अपनाउनुहोस् यी ५ युक्ति, हृदयाघातबाट मुक्ति

हृदयाघात यस्तो स्थिति हो, जसमा मुटुले शरीरका लागि आवश्यक रगत पर्याप्त मात्रामा आपूर्ति गर्न सक्दैन । रगतको आपूर्तिको कमीका कारण शरीरका विभिन्न अंगले ठिकसित काम गर्न पाउँदैनन् । यसले मुटुका मांसपेशीहरू कमजोर भएको र रगतको पम्प गर्ने प्रक्रिया सुस्त भएको संकेत दिन्छ, जसले भविष्यमा गम्भीर जटिलताहरू निम्तिन सक्छन् ।
हृदयाघातका लक्षण
– श्वासको कमी
– थकान र कमजोरी
– मुटुको धडकनमा अनियमितता
– अचानक वजन बढ्नु
– भोकमा कमी
– पेट फुल्नु
– ध्यान केन्द्रित गर्नमा कठिनाइ
– छातीमा दुखाइ
– खुट्ट फुल्नु

हृदयाघातबाट कसरी बच्ने ?
तपाईंको जीवनशैलीले तपाईंको मुटुको विफलताको जोखिमलाई प्रभावित गर्न सक्छ । एक गतिहीन जीवनशैलीले निश्चित रूपमा मुटुको विफलताको सम्भावनालाई बढाउन सक्छ । तपाईंले त्यस्ता बानीलाई विकसित गर्नु जरुरी छ, जसले यो सुनिश्चित गरून् कि तपाईंको मुटुले सही तरिकाले पम्प गरिरहेको छ । एक स्वस्थ जीवनशैलीले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यहाँ मुटुलाई स्वस्थ राख्ने केही टिप्स दिइनेछन्, हृदयाघातका विभिन्न लक्षणबाट तपाईंलाई बचाउन सक्नेछन् ।

१. मुटुका असहज स्थितिको तुरुन्त उपचार गराउनुहोस्
यदि तपाईंमा मुटुसम्बन्धी कुनै असामान्य स्थितिहरू छन् भने तिनीहरूलाई जतिसक्यो छिटो उपचार गराउनुपर्छ, किनकि, यस्ता स्थितिले मुटुको विफलतालाई बढाउन सक्छन् । तपाईंले रक्तचापलाई सधैँ नियन्त्रणमा राख्नु र कोलेस्टेरोलको स्तर कम गर्नु जरुरी छ । तपाईंले आफूमा औषधिप्रतिको निर्भरता कम गर्नु जरुरी छ । यदि तपाईंलाई हृदयाघातको कुनै पनि लक्षणको अनुभव भएको छ भने तुरुन्त चिकित्सकसँग परामर्श गर्नुहोस्, किनकि, यस्ता लक्षणले कुनै पनि वेला हृदयाघात निम्त्याउन सक्छन् ।

२. सही खाद्यवस्तुको चयन गर्नुहोस्
हृदयाघातको विकास र जोखिमलाई कम गर्न तपाईंले आफ्नो आहारमा स्वस्थकर फलफूललाई समावेश गर्नु अवश्यक छ, जुन मुटुका लागि उत्तम होऊन् । यसका साथै चिल्लोपदार्थ, अतिरिक्त चिनी र नुनको सेवनलाई सीमित गर्नुहोस् । ताजा सागपात तथा तरकारी र फलफूललाई चुन्नुहोस् । मुटुलाई स्वस्थ राख्न केही खाद्यवस्तुलाई आफ्नो नियमित आहारमा सामेल गर्न सक्नुहुन्छ, जस्तै, हरियो पत्ता हुने तरकारीहरू, होलग्रेन, जामुन, बदाम, बिउजन्य खाद्यान्न, थोरै मात्रामा डार्क चकलेट ।

३. धूमपान नगर्नुहोस्
धूमपान मुटुरोगको जोखिमका लागि प्रमुख कारकमध्ये एक हो । निकोटिनको सेवनले रक्तप्रवाहिकाहरूलाई संकुचित गर्छ, जसका कारण मुटु कठोर हुन पुग्छ । कार्बनमोनोअक्साइडले रगतमा अक्सिजनको मात्रालाई घटाउँछ र रक्तप्रवाहिकाहरूलाई नोक्सान पुर्याउँछ । तसर्थ, आफ्नो मुटुलाई स्वस्थ राख्नु छ भने तपाईंले धूमपानको लत छुटाउने कोसिस गर्नुपर्छ ।

४. धेरैबेरसम्म नबस्नुहोस्
तपाईंको बसेर गर्ने कामले तपाईंलाई दिनभरका लागि बसाइदिन्छ । यतिसम्म कि, तपाईंसित नियमित व्यायामका लागि पनि पर्याप्त समय हुँदैन । जब तपाईं लामो समयसम्म, तपाईंमा मुटुरोग हुने सम्भावना अधिक हुन्छ । त्यसैले, तपाईंले आफ्नो बस्ने समयलाई कम यथासम्भव कम गर्नुपर्ने हुन्छ । आफ्नो कार्यालयमा या त दिउँसोको भोजनपछि घुम्ने कोसिस गर्नुहोस् । यसका अलावा आफ्नो व्यस्त कार्यक्रम–तालिकाबाट केही समय निकालेर व्यायाम गर्ने कोसिस गर्नुहोस् ।

५. वजनलाई बढ्नबाट रोक्नुहोस्
यदि तपाईंको वजन शरीरको बनोटअनुसार अधिक छ भने त्यसलाई घटाउनुहोस् । मोटोपनले तपाईंमा मुटुरोगको खतरा बढाउँछ । यसले तपाईंको रक्तचाप पनि बढाउन सक्छ, जुन तपाईंको मुटुस्वास्थ्यका लागि अत्यन्त खराब छ । वजन सन्तुलनमा राख्नका लागि आफूलाई शारीरिक गतिविधिमा अधिक सामेल गराउनुहोस् ।

एउटा स्वस्थ मुटुका लागि तपाईंमा साना–साना परिवर्तनको आवश्यकता पर्दछ । तपाईंको मुटुस्वास्थ्यलाई सुनिश्चित गर्न मात्र जीवनशैलीमा सामान्यखाले परिवर्तन पर्याप्त हुन्छन् । आफूलाई औषधिमा अधिक निर्भर नगराउनुहोस्, मात्र उल्लेखित स्वस्थ बानीलाई अपनाउनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय