समायोजनले वीरको पिएफटीसेवा बन्द हुने अवस्थामा, कर्मचारी फर्काइदिन अस्पतालको माग

कर्मचारी समायोजनका कारण मुलुककै ठूलो र पुरानो केन्द्रीय अस्पताल वीरको पिएफटीसेवा बन्द हुने अवस्थामा पुगेको छ । केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्वास्थ्यका कर्मचारीको समायोजन सूचीमा वीर अस्पतालको पिएफटी ल्याबमा कार्यरत दुई कर्मचारीको अन्यत्रै समायोजन गरिएपछि अस्पतालमा सेवा बन्द हुने अवस्था आइपुगेको हो ।

अस्पतालले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै दक्ष जनशक्तिको अभावमा अत्यावश्यक सेवा नै बन्द हुने अवस्थामा पुगेका कारण वश्यक कर्मचारीलाई संघमा समायोजन गर्न माग गरेको छ । पिएफटी ल्याबमा श्वास–प्रश्वाससम्बन्धी परीक्षण गरिन्छ ।

वीरको पिएफटी ल्याबमा सिनियर असिस्टेन्ट हेल्थ वर्कर (सिअहेव) पदमा कार्यरत युवराज सुवेदी र जीवनकुमार श्रेष्ठलाई सामान्यले तल्ला निकायमा समायोजन गरेको थियो । नयाँ जनशक्ति उत्पादन गर्न १ वर्ष समय लाग्ने हुँदा अस्पतालको सेवा बन्द हुने अवस्था आएपछि कार्यरत कर्मचारीलाई संघमातहत नै राख्न अस्पताल प्रशासनले मन्त्रालयसमक्ष अनुरोध गरेको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए ।

पिएफटी ल्याबमा कार्यरत ती कर्मचारीलाई दक्ष बनाउन अस्पतालले आफ्नै खर्चमा वैदेशिक तालिमसमेत उपलब्ध गराएको थियो । आफूले समय र पैसाको लगानीबाट तयार पारेको जनशक्तिलाई अन्यत्र समायोजन गरिएपछि वीर सेवा नै बन्द हुने अवस्थामा पुगेको हो ।

अस्पताल प्रशासनका अनुसार समायोजनमा परेका दुई कर्मचारीबाहेक वीरमा पिएफटी ल्याब सञ्चालनका लागि दक्ष जनशक्ति उपलब्ध छैन । पिएफटी ल्याबमा कार्यरत ती कर्मचारीलाई दक्ष बनाउन अस्पतालले आफ्नै खर्चमा वैदेशिक तालिमसमेत उपलब्ध गराएको थियो । आफूले समय र पैसाको लगानीबाट तयार पारेको जनशक्तिलाई अन्यत्र समायोजन गरिएपछि वीर सेवा नै बन्द हुने अवस्थामा पुगेको हो ।

अस्पतालले मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, ‘पिएफटी ल्याब सञ्चालन गर्न आवश्यक अन्य कुनै पनि जनशक्ति अस्पतालमा उपलब्ध नभएको, अस्पतालले आफ्नो खर्चमा निजलाई वैदेशिक तालिम उपलब्ध गराएको र निजहरूको अनुपस्थितमा पिएफटी ल्याबजस्तो अत्यावश्यक सेवा नै बन्द हुने भएकाले निजलाई संघमा समायोजन गरी वीर अस्पतालमा पदस्थापन गरिदिनुहुन सिफारिससाथ अनुरोध छ ।’

सरकारले पुनःसंरचित संगठन संरचनाको निर्माण र त्यसअनुसार कर्मचारीको समायोजन दुवै काम पर्याप्त अध्ययनविना गरेको समायोजनमा देखिएका अनगिन्ती त्रुटिहरूले पुष्टि गरिसकेका छन् । कतै १३ वर्षअघि नै मृत्यु भइसकेका कर्मचारीको समायोजन गरिएको छ त कतै स्वास्थ्यसंस्थाका विभाग वा ल्याब नै खाली हुने गरी कर्मचारी सरुवा गरिएको छ । व्यक्तिगत रूपमै भन्ने हो भने समायोजनमा परेकामध्ये आधाभन्दा बढी कर्मचारीले समायोजनमा आफू अन्यायमा परेको भन्दै मन्त्रालयमा गुनासो दर्ता गराइसकेका छन् । यस्तोमा समायोजन कार्यान्वयन हुनेमै शंका उब्जिन थालेको छ । संघीयता कार्यान्वयनको मूल कडीका रूपमा लिइएको कर्मचारी समायोजनको मूल विषयमा यसकिसिमको लापरबाहीले स्वास्थ्यमा झन् अन्योल थपेको छ । सरकारले राजनीतिक आस्था वा कुनै पनि किसिमको प्रलोभनबाट माथि उठी विशेषज्ञबाट पर्याप्त अध्ययन गराई समायोजनलाई आमूल रूपमा सच्याउनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय