मलेसियाको अस्पतालले नै राम्रोसँग जाँच गरिदिएको भए मेरो किड्नी बाँच्थ्यो कि !
विदेश गएको करिब १ वर्षमा उनलाई टाउको दुख्ने, छाती पोल्ने, ढाड दुख्ने समस्या देखिँदै गयो । काम गर्ने कम्पनीले उनलाई मेडिकल इन्स्योरेन्स सुविधा दिएको थिएन, तैपनि आफ्नै खर्चमा औषधोपचार गरिन् । उनी भन्छिन्, ‘कमाएको आधाभन्दा बढी पैसा औषधोपचारमा खर्च हुने गरेको थियो ।’ डेढ वर्षभन्दा बढी नियमत औषधि सेवन गर्दा पनि उनको दुखाइ घटेन । दुखाइ बढेका कारण पुनः चेकजाँचका लागि अस्पताल गइन् ।
मलेसियाको डाक्टरले भिडियो एक्स–रे तथा रगतको जाँच गरे । रिर्पोट आउन अर्को दिन लाग्ने भएपछि उनी अस्पतालमा भर्ना भइन् । अस्पतालमा एकदिन भर्ना भएर बसेको मात्र ८ सय रिंगेट लाग्यो । भोलिपल्ट्ट १२ बजे उनको रिपोर्ट आयो, तर उनी पढ्न–लेख्न जान्दैनथिन् । उनलाई लागेको रोगबारे कम्पनीबाट आएको मानिसलाई सोधिन् । कम्पनीका कर्मचारीले सबै शारीरिक अवस्था ठिक भएको र नियमित रूपमा औषधि सेवन गर्दा निको हुने बताए । अस्पतालले दिएको औषधि बोकेर आफ्नै डेरामा केही दिन आराम गरिन् । तर, उनको दुखाइ कम भएको थिएन ।
करिब १ महिनापछि माइतीको मनमा अत्यास लाग्यो र नेपाल फर्केरै उपचार गराउने मनसायमा उनले कम्पनीलाई घर फर्कादिन आग्रह गरिन् । कम्पनीले घर पठाउने तयारी गर्यो । तलब आउनेवेलामा थाहा भयो कि, कम्पनीले उनको तलब र लिन बाँकी अन्य सुविधाबाट अस्पतालको खर्च तथा नेपाल फर्कने टिकटको खर्च कटाएको रहेछ ।
अस्पतालले अप्रेसन गरेर एउटा मिर्गौला फालिदियो । ‘मलेसियाको अस्पताले नै राम्रोसँग जाँच गरिदिएको भए मेरो किड्नी बाच्थ्यो कि !’ उनी भन्छिन् । हाल उनी पौरखीले सञ्चालन गरेको कुकको तालिम लिइरहेकी छिन् । अबको उनको सोचमा घर गएर होटेल सञ्चालन गर्ने योजना छ ।
नेपाल आएर चेजजाँच गराउन पाउने भएपछि उनको मनमा केही सन्तोष भयो । नेपालको एयरपोर्टमा उनी पौरखी नेपालको सम्पर्कमा आइन् । पौरखीले उनलाई टिचिङ अस्पतालमा भर्ना गरायो । अस्पतालको रिपोर्ट आएपछि थाहा भयो, उनको एउटा मिर्गौला पूरै बिग्रिसकेको रहेछ । ‘मेरो कम्मर त दुख्थ्यो, तर मलाई त्यहाँ किड्नी हुन्छ भन्ने थाहा थिएन,’ उनी भन्छिन् ।
अस्पतालले अप्रेसन गरेर एउटा मिर्गौला फालिदियो । ‘मलेसियाको अस्पताले नै राम्रोसँग जाँच गरिदिएको भए मेरो किड्नी बाच्थ्यो कि !’ उनी भन्छिन् ।
हाल उनी पौरखीले सञ्चालन गरेको कुकको तालिम लिइरहेकी छिन् । अबको उनको सोचमा घर गएर होटेल सञ्चालन गर्ने योजना छ ।
माइती तामाङजस्तै नेपालबाट कामको सिलसिलामा बिदेसिएका मध्ये दैनिक रूपमा सयौँ नेपाली आफ्नो स्वास्थ्य बिग्रिएका कारण घर फर्किन बाध्य छन् भने दैनिकजसो ३ देखि ६ जनासम्म नेपालीको लास नेपाली एयरपोर्टबाट भित्रिने गरेको छ, जुन स्वास्थ्यको प्रमुख मुद्दा र चुनौती बनेको छ ।
आप्रवासीको स्वास्थ्य विकसित देशको समेत उपेक्षामा, विश्वकै प्रमुख स्वास्थ्यसमस्या
सोमबार राजधानीमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) र अन्तर्राष्ट्रिय आप्रवासी संगठनले गरेको कार्यक्रममा आप्रवासीमा देखिएको स्वास्थ्य स्वास्थ्य समस्याको अनुसन्धानको प्रतिवेदन प्रस्तुत गरिएको छ ।
अनुसन्धानमा विविध कारणले हुने अस्थायी तथा स्थायी बाह्य बसाइँसराइले अन्तर्राष्ट्रिय रूपमा स्वास्थ्यको स्थिति भयावह बन्दै गएको देखाएको छ । अन्तर्देशमा गरिने यस्ता बसाइँसराइले मानिसमा शारीरिक तथा मानसिक रूपमा स्वास्थ्यको अवस्था खस्कँदै गएको अध्ययनले देखाएको छ ।
आप्रवासीको स्वास्थ्यलाई पनि महत्वका साथ हेरिनुपर्नेमा अन्य देशबाट आएका कारण हेलाको दृष्टिकोणले हेरिँदै आएको शिक्षण अस्पतालका मनोचिकित्सक डा. सरोज झाले बताए । उनका अनुसार मानिसहरू बिदेसिनाले संसारकौ स्वास्थ्य प्रभावित बनेको छ ।
प्रत्येक वर्ष ३ लाख नेपाली काम वा पढाइको सिलसिलमा विदेश जाने गरेका छन् । उनीहरूको स्वास्थ्यबारे सरकार कत्ति पनि जिम्मेवार नरहेको विज्ञहरूको भनाइ छ ।
द ल्यासेन्ट जर्नलले प्रस्तुत गरेको तथ्यांकअनुसार अन्तर्राष्ट्रिय रूपमा कुल जनसंख्याको ३.४ प्रतिशत मानिसले बसाइँसराइ गर्ने गरेको पाइएको छ । यसमा कम विकसित देशका मानिसहरू धेरैजसो कामका लागि विकसित देश जाने गरेको पाइएको छ ।
आप्रवासीको स्वास्थ्यलाई नेपाल सरकारले पनि प्राथमिकतामा नराखेको र विश्वका अन्य देशहरूले पनि यसबारे जिम्मेवारी निर्वाह नगरेको डा. झा बताउँछन् । ‘विदेश गएर नेपालीले काम गर्दा राज्यको विकासमा फाइदा पुगेको छ,’ डा. झाले भने, ‘नेपाली विद्यार्थी अस्ट्रेलिया तथा अन्य मुलुकमा पढ्न जाँदा विकसित देशले सस्तोमा कामदार पाइरहेका छन्, तर उनीहरूको स्वास्थ्यका लागि कसैले पनि वास्ता गरेका छैनन् । यिनीहरू बाहिरबाट आएका हुन् भन्ने छ, जुन हेलाको दृष्टिकोण हुनुभएन । सबै देशमा आप्रवासी नागरिकको स्वास्थ्यमाथिको पहुँजको ग्यारेन्टी गर्नुपर्छ ।’
द ल्यासेन्ट जर्नलले प्रस्तुत गरेको तथ्यांकअनुसार अन्तर्राष्ट्रिय रूपमा कुल जनसंख्याको ३.४ प्रतिशत मानिसले बसाइँसराइ गर्ने गरेको पाइएको छ । यसमा कम विकसित देशका मानिसहरू धेरैजसो कामका लागि विकसित देश जाने गरेको पाइएको छ । अन्तर्राष्ट्रिय बसाइँसराइलाई हेर्ने हो भने सन् २०१० मा १७ करोड ३० लाख मानिसले बसाइँसराइ गरेकोमा २०१७ मा आइपुग्दा यो संख्या बढेर २५ करोड ८० लाख पुगेको छ । यति ठूलो संख्याका आप्रवासीको स्वास्थ्य बेवास्तामा परेकाले उनीहरूको स्वास्थ्यबारे सम्बन्धित सरकारहरूले सोच्नुपर्ने अध्ययनको निष्कर्ष छ ।