मानव अंग प्रत्यारोपण केन्द्रका युगल दृश्य : न्यायका लागि नर्सको संघर्ष, ज्यानका लागि बिरामीको

आधा दशकभन्दा लामो समयदेखि दिन–रात नभनी बिरामीको सेवामा खटिएका सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरू न्यायका लागि संघर्ष गरिरहेका छन् । आमरण अनशन, धर्नादेखि पटक–पटकको गिरफ्तारीको हैरानीले पनि उनीहरूको पाइला डगमगाएको छैन ।
भक्तपुरस्थित केन्द्रको प्रांगणमा नर्सहरूको न्यायका लागि संघर्ष जारी रहँदा अर्कोतिर कहालीलाग्दो रोगबाट उन्मुक्तिको सपना बोकेर अस्पताल धाइरहेका कैयौँ बिरामी आन्दोलनका कारण आफू पीडित बनेको महसुस गरिरहेका छन् । उनीहरूलाई नर्सका लागि न्यायभन्दा आफ्नो ज्यान महत्वपूर्ण छ । तर, आफ्ना स्टाफ र बिरामी दुवैलाई न्यय दिन पहलकदमी चाल्नुपर्ने प्रमुख निकाय अस्पताल प्रशासन भने तीन साताभन्दा बढी समयदेखि यो टुलुटुलु हेरि मात्र रहेको छ । राज्यका सम्बन्धित नियामक निकायको चासो त झन् नदेखिएकै बराबर छ ।

‘निमुखा जनताको कोही हुँदो रहेनछ’
सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको प्रांगणमा एक वयोवृद्ध बालकलाई काखमा लिएर बसेका छन, रूपन्देही घर भएका तुलसीराम भण्डारी नातिको उपचारका लागि गत शुक्रबारदेखि निरन्तर अस्पताल चहारिरहेका छन् ।
११ वैशाखदेखिको नर्सको आन्दोलनले अस्पताल आएका सयौँ बिरामी अलपत्र परेका छन् । रूपन्देहीबाट ठूलो आशा लिएर नातिको उपचारका लागि तुलसीराम एकछाक खाएर अस्पतालको बेन्चमा रात कटाइरहेका छन् ।

तीन सातादेखि मानव अंग प्रत्यारोपण केन्द्रको सेवा प्रभावित हुँदा भण्डारीजस्ता हजारौँ बिरामीले दुःख–कष्ट मात्र भोगिरहेका छैनन्, संविधानप्रदत्त स्वास्थ्यको हक उनीहरूका लागि मौलिक हक नभएर कागजी घोषणा साबित भएको छ ।

कक्षा ९ मा अध्ययनरत १४ वर्षीय खेमराज बसौला बाहिरबाट हेर्दा फुर्तिला देखिन्छन् । तर, उनको शारीरिक अवस्था भने निकै नाजुक छ । २ वर्षमै उनमा दिशामा गोटा पर्ने, पिसाब चुहिने, खान मन नलाग्ने, बान्ता हुने, पेट फुल्ने तथा हात तथा खुट्टा सुक्ने समस्या देखिएका थिए । परिवारले उनलाई कान्ति बाल अस्पतालमा ल्याए । उपचारका क्रममा थाहा भयो, बालकको एउटा मिर्गौला फेल भएको रहेछ । कान्तिमा ३ वर्षसम्म लगातार उपचार गराए, तर उल्टै बालकको अर्को मिर्गौलामा समेत समस्या बढ्दै गयो ।

पिसाबको नली सानो भएका कारण बालकले २ वर्षसम्म पेट चिरेरै पिसाब गरेको भण्डारी बताउँछन् । केही समयपछि पेटको प्वाल टालेर मूत्रनलीबाटै पिसाब आउने बनाइयो । तर, बालकको समस्या बढ्दै गयो । हाल बालकलाई निद्रा लागिरहने, खान मन नलाग्ने हुनुका साथै इन्फेक्सनका कारण मिर्गौला सुन्निँदै गएको छ । ‘नातिको उपचारका लागि ७ दिनदेखि अस्पतालको सिँढीमा रात कटाइरहेको छु,’ भण्डारी दुखेसो पोख्छन्, ‘निमुखाको कोही हुँदो रहेनछ ।’

भक्तपुरस्थित केन्द्रको प्रांगणमा नर्सहरूको न्यायका लागि संघर्ष जारी रहँदा अर्कोतिर कहालीलाग्दो रोगबाट उन्मुक्तिको सपना बोकेर अस्पताल धाइरहेका कैयौँ बिरामी आन्दोलनका कारण आफू पीडित बनेको महसुस गरिरहेका छन् । उनीहरूलाई नर्सका लागि न्यायभन्दा आफ्नो ज्यान महत्वपूर्ण छ ।

खेमराजको पारिवारमा २ दिदी र आमा छन् । सानै उमेरमा बाबु घर छोडेर गएको बताउँछन् बसौला । ‘बाबुको अनुहार पनि देख्न पाइनँ, बाबाको माया र अभिभावकत्व कस्तो हुन्छ भनेर महसुस गर्न पाएको छैन,’ मलीन अनुहारले खेमराज भन्छन्, ‘मेरो सहारा भनेकै यिनै हजुरबुबा हुनुहुन्छ ।’
बाबुले घर छोडेर हिँडेपछि बसौलाको परिवार मामाघरमा गएर बसिरहेका छन् । ‘जग्गा बेचेर नातिका लागि ३० लाखभन्दा बढी खर्च गरिसकिएको छ,’ भण्डारी भन्छन्, ‘अझ कति पो खर्चिनुपर्ने हो !’

तीन सातादेखि मानव अंग प्रत्यारोपण केन्द्रको सेवा प्रभावित हुँदा भण्डारीजस्ता हजारौँ बिरामीले दुःख–कष्ट मात्र भोगिरहेका छैनन्, संविधानप्रदत्त स्वास्थ्यको हक उनीहरूका लागि मौलिक हक नभएर कागजी घोषणा साबित भएको छ । आफ्ना व्यक्तिगत मागका लागि कसैले पनि नागरिकको स्वास्थ्यसँग खेलबाड गर्न नहुने भन्दै बिरामीले आक्रोश पोखिरहेका छन् । ८ दिनदेखि प्रत्यारोपण केन्द्रका २ नर्स स्थायी गर्नुपर्नेलगायत मागसहित आमरण अनशनमा छन् । उता अस्पताल प्रशासन भने नर्ससित वार्ता गरी समस्याको गाँठो फुकाउने पहल गर्नुको साटो उल्टै शान्तिपूर्ण धर्नामा बसेका नर्सलाई प्रहरी प्रशासन लगाई गिरफ्तार गराएर समस्या बल्झाउनमा लागेको देखिन्छ । शुक्रबार मात्र पनि केन्द्रमा शान्तिपूर्ण धर्नाको तयारी गरिरहेका १० नर्स पक्राउ परेका छन् ।

‘बाबुको अनुहार पनि देख्न पाइनँ, बाबाको माया र अभिभावकत्व कस्तो हुन्छ भनेर महसुस गर्न पाएको छैन,’ मलीन अनुहारले खेमराज भन्छन्, ‘मेरो सहारा भनेकै यिनै हजुरबुबा हुनुहुन्छ ।’ बाबुले घर छोडेर हिँडेपछि बसौलाको परिवार मामाघरमा गएर बसिरहेका छन् । ‘जग्गा बेचेर नातिका लागि ३० लाखभन्दा बढी खर्च गरिसकिएको छ,’ भण्डारी भन्छन्, ‘अझ कति पो खर्चिनुपर्ने हो !’

अस्पतालमा करारमा कार्यरत नर्स तथा कर्मचारी स्वतः स्थायी गनुपर्ने, सेवा–सुविधा अन्य अस्पतालको सरह पाउनेपर्नेलगायत माग राखेर आन्दोलनमा छन्, जसका कारण अस्पतालको सेवा अवरुद्ध बन्दै गएको छ । आमरण अनशनमा रहेकी डिकी शेर्पा नर्सका माग पूरा नहुँदा एक मुठी श्वास रहेसम्म न्यायका लागि लडिरहने बताउँछिन् । यद्यपि, लामो समयदेखि करारमा कार्यरत नर्सले पेसाको स्थायित्वको माग उठाउनुलाई नाजायज भन्न सकिँदैन । तर, आफ्ना स्टाफको माग पूरा गरेर वा अन्य जुनसुकै दीर्घकालीन वा तत्कालीन समाधान निकालेर भए पनि अस्पतालको सेवालाई विच्छिन्न राख्नु अस्पताल प्रशासनको दायित्व हो । यस्तो हुन नसक्दा सरकारका नियामक निकायहरूले समेत आफ्नो जिम्मेवारी वहन गर्न नसकेको स्पष्ट देखिन्छ ।

नर्सको समस्या समधानका लागि हरपल लागिपरेको प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द श्रेष्ठ बताउँछन् । ‘समस्या समाधानका लागि लोकसेवा आयोगको परीक्षा स्थगित गर्न पत्राचार गरेको छु,’ हेल्थपोस्टसित श्रेष्ठले भने, ‘नर्सको स्वास्थ्यस्थितिलाई मध्यनजर गर्दै लोकसेवाको परीक्षा स्थगन गर्न माग गरेको हुँ ।’

One thought on “मानव अंग प्रत्यारोपण केन्द्रका युगल दृश्य : न्यायका लागि नर्सको संघर्ष, ज्यानका लागि बिरामीको

  1. Those nurses who are involved in the development of HOTC from very beginning and have expertise in the field should get priority for permanent job, because this step awards their contribution to the centre and at the same time help to make effective program in the center. In our country ,government does not listen till people don’t make agitation.In the past, government had decided in favor of agitating teachers, even though many of them were not qualified enough to be teacher. Public service commission also should not be very rigid in case of highly specialized centers and sub-speciality. In Shahid Gangalal National Heart Center also there are already some problems due to the new recruitment laws, it hamper the service provided by the center

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय