपभोक्तासम्म पुर्याउन ‘खाद्यपदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता’ भन्ने मूल नाराका महिनाव्यापी खाद्य स्वच्छता अभियान चलाइएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए । खाद्य स्वच्छतामा गुणस्तर कायम राख्नका लागि उपभोक्ता हकहितसँग सम्बन्धित संघसंस्थाहरू, खाद्य उद्योगहरू, खाद्य प्रविधि विषयमा अध्ययन–अध्यापन हुने शिक्षणसंस्थाहरू, खाद्य तथा पोषणसँग सम्बन्धित संघसंस्थाको सहकार्यमा कार्यक्रम अगाडि बढाइरहेको विभागले जनाएको छ ।
नेपालसहित कोस्टारिकालगायत देशको पहल र प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले ७ जुनमा विश्व खाद्य स्वच्छता दिवस मनाउने प्रस्ताव पारित गरेको थियो । त्यससँगै विश्वले प्रत्येक वर्ष दिवस मनाउने गरी यस वर्षको ७ जुनमा पहिलो विश्व खाद्य स्वच्छता दिवस मनाउन लागेको हो ।
विभागले महिनाभरि नै विभागपरिसरमा सरसफाइ, धुम्ती खाद्य प्रयोगशालासमेतको प्रयोग गरी सडक किनारामा विक्री हुने खाद्यवस्तु, होटेल रेस्टुराँलगायत खाद्य व्यवसायको अनुगमन, खाद्य निरीक्षकहरूलाई अभिमुखीकरणलगायत कार्यक्रम गरिहेको छ । त्यसैगरी, प्रशोधित दूध, प्रशोधित पानी तथा खानेतेल उद्योगमा असल उत्पादन अभ्यास लागू गर्न उद्यमी–व्यवसायीलाई प्रशिक्षण दिनेजस्ता कार्यक्रम चलिरहेको विभागले जनाएको छ ।
नेपालसहित कोस्टारिकालगायत देशको पहल र प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले ७ जुनमा विश्व खाद्य स्वच्छता दिवस मनाउने प्रस्ताव पारित गरेको थियो । त्यससँगै विश्वले प्रत्येक वर्ष दिवस मनाउने गरी यस वर्षको ७ जुनमा पहिलो विश्व खाद्य स्वच्छता दिवस मनाउन लागेको हो ।
७ जुनमा विश्व खाद्य स्वच्छता दिवसका विशेष कार्यक्रम
खाद्य स्वच्छतामा गुणस्तर कायम राख्नका लागि उपभोक्ता हकहितसँगको सम्बन्धित संघसंस्थाहरू, खाद्य उद्योगहरू, खाद्य प्रविधि विषयमा अध्ययन–अध्यापन हुने शिक्षणसंस्थाहरू, खाद्य तथा पोषणसँग सम्बन्धित संघसंस्थाहरूको सहकार्यमा र सहभागितामा ७ जुनमा विभागले प्रभातफेरीको कार्यक्रम तय गरेको छ । सो दिन बिहान ११ बजे कृषि तथा पशुपक्षी विकासमन्त्रीको आतिथ्यमा विभागमा कार्यरत उत्कृष्ट कर्मचारी तथा विभागमा दीर्घसेवा पुर्याउने कर्मचारीहरूलाई पुरस्कार तथा सम्मानपत्रले सम्मान गर्ने कार्यक्रम विभागको छ ।