वीरमा मुटुसेवा सबैभन्दा चुत्थो, क्याथल्याबविहीन नाम मात्रको मुटुरोग विभाग, खै त विपन्नको विकल्प ?

मुलुककै जेठो, ठूलो र जनसामान्यको पहुँचको अस्पताल वीरमा मुटुरोग विभाग स्थापना भएको ४ दशक बितिसकेको छ । तर, अस्पतालमा मुटु विभागको सेवाप्रवाह राम्रो हुन नसक्दा हजारौँ बिरामी अन्य अस्पतालमा जान बाध्य छन् ।

हरेक दिन मुटुरोग विभागमा ओपिडी सेवाका लागि सरदरमा ६० जना बिरामी आउने गरेको अस्पतालको तथ्यांकले देखाएको छ । तर, अस्पतालमा मुटु विभागका लागि आवश्यक उपकरण नहँुदा बिरामीले उपयुक्त सेवा पाउन सकेका छैनन् । मुटुरोगका बिरामीका लागि अति आवश्यक क्लाथल्याब नहुँदा एन्जिओग्राफी, एन्जिओप्लास्टीलगायत सेवा अस्पतालले दिन सकेको छैन । त्यसैगरी, जटिलखालको मुटुको अप्रेसन अस्पतालमा हुन सकेको छैन । यसले गर्दा ओपिडीसेवाका लागि आएकामध्ये करिब एकतिहाइ बिरामी उपचार सेवा नपाएर अन्यत्र अन्यत्र जान विवश छन् ।

वीरको मुटुरोग विभागको सेवा प्रभावकारी बनाउन सरोकारवाला पक्षले चासो नदेखाएको वीरका मुटुरोग विशेषज्ञहरुको भनाइ छ । वीरका मुटुरोग विशेषज्ञ डा. हरिहर खनाल भन्छन्, ‘अस्पतालमा मुटुरोगीको उपचारका लागि उपकरण नहुँदा यहाँ आएका बिरामीलाई अन्यन्त्र पठाउन बाध्य छौँ ।’

समाजको अन्तिम वर्गको समेत पहुँच रहेको मानिने देशकै प्रमुख उपचार केन्द्र वीरको मुटु विभाग सरकारी उपेक्षामा पर्दा हजारौँ सर्वसाधारण उपचारबाट वञ्चित छन्

वीरले मुटुरोगमा ओपिडीसेवा तथा मुटुको भिडियो, इको, इसिजी, हल्टरलगायत साधारण सेवा मात्र प्रदान गर्दै आएको छ । वीरमा मुटुरोगको उपचारका लागि टाढादेखि ठूलो आशा लिएर सर्वसाधारण बिरामी आउने गरेका छन् । तर, अस्पतालले उपचारसेवा दिन नसक्दा बिरामी मर्काका पर्दै आएका छन् ।

मुटुको जटिलकिसिमको रोगको उपचार गर्नुपरेमा वीरमा आएका बिरामीलाई गंगालाल हृदय केन्द्रमा रेफर गर्दै आएको डा. खनाल बताउँछन् ।
‘गंगालाल स्थापना भएपछि सरकारले मुटुरोगका लागि सबै बजेट गंगालालमै विनियोजन गर्दै आएको छ,’ प्रमुख मुटुविशेषज्ञ डा. प्रकाशराज रेक्मी भन्छन्, ‘वीरमा भन्दा मुटुरोगको उपचारका लागि सरकारले गंगालालमै सेवा केन्द्रित गर्ने नीति लिएको छ ।’

डा. रेक्मीका अनुसार वीरमा मुटु विभागको सेवा सीमित मात्र छ, यसलाई बढाउनका लागि न सरकारले सोचेको छ, न त अस्पताल प्रशासनले नै । अस्पतालमा मुटुका बिरामी राख्नका लागि सिसियू बेड छुट्याइएको छैन । अस्पतालमै अचानक कुनै मानिसलाई हृदयाघात भयो भने पनि राख्नका लागि बेड उपलब्ध छैन ।
न सरकारले र न अस्पताल प्रशासनले नै मुटु विभागका लागि कुनै उपकरण व्यवस्था गरिदिएका कारण बिरामीलाई सेवा–सुविधा दिन नसक्दा स्वयम् आफू नै सन्तुष्टका कारण आफूले सेवाबाटै राजीनामा दिएको डा. रेग्मी बताउँछन् ।

‘२ वर्षअघि आएको सिहामको सहयोगले क्याथल्याबका काम चलाएका थियौँ, जसबाट ४० वटा जति एन्जिओग्राफी भए । तर, फुलफुेजको क्याथल्याब नभई एन्जिओग्राफी गर्न सकिएन,’ डा. खनाल भन्छन्, ‘राम्रोखालको क्याथल्याब उपकरणले मुटुका सबै जाँच आफैँ गर्ने गर्छ ।

वीरको मुटु विभागमा हाल मुटुविशेषज्ञ डा. रामकिशोर शाह, डा. हरिहर खनाल, डा. प्रभा चापागाईं कार्यरत छन् भने डा. प्रकाशराज रेग्मीले केही समयअघि राजीनामा दिएका छन् ।

वीरलाई २ वर्षअघि जाइका संस्थाले सामान्यखालको सिहाम दिएको थियो । त्यसलाई क्याथल्याब मानेर केही एन्जिओग्राफीको काम पनि भयो । तर, त्यसले निरन्तरता पाउन भने सकेन । अस्पतालले क्याथल्याबका लागि चाहिने उपकरण उपलब्ध नगराउँदा क्लाथल्याब प्रयोगमा आउन नसकेको मुटु विशेषज्ञहरुको गुनासो छ ।

‘वीरको क्लाथल्याब सञ्चालनमा आएमा ६ हजार शुल्कमा एन्जिओग्राफी हुने थियो, तर मुटुका बिरामीले यो सेवाका लागि अन्य अस्पतालमा २० हजारभन्दा बढी तिर्नुपरिरहेको गुनासो गर्छन्,’ मुटुरोग विशेषज्ञ डा. हरिहर खनाल बताउँछन् ।

‘२ वर्षअघि आएको सिहामको सहयोगले क्याथल्याबका काम चलाएका थियौँ, जसबाट ४० वटा जति एन्जिओग्राफी भए । तर, फुलफुेजको क्याथल्याब नभई एन्जिओग्राफी गर्न सकिएन,’ डा. खनाल भन्छन्, ‘राम्रोखालको क्याथल्याब उपकरणले मुटुका सबै जाँच आफैँ गर्ने गर्छ । तर, हामीसँग भएको सिहामको प्रयोगमा यन्त्रको सहायताले डाक्टर आफैँले काम गर्नुपर्ने भयो । त्यसकारण पनि अहिले मुटु विभागले सिहामको प्रयोग गरेको छैन । अहिले लिभर, रेडियोलोजी विभागले सिहामको प्रयोग गरिरहेको छ ।’

गंगालाल, नर्भिक अस्पताल, मेटिसिटी अस्पतालमा अध्याधुनिककिसिमका क्लाथल्याब सञ्चालनमा छन् । जाइकाको सहयोगबाट निर्माण हुँदै गरेको भवन सम्पन्न भएपछि मुटुका बिरामीका लागि छुट्टै शय्या र क्लाथल्याब, मुटुको अप्रेसनकक्ष, सिसियू बेडको व्यवस्था गरिने र त्यसपछि मात्र मुटुको बिरामीले वीरबाट सर्वसुलभ उपचार पाउने आशा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय