रोल्पामा कार्यरत अनमीको एसएलसी प्रमाणपत्र नक्कली, विशेष अदालतमा मुद्दा

जिल्ला स्वास्थ्य कार्यालय रोल्पा अन्तर्गत कार्यरत अनमी बिमला विष्टले नक्कली एसएलसी प्रमाणपत्रका आधारमा अनमी कोर्स पढेर सेवा प्रवेश गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले रोल्पाअन्तर्गतका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत विष्टसमेतका स्वास्थ्यकर्मीे नक्कली एसएलसीको आधारमा अनमी कोर्स पढेर अनमी पदस्थापन भएको भन्दै छानवीनको लागि उजुरी परेको जनाएको छ ।

छानविनका क्रममा विष्टले माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश, स्कूल सेन्टर एसबिआइसी घररवार बरिनी सिद्धार्थनगर भारतबाट हाइस्कुल परीक्षा उत्रिर्ण गरेको तथ्य झुटो फेला परेको हो ।

छानविनका क्रममा विष्टले माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश, स्कूल सेन्टर एसबिआइसी घररवार बरिनी सिद्धार्थनगर भारतबाट हाइस्कुल परीक्षा उत्रिर्ण गरेको तथ्य झुटो फेला परेको हो । आयोगले झुठो र नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेशगरी अनमीको प्रमाणपत्रको आधारमा मासिका सहायक चौथोबाट अनमी सहायक चौथो पदमा बढुवासमेत भएको अख्तियारले जनाएको छ ।

झुटो प्रमाणपत्रको आधारमा सेवा प्रवेशगरी लाभको सुविधा लिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएकोले विष्टलाई सोही ऐनको दफा १६(१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोजका सहायक प्रवक्ता मदन कोइरालाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय