किन दुख्छ पेट ? यस्ता छन् कारण

हेल्थपोस्ट
प्रकाशित
२०७६ वैशाख २७ गते १२:२०

शरीरका अन्य भागमा दुखेजस्तै पेट दुख्नु शरीरको प्रतिरक्षाका लागि वा शरीरलाई कुनै गलत चिजबाट बचाउनका लागि पूर्वसंकेत दिने प्रक्रिया हो । पेटको दुखाइ मुख्यतः ४ किसिमका हुन्छन् ।
१. भिस्सेरल दुखाइ : पेटको मध्यभागमा, एकै ठाउँमा कन्द्रित नभएको र बयान गर्न पनि गाह्रोकिसिमको दुखाइ हुन्छ । यो भित्री अंगहरूबाट निस्कन्छ र सिम्पाथेटिक स्नायुप्रणालीको मार्गबाट सिञ्चित हुन्छ ।
२. सर्नेखालको दुखाइ : भिस्सेरल दुखाइ एक ठाउँबाट निस्के पनि अर्को ठाउँमा सर्न सक्छ । जस्तो पित्तथैलीको पत्थरीको दुखाइ दाहिने कोखामा दुखे पनि काँधसम्म सरेर जान्छ ।
३. पेराइटल पेरिटोनियल दुखाइ : पेटका भित्री अंगहरूमा रोग लागेर त्यसलाई ढाक्ने पत्रलाई पनि असर पुर्याएको अवस्थामा पेराइटल पेरिटोनियल दुखाइ हुन्छ ।
४. मनोजन्य दुखाइ : कहिलेकाहीँ विनाकारण पनि पेट दुख्ने हुन्छ । बच्चाहरूले स्कुल जाने वेलामा, खाना खानेवेलामा पनि पेट दुख्यो भन्ने गर्छन् । कहिलेकाहीँ पेट पोलेजस्तो, भारी भएजस्तो, गह्रुंगोपन आदिले पनि पछि गएर दुखाइ दिन्छन् ।
कारण
१. पेटका भित्ताभित्रैका कारणहरू, जस्तै, न्युराल्जिमा, फाइब्रोसाइटिस, हर्पेस जोस्टर आदि ।
२. पेटभित्रका कारणहरू (क) भिस्सेरल–आन्द्रा, पित्तथैली, मिर्गौला, कलेजो, डिम्बासय आदिमा सुजन, पत्थरी वा अन्य गडबडी भएमा पेट दुख्छ । (ख) पेरिटोनियल ः पेरोटेनियलको सुजन, घाउ तथा गडबडी ।
३. पेटभन्दा बाहिरका कारणहरू : न्युमोनिया, धमनीसम्बन्धी रोगहरू, डायफ्रामको प्लेउरेसी आदि । पेटदुखाइलाइ एक्युट वा एक्कासि तथा दीर्घ प्रकृतिको भनी वर्गीकरण गर्न सकिन्छ ।
दुखाइ अवस्थाअनुसार सहन सकिने मन्द प्रकृतिको वा सहन नसकिने र छटपटिनेखालको हुन सक्छ ।
रोग पत्ता लगाउन सोधपुछका तरिका
क. सुरुवातको प्रकृति : पित्तथैलीको पत्थरी र मिर्गौलाको कोलिक अचानक पूर्वसंकेतविनै हुन्छन् । पेस्टिक अल्सरको दुखाइ १ हप्ता पहिलेदेखि पूर्वसंकेत दिएर मात्र तीव्र हुन सक्छ ।
ख) दुखाइको ठाउँ :
१. पेटको माथिल्लो भाग (इपिगेस्टिक दुखाइ) : पेस्टिक अल्सर, एक्युट एपेन्डिसाइटिसको सुरुमा एक्युट कोलोसिस्टाइटिस सानो आन्द्राको सुजन, पित्तनली, प्यान्क्रियाज आदिमा पेटको माथिल्लो भाग दुख्छ ।
२. नाइटोवरिपरि दुख्ने : सानो आन्द्राका रोगहरू, जुका परेमा, इरिटेबल बोओल सिन्ड्रोममा पनि नाभीस्थानवरिपरि दुख्छ ।
३. पेटको दाहिनेपट्टिको कोखमा दुख्ने  : कलेजो, पित्तथैली र पित्तनलीको मार्गमा दुखेमा हुन्छ ।
४. पेटको दे्रबेपट्टिको कोखमा दुख्ने : कोलनको तल्लो भागमा फियो प्यान्क्रियाजमा ठूलो आन्द्रामा गडबडी भएका द्रेबे्रपट्टिको पेट दुख्न सक्छ ।
५. बायाँपट्टिको तल्लो भागमा बायाँपट्टिको पिसाब नलीमा, कोलाइटिस, डाइभर्टिकुलाइटिस, महिलामा पाठेघरसम्बन्धी रोग भएमा पनि पेटको बायाँपट्टि दुख्न सक्छ ।
६. दाहिनेपट्टिको तल्लो भागमा  : एपेन्डिसाइटिस, सिकम, आइलियम आदि सुजन भए पनि दुख्ने गर्छ । मेरुदण्ड र सुषुम्नाका र रोगहरूमा पनि दाहिनेपट्टिको तल्लो भाग दुख्ने गर्छ ।
७. कम्मरको दुखाइ :  पत्थरी, खासगरी पित्तथैली, मिर्गौला र पिसाबथैलीका पत्थरी भएमा अगाडिको दुखाइ पछाडि सर्ने गर्छ ।
ग. दुखाइको प्रकृति र तीव्रता : पेस्टिक अल्सरको बिरामीले धेरैजसो पोल्नेखालको दुखाइ हुन्छ । पत्थरीको दुखाइ एकदम स्पाजम किसिमको हुन्छ । दुखाइ कस्तोकिसिमको थाहा नभएको अवस्थामा र पेल्भिक एनेल्जेसिकअनुसार पनि दुखाइ पत्ता लगाउन सकिन्छ ।
घ. दुखाइको अवधि : केहीबेर दुख्नेखालका दुखाइहरू यान्त्रिक सुरुवातका हुन्छन् । धेरैबेरसम्म वा धेरै दिनसम्म रहने दुखाइहरू भित्री अङका रोगहरू हुन्छन् । कुनै सुजन वा क्यान्सर समूहका हुन सक्छन् । जस्तो पेस्टिक अल्सरको पेल्भिक इन्फ्यामेटरी रोगहरू, नेओरलाज्म महिनादिनसम्म पनि रहन सक्छन् ।
ङ) दुखाइ सर्ने :  मिर्गौलाको सूल भएकोमा अन्डकोषतिर वा गुप्ताङतिर जान्छ भने पित्तथैलीको रोग दाहिने पाताको कोणतिर जान्छ । दीर्घकालीन प्यान्त्रोयाटाटिसका पाताको बीचमा दुखाइ पर्छ ।
च) दुखाइको सम्बन्ध :  दुखाइको आक्रमण शारीरिक क्रियाकलाप वा अन्य गतिवधिमा भर पर्छ ।
१) खानासँगको सम्बन्ध :  डुडेनल अल्सरमा खाना खाएको दुईदेखि चार घण्टासम्म दुख्ने हुन्छ । खानेबित्तिकै तुरुन्तै दुख्छ भने यो प्रायः आर्गानिक घाउले होइन । खाना खाएको तीनदेखि पाँच घण्टामा दुख्छ भने पित्तथैलीको सूल हुन सक्छ ।
२) शारीरिक व्यायामसँग सम्पर्क :  गाडी चढेपछि दुखाइ हुन्छ भने मिर्गौलाको वा पित्तथैलीको पत्थरी यताउता सरेर दुखेको हुन सक्छ ।
३) खानाको गुण : चिल्लोपदार्थले पित्तथैलीको आक्रमणलाई उत्तेजित गर्छ, साह्रो खाना, अमिलो पदार्थ, पिरो चिजले पेटको दुखाइ बढाउँछ । कुनै खाना खाएपछि पेट दुख्छ भने त्यस्तो खानाको बराबर विचार गर्नुपर्ने हुन्छ ।
४) वायु पास हुँदा  : ठूलो आन्द्रामा वायु हुँदा पनि पेट दुख्ने हुन सक्छ ।
दुखाइ हल्का हुने :
पेस्टिक अल्सरको दुखाइ खाना खाएपछि वा बान्ता गरेपछि वा अल्कालिन खाएपछि ठिक हुन्छ । पित्तथैलीको पत्थरी र मूत्रथैलीको पत्थरीलाई ओपियम समूहको औषधिले मात्र काम गर्छ । बस्दाखेरी अलि ठिक हुने र सुत्दाखेरी बढी हुने हुन्छ भने डायफामको हर्निया र पान्क्रियाटाइटिस हुन सक्छ ।
अन्य संलग्न लक्षण :
पित्तथैलीको पत्थरी कमलपित्त आदिमा बान्ता हुनु सामान्य हो । पिसाब पोल्ने र पिसाबमा रगत देखापर्ने मिर्गौलाको सूलका सामान्य लक्षण हुन् । शरीरमा बिमिरा उठ्ने र पेट दुख्ने भएमा एलर्जी भएको भन्ठान्नुपर्छ । धेरै दिनसम्म कब्जियत हुने र सानोतिनो पखाला लाग्ने तथा पुनः कब्जियत र पखाला भएमा इरिटेबल बोयल सिन्ड्रोम हुन्छ ।
पेट दुखेका बिरामीलाई के गर्ने ?
पेट दुखेका केही यस्ता अवस्था छन्, जसमा रोग जतिसुकै बिरामी भए पनि र जस्तोसुकै अवस्था परे पनि शल्यक्रिया नगरी हुँदैन । अत्यधिक आन्तरिक रक्तस्राव भएमा त तुरुन्तै अप्रेसन गरिहाल्नुपर्छ । नसाबाट तुरुन्त आवश्यक झोल पदार्थहरू दिनुपर्छ र तुरुन्तै अप्रेसन गरिहाल्नुपर्छ । कतिपय बिरामी इसिजी र पेटको एक्स–रे गराउन खोज्दाखोज्दै त्यही कोठामै मर्न पनि सक्छन् । यदि अत्यधिक रक्तस्राव भएको अवस्थामा कुनै पनि बाधाव्यवधानले शल्यक्रिया रोक्नुहुँदैन ।
कहिलेकाहीँ पेट दुख्ने लक्षण कम भए पनि प्रत्येक बिरामीलाई गुदद्वारबाट परीक्षण, औँला घुसाएर गर्नुपर्छ । यसले एपेन्डिसाइटिस, डाइभर्टिकोलाइटिस, डिक्बासयको सिस्ट आदि छुट्याउन मद्दत गर्छ ।पेटको आन्द्रमा चलिराखेको आवाज बढी महत्वपूर्ण हुन्छ । यो आवाजको उपस्थिति, तीव्रता र गतिशीलताको ख्याल गर्नुपर्छ ।
कुनै पनि बिरामीको विस्तृत कथा लिनुपर्छ । जुनसुकै प्रयोगशाला र एक्स–रे परीक्षणभन्दा बढी महत्वपूर्ण हुन्छ । बिरामीको क्रमबद्ध घटनाको विकास पनि महत्वपूर्ण हुन्छ । यदि परीक्षकले नआत्तीकन, हडबड नगरीकन राम्रो किसिमले जाँचेमा उसको ज्ञान, बुद्धि र विवेकले रोग पत्ता लगाउन सक्षम हुन्छ । पेटको क्षेत्रभन्दा बाहिर दुखेको खण्डमा धेरै विचार गर्नुपर्छ । महिला बिरामीको महिनावारीको इतिहास राम्रोसँग लिनुपर्छ । रोगको निदान नभएसम्म नार्मेटिक र एनल्जेसिक औषधिहरू दिनुहुँदैन ।
बिरामीलाई सामान्य तरिकाले जाँच गर्दा पनि बिरामीको अनुहार, विछ्याउनामा सुत्ने अवस्था, श्वास–प्रश्वास प्रक्रियाले धेरै हदसम्म रोग पत्ता लगाउन मद्दत गर्छन् । डाक्टरको सौहार्दमै उसका धेरै सूचना प्राप्त हुन्छन् । यदि कुनै पेट दुखेको बिरामीलाई जाँच गर्दा थिचोमिचो पारेर झन् दुखाइ दिएमा अर्को परीक्षकले जाँच्न सक्दैन । त्यसैले डाक्टरको सक्षमतामा धेरै कुरा भरपर्छन् । पित्तथैली बढेको पनि असावधानी गरेमा भूल भइदिन्छ ।
बिरामीको वृत्तान्तको समय बचाउने अर्को उपाय छैन । कहिलेकाहीँ पेट दुख्ने लक्षण कम भए पनि प्रत्येक बिरामीलाई गुदद्वारबाट परीक्षण, औँला घुसाएर गर्नुपर्छ । यसले एपेन्डिसाइटिस, डाइभर्टिकोलाइटिस, डिक्बासयको सिस्ट आदि छुट्याउन मद्दत गर्छ ।पेटको आन्द्रमा चलिराखेको आवाज बढी महत्वपूर्ण हुन्छ । यो आवाजको उपस्थिति, तीव्रता र गतिशीलताको ख्याल गर्नुपर्छ । पेट दुखेको बिरामीको डाक्टरले एकपटक बाउल साउन्ड सुन्नै पर्छ । आन्द्रा बटारिएको, आन्द्रामा प्वाल परेको एपेन्डिसाइटिस पाकेको आदिमा यो आन्द्राको आवाज नहुने वा कमजोर हुन सक्छ । बिरामीको शरीरको पानीको अवस्था महत्वपूर्ण हुन्छ । हिमाटोक्रिटको शरीरको पानीको अवस्था महत्वपूर्ण हुन्छ । हिमाटोक्रिटको जाँच र पिसाबको अवस्था महत्वपूर्ण हुन्छ । हिमाटोक्रिटको जाँच र पिसाबको परीक्षणबाट जलविनियोजनको अवस्था थाहा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय