भक्तपुर जिल्ला स्वास्थ्य कार्यालयको उद्घाटन

प्रदेश ३ अन्तर्गत जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको स्थापना भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको इकाईको रुपमा स्थापित कार्यलयको विहीबार भक्तपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश वस्नेतले विधिवत उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै बस्नेतले स्वास्थ्य देश विकासमो मेरुदण्ड भएको भन्दै स्वास्थ नागरिक विना समृद्ध नेपाल निर्माण सम्भव नरहेको बताए । प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जिल्ला स्वास्थ्य कार्यलयको प्रभावकारी भूमीका सहकार्य र समन्वयमा हुने भन्दै त्यसैमा अगाडि बढ्न सुझाब दिए । कार्यालयका प्रमुख पार्थमणि न्यौपानेले स्वास्थ्य कार्यालयले अव तीनै तहका सरकार र सबै सरोकारवालासँग मिलेर नागरिको स्वासथ्य सुधारका लागि लाग्ने बताए । न्यौपानेले आधारभुत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न भूमीकाबाट समृद्ध नेपाल निर्माणमा टेवा दिने प्रतिवद्धता जनाए ।

सुरुमा सरकारले जिल्ला स्वास्थ्य कार्यलय खारेज गरेपनि पछि सरकारले कार्यलय यथावत राख्ने निर्णय गरेको थियो । यद्यपि समायोजन लगायतका विवादका कारण सबै जिल्लामा स्वास्थ्य कार्यलयहरु प्रभावकारी भइसकेका छैनन् ।

कार्यक्रममा प्रदेशसभा सदस्यहरु राजेन्द्रमान श्रेष्ठ, शशीजंग थापा, सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीलगायतले कार्यलयको स्थापनाले पछिल्ला दिनमा स्वास्थ्य सेवा प्रभावमा रहेको ग्यापलाई चिर्ने विश्वास व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय