नर्स अनशनको चौथो दिन : अनशनरत दुई नर्सको स्वास्थ्यअवस्था गम्भीर

शुक्रबारदेखि अनशनमा रहेका सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका दुई नर्सको स्वास्थ्यअवस्था बिग्रँदै गएको छ । ४ दिनदेखि प्रत्यारोपण केन्द्रको प्रांगणमा केन्द्रमै कार्यरत डिकी शेर्पा आमरण अनशनमा छिन् भने नर्सिङ संघ नेपालको प्रांगणमा जिता बराल अनशनरत छिन् ।

बराललाई वान्ता हुने, ज्वरो आउने, जाडो भएर कामछुट्नेजस्ता समस्या देखिएपछि आइतबार बिपी स्मृति अस्पताल भर्ना गरिएको थियो । उपचारपछि स्वास्थ्यमा केही सुधार आएपछि बराल पुनः संघको प्रांगणमै आएर बसेकी छिन् ।

केन्द्रका निर्देशक पुकारचन्द्र श्रेष्ठले अनुभव तथा कार्यावधिका आधारमा नभई आफ्नो मान्छे भर्ती गर्ने उद्देश्यले लोकसेवा खुलाएको र नर्सलाई शोषण गर्दै आएका कारण अनशनमा बस्नुपरेको अनशनरत नर्सको भनाइ छ ।

पछिल्लो समय ११ वैशाखदेखि केन्द्रका नर्सहरू विरोधमा उत्रिरहेका छन् । यसअघि उनीहरू कहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट त कहिले नर्सिङ संघ नेपालबाट प्रदर्शनका क्रममा प्रकाउ पर्दै आएका थिए ।

पछिल्लो समय ११ वैशाखदेखि केन्द्रका नर्सहरू विरोधमा उत्रिरहेका छन् । यसअघि उनीहरू कहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट त कहिले नर्सिङ संघ नेपालबाट प्रदर्शनका क्रममा प्रकाउ पर्दै आएका थिए ।
अनशनरत नर्सको अवस्था बुझ्न तथा समस्या हल गर्न कुनै पनि सम्बन्धित पक्षले चासो नदेखाएको नर्सले बताएका छन् ।

केन्द्रका पुराना कर्मचारीलाई स्वतः स्थायी गर्नुपर्ने, काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, आफ्ना मान्छेलाई छानेर राख्नुभन्दा काम गर्दै आएकालाई प्रोत्साहन गर्नुपर्ने, जोखिमभत्ता प्रदान गर्नुपर्ने, माग नर्सको छ । त्यसैगरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हुने सम्मेलनमा नर्सहरूलाई सहभागी हुने मौका दिनुपर्ने, सरकारी अस्पतालमा पाइने सबै सुविधा उपलब्ध गराइनुपर्ने, कर्मचारीको मासिक तलब समयमै दिनुपर्नेलगायत माग उनीहरूको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय