धमनीहरूको अवरोधबाहेकका कारणले पनि हृदयाघात

हेल्थपोस्ट
प्रकाशित
२०७६ वैशाख २६ गते १०:१४

आमरूपमा हृदयाघात भनिने ‘एक्युट मायोकार्डियल इन्फ्र्याक्सन’ जीवन जोखिममा पार्ने अवस्था हो, जसमा मुटुको धडकन पूरा वा आंशिक रूपमा रोकिन्छ । सामान्यतया, मुटुमा रक्तप्रवाह गर्ने धमनीहरूमा हुने अवरोधलाई यसको मुख्य कारण मानिन्छ र रोकावट भएका धमनीहरूलाई ‘स्टेन्ट’ र औषधिको प्रयागले उपचार गरिन्छ ।

प्रख्यात इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा. रजनिश कपुर, जो भारतको हरियाणा राज्यको गुरुग्रामस्थित मेदान्त हस्पिटलमा इन्टरभेन्सनल कार्डियोलोजी विभागका उपाध्यक्षका रूपमा कार्यरत छन्, उनले यसबारे गरेको शोधले नयाँ जानकारी दिएको छ । उनको अध्ययनका अनुसार ‘एक्युट मायोकार्डियल इन्फ्र्याक्सनका चार प्रतिशत मामिलामा कोरोनरी धमनीहरूमा कुनै प्रकारको अवरोध नभएको पाइयो । यसकारण, त्यस्ता मुटुरोगीको उपचारमा ‘स्टेन्ट’को प्रयोग गर्नुनपर्नुका साथै जीवनभर सेवन गर्नुपर्ने औषधिहरू लिनुनपर्ने देखियो ।

अध्ययनका लागि डा. रजनिश कपुरले सन् २०१६ देखि सन् २०१८ सम्म गर्नुभएको १ हजार २५ जना हृदयाघातपीडितको उपचारका रेकर्ड छनोट गरी विश्लेषण गरेका थिए । यसअनुसार, मुटुरोगीमध्ये ७६% पुरुष थिए भने २४% महिला । त्यसैगरी, ३४% बिरामी ४० वर्षभन्दा कम उमेरका थिए भने २% बिरामी ३० वर्षभन्दा कम उमेरका थिए । जनसांख्यिकीय वर्गीकरणअनुसार अध्ययन गरिएका मुटुरोगीमध्ये ५% नेपाली, ९२% भारतीय र ३% साउदी अरेबियन, बंगलादेशी र श्रीलंकाली थिए ।

  • १ हजार २५ जना मुटुरोगीमाथि गरिएको अध्ययनअनुसार ४% मुटुरोगीमा हृदयाघात धमनीहरूको अवरोधबाहेकका अन्य कारणहरू, जस्तै शरीरका विभिन्न भागमा ऐठन हुनु तथा सुन्निनुले गर्दा हुन्छ । त्यस्ता समस्याका उपचारमा धमनीहरूभित्र ‘स्टेन्ट’ आवश्यक नहुन सक्छ ।
  • नेपालको ५% जनसंख्यामा गरिएका मुटुरोगसम्बन्धी अध्ययनहरूले धूमपान तथा मध्यपानलाई लाखौँ नेपालीमा प्रारम्भिक रूपमा हृदयाघातको जोखिम बढाउने तत्वका रूपमा देखाएका छन् ।

 

अध्ययन गरिएका मुटुरोगीलाई ‘ओसिटी’ नामक अत्याधुनिक डायग्नोस्टिक प्रविधिद्वारा उपचार गरिएको थियो । यो प्रविधि रोगीहरूको सटीकतापूर्वक उपचार गर्न उनीहरूका शरीरका आन्तरिक संरचनाको त्रि–आयामी (थ्रि–डायमेन्सनल) स्क्यानिङका लागि प्रयोग गरिन्छ, जुन केही अवस्थामा जीवनरक्षकसमेत हुने गर्दछ । डा. कपुर ओसिटी प्रविधि प्रयोगमा सबैभन्दा अनुभवी भारतीय इन्टरभेन्सनल कार्डियोलोजिस्टमध्ये एक हुन् ।

अध्ययन गरिएका मध्ये ४% हृदयाघातपीडितका धमनीहरूमा कुनै प्रकारको अवरोध भएको थिएन । यस्तो अवस्थालाई ‘मायोकार्डियल इन्फ्र्याक्सन विथ ननअब्स्ट्रक्टिभ कोरोनरी आर्टरिज’ (मिनोका) भनिन्छ । प्राप्त जनकारीअनुसार इन्फ्लामेसन र भासोस्पाजम हृदयाघातका कारण थिए । यसअनुसार, ९०% ‘मिनोका’ केसहरू महिला र युवा उमेरका मुटुरोगीमा देखिएका थिए ।

डा. कपुरका अनुसार नेपाली मुटुरोगीमध्ये ९८% ले नियमित रूपमा सुर्तीजन्य पदार्थ सेवन गरेको पाइयो । विभिन्न अध्ययनमा नेपालमा सूर्तीजन्य पदार्थको सेवन सन् २०२५ मा २५% पुग्ने र सन् २०५० मा ४०% सम्म पुग्ने अनुमान गरिएका छन् ।

डा. कपुर भन्छन्, ‘प्रायः एन्जियोग्राफी गर्दा धमनीहरूमा अवरोध नदेखिएको खण्डमा बिरामीलाई थप उपचार नगरी घर पठाइन्छ । यसले गर्दा बिरामीको समस्याको पूर्ण डायग्नोसिस हुन पाउँदैन, जसका कारण उनीहरूको उपचार हुँदैन र अर्को समस्याको जोखिम बढ्ने गर्छ । इन्टरभेन्सनल कार्डियोलोजीका अत्याधुनिक अभ्यासहरूले हामीलाई मुटुरोगीले भोगिरहेका समस्या बुझ्न, प्रत्येक रोगीलाई रोगअनुसारका उपचार प्रदान गर्न एवम् रोकथामका उपाय पहिल्याउन र उपचारका नतिजाहरूमा सुधार हासिल गर्न सहयोग गर्दछन् ।’

डा. कपुरका अनुसार नेपाली मुटुरोगीमध्ये ९८% ले नियमित रूपमा सुर्तीजन्य पदार्थ सेवन गरेको पाइयो । विभिन्न अध्ययनमा नेपालमा सूर्तीजन्य पदार्थको सेवन सन् २०२५ मा २५% पुग्ने र सन् २०५० मा ४०% सम्म पुग्ने अनुमान गरिएका छन् । यसले गर्दा आगामी केही वर्षमा लाखौँ नेपाली हृदयाघातको जोखिममा पर्ने देखिन्छ । त्यसबाहेक, मद्यपान, अति तनाव (हाइपरटेन्सन), तनाव (स्ट्रेस), शारीरिक निष्क्रियता, पेटमा लाग्ने बोसो र मधुमेह हृदयाघात गराउने अन्य जोखिम हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय