नेपालमा पहिलोपटक मानिसमा बर्डफ्लु, एकजनाको मृत्यु भएको पुष्टि
नेपालमा पहिलोपटक मानिसमा बर्डफ्लु देखा परेको छ । काभ्रेमा २१ वर्षीय मानिसमा बर्डफ्लु देखा परेको हो । उनको १५ वैशाखमा मृत्यु भएकोमा जापानस्थित डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुयन्जामा र्याल नमुना परीक्षणपछि १७ गते बर्डफ्लु लागेको पुष्टि भएको हो । उनको कुन अस्पतालमा उपचार भएको थियो भन्ने पनि सार्वजनिक गरिएको छैन ।
यसबारेमा स्वास्थ्य मन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गरी स्पष्ट पारेको छ।
यसअघि कुखुरा तथा चराहरुमा बर्डफ्लु देखा परेपनि मानिसमा सरेको पुष्टि भएको थिएन । अहिले भने मानिसमा समेत सरेको पुष्टि भएको हो ।