पुराना सूची कार्यान्वयन हुन नसकिरहँदा स्वास्थ्यका विभिन्न तहका प्राविधिक कर्मचारीको समायोजन सूची सार्वजनिक

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा अन्तर्गतका सातौं र छैटौं तहका अधिकृतस्तरका र पाँचौं तहका सहायकस्तरका प्राविधिकतर्फका कर्मचारीहरूको समायोज सूची शुक्रबार सार्वनिक गरेको छ ।

सामान्यले ९ वैशाख ०७६ को निर्णयानुसार अधिकृतस्तरका र सहायकस्तरका स्वास्थ्यशिक्षा टेक्निसियनको समायोजन सूची सार्वजनिक गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो समायोजन सूचीमा स्वास्थ्यसेवा समूहअन्तर्गतका स्वास्थ्यशिक्षा टेक्निसियन, वरिष्ठ स्वास्थ्यशिक्षा टेक्निसियन निरीक्षक, स्वास्थ्यशिक्षा प्रशिक्षक र स्वास्थ्यशिक्षा अधिकृत छन् ।

सूचीमा अधिकस्तरका सातौँ तहका ९ र छैटौँ तहका २ जना तथा सहायस्तरका २ जना गरी जम्मा १३ जना छन् । तीमध्ये १२ जना प्रदेशमा र एकजना संघमा समायोजन भएका छन् । सामान्यले यसअघि नै स्वास्थ्यका अन्य सेवा, समूह तथा तहका करिब २७ हजार कर्मचारीको समायोजन सूची सार्वजनिक गरिसकेको छ ।

समान्यले सार्वजनिक गरेको समायोजन सूची व्यापक त्रुटिपूर्ण, र अव्यावहारिक रहेको र विनाअध्ययन हचुवाका भरमा ल्याइएको भन्दै स्वास्थ्यका विभिन्न तहका कर्मचारीले असन्तुष्टि जनाउँदै आएका छन् । समायोजनप्रति व्यापक असन्तुष्टि देखिएपछि सरकारले कर्मचारीलाई गुनासो दर्ता गर्ने समय दिएकोमा झन्डै आधा कर्मचारीले गुनासो दर्ता गराएका छन् । यद्यपि, सरकारले त्रुटि देखिएका अत्यन्त कम कर्मचारीको मात्र गुनासो सम्बोधन हुने संकेत दिइसकेको छ ।

यसअघिको समायोजन सूचीमा १३ वर्षअघि मृत्यु भइसकेका कर्मचारीलाईसमेत काममा खटाएको पाइएपछि समायोजनप्रति कर्मचारीको असन्तुष्टि थप चुलिएको छ । स्वास्थ्यका अधिकांश कर्मचारी तथा चिकित्सकका संगठनले सरकारलाई समायोजनमा भएका त्रुटिहरू औँल्याउँदै सच्याउन सरकारलाई सुझाब दिइसकेको अवस्था छ । समग्रमा संघीयता कार्यान्वयनको महत्वपूर्ण कडीका रूपमा रहेको कर्मचारी समायोजन सरकारका लागि नेता चित्रबहादुर केसीले भनेजस्तै गलपासो बन्दै गएको छ । समयमै यसमा देखिएका गम्भीर त्रुटिको विशेषज्ञमार्फत अध्ययन गराई वैज्ञानिक रूपमा संशोधन गर्न नसकिएमा डोरी झन् कसिँदै जाने निश्चित छ ।

 

हेरौँ सूची

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय