असुरक्षित गर्भपतनले १३ वर्षीया बालिकाको ज्यान जोखिममा

यौन शोषणमा परेकी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० की १३ वर्षे बालिकाको असुरक्षित गर्भपतन गराउँदा ज्यान जोखिममा परेको छ । यौन शोषणबाट रहन गएको गर्भ असुरक्षित तरीकाले पतन गराउन खोज्दा अत्यधिक रक्तश्राब भएर ज्याा जोखिमा परेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेकाअनुसार, कक्षा ८ मा अध्ययनरत एलिना (नाम परिर्वतन)को पेटमा रहेको गर्भलाई उनी आफैले गर्भपतन गर्न खोजेकी थिइन् ।

त्यसका लागि जथाभावी औषधी सेवन गरेपछि अत्यधिक रक्तश्राव भएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार, ती बालिकाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइसियूमा उपचार भइरहेको छ ।

बालिकाले तीन महिनाको गर्भ फाल्न गर्भपतन गराउने औषधी सेवन गरेपछि अत्यधिक रक्तश्राव सुरु भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । बालिकालाई प्रहरीले उद्दार गरेर अस्पताल पु-याएको थियो । गस्तीका क्रममा प्रहरीले बालिका रोईकाइ गरिरहेको भेटेपछि परिवारसँग थप सोधपुछ गरेको थियो । सोलगतै प्रहरीले नै उनलाई भेरी अस्पताल पु-याएको थियाे ।

भेरीले नै रेफर गरेर उनलाई कोहलपुरस्थित मेडिकल कलेजमा पु-याइएको थियो । पौडेलले घटनाको अनुसन्धान र बालिकाको उपचार चलिरहेको बताए । ‘१३ वर्षिय बालिका के कसरी गर्भवती भइन् र उनलाई कसले वा कसरी गर्भपतन गराउन खोज्यो अनुसन्धान भइरहेको छ,’ एसपी पौडेल’भने ।

खासगरी किशोरीहरुले अनिच्छित गर्भधारण रहन गएको अवस्थामा आफै जथाभावी गर्भपतन गराउने औषधि सेवन गर्ने दरमा बृमिा बृद्धि भएको प्रहरीको भनाई छ । सामान्य अवस्थामा १२ सातासम्म र महिलाको स्वास्थ्य प्रतिकूल असर गर्ने हुँदा वा बलात्कारबाट महिला गर्भवती भए १८ सातासम्म गर्भपतन गर्न पाउने कानुनी व्यवस्था छ ।

चिकित्सकहरुले बालिकाको शरीरमा रगतको मात्रा निकै घटिसकेको बताएका छन् । उनको रगत समूह दुर्लभ (एवी नेगेटिभ) भएको भन्दै प्रहरीले नै रक्तदानका लागि अनुरोध गरेको छ । उनको शरीरमा २.४ मात्रै रगत मात्र रगत रहेको अस्पतालले जनाएको छ ।

प्रहरीले पछिल्लो समयमा समाजमा बदनामी हुने डरले योैनशोषणमा परेका पनि सामाजिक रुपमा समस्या पर्ने डरले घटना लुकाउन असुरक्षित गर्भपतन गराउने घटना बढिरहेको जनाएको छ ।

खासगरी किशोरीहरुले अनिच्छित गर्भधारण रहन गएको अवस्थामा आफै जथाभावी गर्भपतन गराउने औषधि सेवन गर्ने दरमा बृमिा बृद्धि भएको प्रहरीको भनाई छ । सामान्य अवस्थामा १२ सातासम्म र महिलाको स्वास्थ्य प्रतिकूल असर गर्ने हुँदा वा बलात्कारबाट महिला गर्भवती भए १८ सातासम्म गर्भपतन गर्न पाउने कानुनी व्यवस्था छ ।

सरकारबाट स्वीकृति नलिइकनै पनि धेरै स्वास्थ्य संस्थाले गर्भपतन सेवा दिइरहेका छन् । पछिल्ला दिनमा भुर्णको लिंग पहिचान गरेर गर्भपतन गराउने क्रम पनि बढेको् छ । चिकित्सकहरुका अनुसार तालिम नलिएका जनशक्तिबाट र औषधि प्रयोगद्धारा गर्भपतन गराउँदा गर्भ ननिख्रने, अत्याधिक रक्तश्राब, पाठेघरमा घाऊ वा संक्रमण हुने जटिलता ददेखिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय