आइसोलेसन वार्ड नचलेको अवस्थामा बर्डफ्लुको उपचार चुनौतीपूर्ण छ

करिव एक दशकदेखि पक्षीमा मात्रै देखिएको एभियान इन्फ्लुएन्जा एच५एन१ (बर्डफ्लु) मानिसमा देखिएसँगै नेपालमा रोगबारे नयाँ बहस र जनचेतनाको अभियान प्ररम्भ भएको छ । एक जनाले ज्यान गुमाएको ३२ दिनपछि रोग यकीन भयो । यो सन्दर्भमा रोग धेरै जनामा देखिएको अवस्थामा हामीसँग उपचारको संयन्त्र बलियो छ त ? रोग नै के हो र कसरी सर्छ लगायतका विषयमा भाइरसजन्य रोगको विशेषज्ञ एवं टेकू अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेसँग हेल्थपोस्ट नेपालका लागि पुष्पराज चौलागाईँले गरेको कुराकानी ।

बर्डफ्लु भनेको के हो ?
इन्फ्लुएन्जा भाइरस ३ किसिमका हुन्छन्, इन्फ्लुएन्जा ए, बी र सी । इन्फ्लुएन्जा भाइरसभित्र पनि धेरै प्रकारका हुन्छन् । यसलाई २ वटा प्रोटिन हेमाग्लुटिन र न्युरावानेज भन्ने हुन्छ, त्यसलाई हेरेर यसको नामकरण गरिएको हुन्छ । हाल जुन भाइरस देखिएको छ नि, इन्फ्लुएन्जा एभित्रको प्रजाति हो । एच फाइभ एन वान भन्ने भाइरस नेपालमा एकजनालाई देखियो । र्याल परीक्षण गर्दा भाइरसको प्रकार यकिन नभएका कारण उक्त नमुना परीक्षणका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा, जापानमा पठाइएको थियो, जुन नमुनाको परीक्षणका क्रममा बिरामीमा पोजिटिभ नतिजा देखिएर आयो । यो भाइरस पहिलोपटक नेपालमा मानिसमा देखियो । यो भाइरस नेपालमा पहिलोपटक चरामा २००९ मा झापामा देखिएको थियो । त्यसपछि देशका विभिन्न ठाउँमा देखिएका थिए । तर, हाल आएर समस्या के भयो भने मानिसमा पनि देखियो ।

साधारणतया चरामा हुने बर्ड फ्लु, इन्फ्लुएन्जा भाइरस मानिसमा हुँदैन । तर, सँगै काम गर्दा मानिसमा सर्न सक्छ । इन्फ्लुएन्जा भाइरसको कण मानिसको शरीरमा जान्छ र इन्फेक्सन हुन्छ । इन्फेक्सन भएको मानिसबाट अर्को मानिसमा सर्दाचाहिँ धेरै मानिसमा फैलिन सक्छ । तर, मानिसबाट मानिसमा सर्ने सम्भावना कम हुन्छ ।

के बर्डफ्लु मानिसबाट मानिसमा सर्छ ?
पहिलो कुरा त संक्रमित पक्षीबाट मानिसमा सर्ने रोग हो । कुखुराको फर्ममा बस्दा, सँगै काम गर्दा खास गरेर श्वास–प्रश्वासबाट यो भाइरस मानिसमा सर्ने गर्छ ।
साधारणतया चरामा हुने बर्ड फ्लु, इन्फ्लुएन्जा भाइरस मानिसमा हुँदैन । तर, सँगै काम गर्दा मानिसमा सर्न सक्छ । इन्फ्लुएन्जा भाइरसको कण मानिसको शरीरमा जान्छ र इन्फेक्सन हुन्छ । इन्फेक्सन भएको मानिसबाट अर्को मानिसमा सर्दाचाहिँ धेरै मानिसमा फैलिन सक्छ । तर, मानिसबाट मानिसमा सर्ने सम्भावना कम हुन्छ ।

हालसम्म यो भाइरस मानिसबाट मानिसमा सरेको उदाहरण नभए पनि नेपालमा सिस्टम के छ भने एक महिनाअघि नै मानिसमा भाइरसको संक्रमण भएको थाहा पाइसकेर पनि त्यसको वरपरि गएर खोज्ने काम भएको हुन सकेको छैन । त्यसबाट अरू कसैमा संक्रमण भएको छ कि छैन भनेर निगरानी गर्नुपर्ने हो । संक्रमितको घर–परिवारको निगरानी गर्नु जरुरी हुन्छ । संक्रमित मानिससँग को बस्ने गथ्र्यो, कहाँ गएको थियो, कहाँको कुखुरा फर्मबाट आएको हो, यी सबै कुराको गहिराइमा पुगेर अध्ययन गर्नुपर्छ । संक्रमित व्यक्तिको खोजी गरी तुरुन्त उपचार गर्नुपर्छ ।

भाइरसको संक्रमणका कारण मानिसको ज्यानै गएको घटना सार्वजनिक भइरहँदा कुखुराको मासु खानु उपयुक्त छ कि छैन ?
सामान्यतः यो भाइरस आरएनए भाइरस हो । यो भाइरस ७० डिग्रीभन्दा बढी तापक्रममा मर्ने गर्छ । तसर्थ, कुखुराको मासु राम्रोसँग पकाएर खान हुन्छ । तर, कुखुरा काट्दा वा पकाउँदा हावाको माध्यमबाट मानिसमा कण सर्न सक्ने हुँदा सतर्कता भने अपनाउनुपर्ने हुन्छ ।

यसको उपचारपद्धति भनेको साधारणतया चरामा हुने बर्ड फ्लु, इन्फ्लुएन्जा भाइरस मानिसमा हुँदैन । तर, सँगै काम गर्दा मानिसमा सर्न सक्छ । इन्फ्लुएन्जा भाइरसको कण मानिसको शरीरमा जान्छ र इन्फेक्सन हुन्छ । इन्फेक्सन भएको मानिसबाट अर्को मानिसमा सर्दाचाहिँ धेरै मानिसमा फैलिन सक्छ । तर, मानिसबाट मानिसमा सर्ने सम्भावना कम हुन्छ । भाइरस एन्टिभाइरल औषधि चलाउने हो । तर, मानिसमा कति काम गर्छ वा गर्दैन, त्यो निश्चित भएको छैन । यसलाई भेन्टिलेटरको सपोर्ट चाहिन्छ । यदि यो रोगको संक्रमण भएमा फोक्सोको तलको भागसम्म जान्छ, जसले सिरियस निमोनिया हुन सक्छ, जसका लागि आइसियूमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।

यो रोगमा मौसम परिवर्तनले फरक पार्छ कि पार्दैन ?
मौसम परिवर्तनका वेला शरीरले रोगसँग लड्न सक्ने क्षमता कम भएको खण्डमा यो रोग सर्न सक्ने सम्भावना बढी हुन्छ । फोहोर पानी जम्मा हुने, वातावरण प्रदूषणजस्ता विभिन्न कारणले रोगहरू सर्न सक्ने सम्भावना हुन्छ ।

नेपालका अस्पतालहरूको इन्फ्लुएन्जा भाइरस संक्रमित बिरामीको उचित उपचार गर्ने क्षमता छ कि छैन ?
यो रोगको उपचारका लागि नेपालका अस्पतालमा पर्याप्त दक्ष जनशक्ति उपलब्ध छ । तर, अस्पतालहरू व्यवस्थित छैनन् । जस्तो कि आइसोलेसन वार्र्ड सुचारु गर्न १० वर्षदेखि पहल भए पनि हालसम्म आइसोलेसनकक्ष सञ्चालनमा ल्याउन सकिएको छैन । यस्तो वार्ड स्थापना र सञ्चालनका लागि उपकरणहरू उपलब्ध छैनन् । स्वास्थ्य मन्त्रालयले झारा टार्ने काम मात्र गरिरहेको छ । टेकु अस्पतालमा आइसोलेसनकक्षमा ८ वटा बेड भए पनि उपकरण तथा जनशक्ति अभावले बन्द नै छन् । त्यसकारण इन्फ्लुएन्जा भाइरस संक्रमित बिरामी उपचारका लागि अस्पताल आएको खण्डमा उपचार दिन धेरै गाह्रो हुन्छ । यसको मुत्युदर ६० देखि ८० प्रतिशतसम्म हुन्छ । यस्तो वेलामा सुरक्षित प्रविधि अभावमा नर्स तथा डाक्टरलाई कसरी काम गर भन्न सकिन्छ ?

इन्फ्लुएन्जा भाइरसको उपचार कसरी गरिन्छ ?
यसको उपचारपद्धति भनेको इन्फ्लुएन्जा भाइरस एन्टिभाइरल औषधि चलाउने हो । तर, मानिसमा कति काम गर्छ वा गर्दैन, त्यो निश्चित भएको छैन । यसलाई भेन्टिलेटरको सपोर्ट चाहिन्छ । यदि यो रोगको संक्रमण भएमा फोक्सोको तलको भागसम्म जान्छ, जसले सिरियस निमोनिया हुन सक्छ, जसका लागि आइसियूमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।

एच फाइभ एन वान भाइरस परिवर्तन हुन्छ कि हुँदैन ?
आरएनए भाइरस छिटै परिवर्तन हुने भएका कारण औषधिले काम गर्न नसक्ने अवस्था पनि आउँछ । इन्फ्लुएन्जा भाइरसले नियमित आफ्ना वंशानुगत गुणहरूमा परिवर्तन गर्छ । यदि मानिसमा सजिलै सर्न सक्ने भएमा समस्या निम्तिन सक्छ । यसबारे अध्ययन जरुरी छ ।

संक्रमितको मुत्युदर ६० देखि ८०% सम्म भएको उच्च संक्रामक रोगको उपचारमा सुरक्षित प्रविधिविना स्वास्थ्यकर्मीलाई कसरी खट भन्न सकिन्छ ?

यो भाइरसबाट जोगिन के–कस्ता उपाय अपनाउन सकिन्छ ?
रुघाखोकी लागेको व्यक्ति अरूभन्दा छुट्टै बस्नुपर्छ र यस्तो अवस्थामा मास्कको प्रयोग गर्नुपर्छ । नियमित रूपमा साबुनपानीले राम्रोसँग हात धुनुपर्छ । श्वास–प्रश्वासको माध्यमबाट सर्ने भए पनि छोएर सर्ने सम्भावना बढी हुन्छ । यसबाट जोगिने सबैभन्दा ठूलो उपाय नै व्यक्तिगत तथा वासस्थानवरिपरिको सरसफाइमा ध्यान दिनु हो । आफ्नो वरिपरिको वातावरण सफा राख्नुपर्छ । यसका साथै, बिरामी तथा मरेका कुखुरा तथा चराचुरुंगीबाट सधैँ टाढा रहनुपर्छ ।
प्रत्यक्ष सम्पर्क भएका व्यक्तिहरूमा रोग देखिएमा तथा पक्षीहरू नजिक देखिए र आफूलाई बिसन्चो महसुस भएमा जतिसक्दो छिटो उपचारका लागि नजिकको स्वास्थ्यसंस्थामा सम्पर्क गर्नुपर्छ । इन्फ्लुएन्जाको कुनै पनि शंका लाग्नेबित्तिकै स्वास्थ्यसंस्थामा सम्पर्क गरी चिकित्सकको सल्लाहअनुसार चल्नुपर्छ । चिकित्सकको सल्लाहविना औषधि सेवन गर्नुहुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय