रुघाखोकी प्रभावित हुम्लामा २०औँ दिन बल्ल पुग्यो चिकित्सक टोली, ९ को मृत्यु

देशको विकटतम हुम्ला जिल्लाको ताजकोट गाउँपालिकामा २० दिनदेखि फैलिएको रुघाखोकीको प्रकोप नियन्त्रणका लागि आइतबार दिउँसो चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पुगेको छ । २६ चैतदेखि सुरु भएको रुघाखोकीले महामारीकै रूपमा करिब २ सय स्थानीयलाई प्रभावित बनाई ९ जनाको मृत्यु भइसकेको अवस्थामा प्रकोपको २०औँ दिन आइतबार दिउँसो मात्र स्वास्थ्यकर्मीको टोली हुम्ला पुगेको हो । यद्यपि, सरकारले भने ९ जनाको मृत्यु रुघाखोकीका कारणभन्दा पनि दम, निमोनिया र कुपोषणका कारण भएको जिकिर गरेको छ ।

स्वास्थ्यसेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका अनुसार कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयबाट डा. तेजराज भट्टराई, हेल्थ असिस्टेन्ट बलभद्र यादव, ल्याब असिस्टेन्ट धर्म अधिकारीसहितको टोली आवश्यक औषधि तथा उपचार सामग्रीसहित नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार प्रभावित क्षेत्रमा पुगेको छ । टोलीले प्रभावितको उपचारका साथै रगतको नमुना संकलनलगायत रोगनियन्त्रणका लागि आवश्यक काम गर्ने महाशाखाको भनाइ छ ।

स्वास्थ्यसेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका अनुसार कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयबाट डा. तेजराज भट्टराई, हेल्थ असिस्टेन्ट बलभद्र यादव, ल्याब असिस्टेन्ट धर्म अधिकारीसहितको टोली आवश्यक औषधि तथा उपचार सामग्रीसहित नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार प्रभावित क्षेत्रमा पुगेको छ । टोलीले प्रभावितको उपचारका साथै रगतको नमुना संकलनलगायत रोगनियन्त्रणका लागि आवश्यक काम गर्ने महाशाखाको भनाइ छ ।

महाशाखाले हुम्लामा केही सातादेखि रुघाखोकीका बिरामी पर्याप्त देखिए पनि सञ्चारमाध्यममा प्रकाशन–प्रसारण भएजस्तो पूरै गाउँ प्रभावित हुने गरी प्रकोपको अवस्था नभएको जनाएको छ । महाशाखाले रुघाखोकी सुरु भएको २० भित्र ९ जनाको ज्यान गएको सत्य भए पनि उनीहरूको रुघाखोकीकै कारण मात्र नभई विविध कारणले मृत्यु भएको जिकिर गरेको छ । मृतक ९ जनामध्ये एक १० महिने बालकको निमोनियाका कारण घरमै मृत्यु भएको तथा अर्का ५ वर्षीय बालकको कुपोषणका कारण घरमै मृत्यु भएको महाशाखाको दाबी छ । त्यसैगरी, अन्य ७ जना दमका दीर्घरोगी रहेको र उनीहरूको स्वास्थ्यसंस्था आइपुग्नुअगावै घरमै मृत्यु भएको महाशाखाले जनाएको छ ।

मृतक ९ जनामध्ये एक १० महिने बालकको निमोनियाका कारण घरमै मृत्यु भएको तथा अर्का ५ वर्षीय बालकको कुपोषणका कारण घरमै मृत्यु भएको महाशाखाको दाबी छ । त्यसैगरी, अन्य ७ जना दमका दीर्घरोगी रहेको र उनीहरूको स्वास्थ्यसंस्था आइपुग्नुअगावै घरमै मृत्यु भएको महाशाखाले जनाएको छ ।

रुघाखोकीबाट प्रभावित ताजकोटका स्थानीयमा ज्वरो आउने, छाती दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, टाउको दुख्ने, वाकवाकी लाग्नेजस्ता लक्षण देखापरेका छन् । यसअघि, महाशाखाले हुम्लामा फैलिएको रुघाखोकी ज्वरो स्वाइन फ्लु हुन सक्ने आशंका गरेका थिए । बिरामीमा स्वाइन फ्लु (एच१ए१ पिडिएम०९)सँग मिल्दोजुल्दो लक्षण देखिएको चिकित्सकको भनाइ छ । यद्यपि, ल्याब सुविधासहित आइतबार प्रभावित क्षेत्रमा पुगेको प्राविधिक टोलीले बिरामीको रगतको नमुना परीक्षण गरेर रिपोर्ट सार्वजनिक गरेपछि मात्र यसको यकिन पुष्टि हुनेछ ।

कर्णाली प्रदेशको विकटतम जिल्ला हुम्लाको ताजकोट सदरमुकाम सिमिकोटबाट करिब ४५ कोस टाढा छ । सदरमुकामबाट करिब ३ दिनको पैदलयात्रापछि पुगिने ताजकोटको विकट भौगोलिक अवस्थाका कारण समयमा रोग नियन्त्रणका लागि औषधि तथा चिकित्सक पुर्याउन नसकिएको सरकारको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय