बच्चामा एडिन्वेड समस्या

डा. विमलकुमार सिन्हा
प्रकाशित
२०७६ वैशाख २९ गते १७:००

एडिन्वेड (Adenoid) के हो ?
नाकको पछाडिको छिद्रपछाडि ल्बकउजबचथलह मा अवस्थित एक मासुको डल्लो (lymphloio tissue) नै एडिन्वेड (Adenoid) हो । घाँटीभित्र रहेको टन्सिल तथा गलामा देखिने lymph nodes ले जस्तै यसले पनि शरीरलाई संक्रमण हुनबाट जोगाउन सहयोग गर्छ ।

बाल्यकालदेखि नै एडिन्वेड (Adenoid) सबैमा हुन्छ । यसको साइज बढ्नेक्रम १ देखि ४ वर्षको उमेरसम्म बढी हुन्छ । उमेर बढ्दै गएपछि यसको साइज साधारणतया घट्दै जान्छ र यसले गर्दा स्वास्थ्यमा केही समस्या हुँदैन । तर, कसैकसैमा यसको साइज नघटेमा वा बढ्दै गएमा निम्न समस्या हुन सक्छन् :
एडिन्वेडको संक्रमणलाई Adenoiditis भनिन्छ । कहिलेकाहीँ हुने यसको संक्रमण औषधोपचारले निको हुन्छ ।

ठूलो एडिन्वेड
साधारणतया एडिन्वेडको साइज बालकको उमेर बढ्दै गएपछि बिस्तारै घट्दै जाने भएकाले केही समस्या नदिएको खण्डमा कुनै पनि खाले उपचारको आवश्यकता हुँदैन । तर, केही बालकमा यसको साइज धेरै नै ठूलो हुन्छ र यसले विभिन्न समस्या गराउँछ, जसको समयमै उपचार गरेमा पछि हुने धेरै समस्याबाट जोगिन सकिन्छ । बारम्बार हुने संक्रमण वा बालकको शरीरको प्रतिरोधात्मक क्षमतामा कमी आउनुको कारणले एडिन्वेडको साइज बढ्दै जान्छ ।

घेरै जटिल अवस्थामा बालकको श्वास राति सुतेको अवस्थामा समय–समयमा रोकिने भएकाले बालकको मगजमा जानुपर्ने अक्सिजनको मात्रामा कमी हुने कारणले बालकको मानसिक विकास पनि सन्तोषजनक नहुने अवस्था आउन सक्छ ।

ठूलो एडिन्वेडका कारण नाक तथा घाँटीमा हुने समस्या
– नाक बन्द रहनु
– नाकबाट श्वास लिन नसक्नु
– नाकबाट सिँगान बगिरहनु
– सुतेका वेला बारम्बार केही क्षणका लागि श्वास फेर्न नसक्नु, निसासिनु
– सुतेका वेला श्वास फेर्न गाह्रो भएर छटपटाउनु, उठेर बस्नु, घुर्नु
– मुखले श्वास लिनु
– र्याल चुहाउनु
– राति ओछ्यानमा पिसाब गर्नु
– सधैँ खोकी लागिरहनु

एडिन्वेडका कारण कान तथा श्रवणशक्तिमा हुन सक्ने समस्या
कान राम्ररी सुन्नका लागि मध्य कानभित्रको हावाको चाप सन्तुलित रहनु आवश्यक हुन्छ । यसका लागि मध्य कानबाट हावा जाने एउटा नलीको प्वाल E.T. tube नाकपछाडि Nasodharynx मा अवस्थित हुन्छ । यसले समय–समयमा हावा जाने गर्दछ र कानको पर्दाबाहिर र भित्रको हावाको चापलाई सन्तुलन राख्ने गर्दछ ।
एडिन्वेडको आकार ठूलो भएमा यसले E.T. tube को छिद्रबाट जाने हावालाई अवरोध गर्ने तथा समय–समयमा मध्यम कानको संक्रमण गर्ने भएकाले बालकको कानमा निम्न समस्या हुने सम्भावना रहन्छ :
– कान दुख्नु
– मध्य कानमा पानी जम्मा हुनु
– कान कम सुन्नु
– कानको जालीमा प्वाल परेर कानबाट पिप आउनु
– समयमै उपचार नगरेमा पछि गएर कानको वरिपरिको हाडमा घाउ भई जटिल समस्या उत्पन्न हुनु

एडिन्वेडको आकार ठूलो भएमा यसले E.T. tube को छिद्रबाट जाने हावालाई अवरोध गर्ने तथा समय–समयमा मध्यम कानको संक्रमण गर्ने भएकाले बालकको कानमा निम्न समस्या हुने सम्भावना रहन्छ :

एडिन्वेडका कारण हुने अन्य समस्या
– फोक्सो तथा मुटुमा समस्या हुने सम्भावना रहनु
– अनुहारमा देखिने विभिन्न समस्या हुनु
– अनुहार लाम्चो हुँदै जानु
– तलको बंगारा पछाडि जानु
– माथिको बंगारा अगाडि आउनु
– मुख खुला रहनु
– नाक चेप्टिँदै जानु
– माथिल्लो ओठ सानो हुँदै जानु
– माथिको अगाडिको दाँत अगाडि निस्किँदै जानु
– तालुको आकार गहिरो हुनु

Daytime somnolence :

बच्चाले राति राम्ररी सुत्न नसक्ने भएकाले, दिउँसो स्कुलमा बीचबीचमा निदाउने गर्छ । यसले गर्दा उसको पठन–पाठनमा पनि गम्भीर असर पर्छ । घेरै जटिल अवस्थामा बालकको श्वास राति सुतेको अवस्थामा समय–समयमा रोकिने भएकाले बालकको मगजमा जानुपर्ने अक्सिजनको मात्रामा कमी हुने कारणले बालकको मानसिक विकास पनि सन्तोषजनक नहुने अवस्था आउन सक्छ ।

समग्रमा, ठूलो साइजको एडिन्वेडबाट हुने समस्याको समयमै उपचार नगरिएमा यसले बालकको सुन्दरता तथा मानसिक विकास र जीवनको गुणस्तरमै दूरगामी असर पार्ने भएकाले समयमै यसको पहिचान गरी उपचार गराउनु उचित हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय