मानव अंग प्रत्यारोपण केन्द्रका नर्स स्वास्थ्य मन्त्रालयबाट प्रकाउ

मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रकाउ परेका छन् । शुक्रबार मन्त्रालयमा वार्ता असफल भएपछि आक्रोशित बनेका नर्सले प्रत्यारोपणका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलाई घेरा हालेपछि प्रहरीले उनीहरूलाई प्रकाउ गरेको हो ।

६–७ जना नर्सलाई प्रकाउ गरी सिंहदरबार प्रहरी प्रभाग, अनामनगर लगिएको मानव अंग प्रत्यारोपण केन्द्रकी स्टाफ नर्स प्रियंका थापाले बताइन् । वार्तामा स्वास्थ्य मन्त्रालयका तर्फबाट डा. दीपेन्द्ररमण सिंह, नर्सिङ काउन्सिलकी अध्यक्ष तारा पोखरेल, मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. श्रेष्ठ र नर्सका प्रतिनिधहरू सहभागी थिए ।

नर्सहरूले प्रत्यारोपण केन्द्र प्रशासनसँग पाँच महिनादेखि पुराना कर्मचारीलाई स्थायी गर्नुपर्ने, काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, आफ्ना मान्छेलाई छानेर राख्नुभन्दा काम गर्दै आएकालाई प्रोत्साहन गर्नुपर्ने, जोखिमभत्ता प्रदान गर्नुपर्नेजस्ता माग राखेका छन् । यसैगरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हुने सम्मेलनमा नर्सहरूलाई सहभागी हुने मौका दिनुपर्ने, सरकारी अस्पतालमा पाइने सबै सुविधा उपलब्ध गराइनुपर्ने, कर्मचारीको मासिक तलब समयमै दिनुपर्नेलगायत माग नर्सहरूको छ ।

One thought on “मानव अंग प्रत्यारोपण केन्द्रका नर्स स्वास्थ्य मन्त्रालयबाट प्रकाउ

  1. चिनजान को भरमा जागिर खाने अनि पछि स्थाई पनि गर्नु पर्ने ?
    लोकासेवा बाट बिज्ञापन खुलेको छ सक्छौ भने नाम निकालेर देखाऊ अनि तिमिहरु सत्य छौ भने प्रमाणित हुन्छ
    पार्टि नेता को आडमा अनेक टिक्डम गरेर स्थाई हुन्छु भने जोगाड नगरे बेसहुन्थ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय