अन्तराष्ट्रिय मिर्गौला संगठनको उपाध्यक्षमा नेपाली चिकित्सक डा. दिव्या सिंह शाह निर्वाचित

हेल्थपोस्ट
प्रकाशित
२०७६ वैशाख ९ गते ९:३९

बरिष्ठ मिर्गौला रोग विशेषज्ञ एवं त्रिवि शिक्षण अस्पतालकी मिर्गौला तथा प्रत्यारोपण विभाग प्रमुख डा. दिव्या सिंह शाह अन्तराष्ट्रिय मिर्गौला संगठन (आइएसएन) को दक्षीण एसिया उपाध्यक्ष र काउन्सिल सदस्यमा निर्वाचित भएकी छिन् ।

संसारभरका मिगौलारोग विशेषज्ञहरुको संस्था इन्टरनेशनल सोसाइटी अफ नेफ्रोलोजी (आइएसए)का संसारभर छरिएका विशेषज्ञ सदस्यबाट मतदान प्रक्रियाका आधारमा शाह निर्वाचित भएकी हुन् । उनीसँग प्रतिस्पर्धामा पाकिस्तान र वंगलादेशका चिकित्सक थिए । निर्वाचन परिणामको घोषणसहित पदवहाली एक साताअघि अष्ट्रेलियाको मेलवर्नमा सम्पन्न ओल्ड कंग्रेस अफ नेफ्रोलोजीमा गरिएको थियो ।

दुई वर्षको कार्यकाल रहने पदका लागि सम्बन्धित देशमा योगदानका आधारमा दश वटा रिजनबाट मनोनयन भएर इलेक्टोनिक भोटिङमार्फत् निर्वाचित हुन्छ । निर्वाचित सदस्य चार वर्षका लागि काउन्सिल मेम्बर पनि हुन्छ । काउन्सिल आइएसएनको कोर टिम हो । नेपालमा पहिलोपटक सफल मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका डा. शाहले भारतबाट एमबिबिएस र एमडी र अष्ट्रेलियाबाट प्रत्यारोपणमा सुपरस्पेसलाइजेसन फेलोसिप पूरा गरेकी थिइन् । डा. शाह प्रधानमन्त्री केपी ओलीकी फिजिसियान समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय