अस्पतालमै झुन्डिएको अवस्थामा मृत भेटिइन् नर्स

हेल्थपोस्ट
प्रकाशित
२०७६ वैशाख ८ गते १६:५५

जनकपुरस्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा कार्यरत नर्स अस्पतालको शौचालयमा पालो लगाएर झुन्डिएको अवस्थामा भेटिएको छ । महोत्तरीको गौशाला नगरपालिका रामनगरकी रक्षा आले अस्पतालको पहिलो तलामा रहेको शौचालयमा मृत भेटिएकी हुन् । अस्पताल स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको हो ।
जिल्ला प्रहरी कार्यलय धनुषाका अनुसार मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि जनकपुर अस्पतालमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय