नर्भिक तीन वर्षभित्र २५० शैयाको अस्पताल बन्ने, थप २ सय करोड लगानीको घोषणा

२६ वर्षअघि स्थापना भएको निजी क्षेत्रको प्रतिष्ठित अस्पताल नर्भिकले आगामी तीन वर्षभित्र २ सय करोडको थप लगानीसहित २५० शैयाको अस्पताल बन्ने भएको भएको छ । २६औँ वार्षिक उत्सवको अवसर पारेर अस्पतालमा आयोजित कार्यक्रममा अध्यक्ष वसन्त चौधरीले यस्तो घोषणा गरेका हुन् । २६ वर्षअघि करिब ५० जना कर्मचारी र २५ शैयायुक्त नर्सिङ्ग होमबाट सुरु भएको अस्पतालमा हाल ९०० चिकित्सक एवं गैर चिकित्सक कार्यरत छन् ।

हाल १५० शैयाको अस्पताल सन् २०२२ सम्म २५० शैयासहित अति विशिष्ट अस्पताल बन्ने चौधरीले घोषणा गरे । २६औं वार्षिकोत्सवका औपचारिक समारोहपूर्व चौधरीले नर्भिकमा नव स्थापित रक्तसञ्चार केन्द्र (ब्लड बैंक) को समुद्घाटन गरेका थिए ।

उक्त केन्द्रको व्यवस्थापन पश्चात् अस्पतालमा आउका बिरामीलगायत अन्य सर्वसाधारणलाई आवश्यकतापर्ने रगतको भण्डारण अस्पतालसँगै हुनेछ ।
केन्द्रमा क्रस म्याच लगायतका सेवाहरु छिटो, छरितो र विश्वसनीय हुने तथा आकस्मिक समयमा विरामीको बहुमूल्य समय बचाउँदै ज्यान बचाउन समेत मद्दत पुग्ने चौधरीले बताए ।

सो अवसरमा मुटुरोग उपचारमा नर्भिकले राष्ट्रमै सर्वप्रथम इन्टरभेनसन प्रविधि भित्र्याई अग्रणी हुने श्रेय पाएको जानकारी दिइयो । त्यसरी नै पाचन प्रणाली उपचारमा अत्यावश्यक इन्टरभेनसन प्रविधि भित्र्याउने नर्भिक राष्ट्रकै पहिलो हस्पिटल रहेको इ.आर.सी.सी. इण्डोस्कोपिक अल्ट्रासाउण्ड, इन्टेरेस्कोपी जस्ता प्रविधि भित्र्याउनेमा राष्ट्रकै पहिलो रहेको दावी घिमिरेले गरे ।

कार्यक्रममा हस्पिटलका लब्ध प्रतिष्ठित चिकित्सकहरुमध्ये अमेरिकन बोर्ड सर्टिफाइड स्नायु चिकित्सक तथा स्नायुरोग विभागीय प्रमुख डा. पङ्कज जलानले अस्पतालले उचाई लिँदैगर्दा चुनौति पनि आइपर्ने र त्यस्ता सबै चुनौतिहरुको सामना गर्न नर्भिक सक्षम रहेको बताए ।

नर्भिकको पाचन प्रणाली उपचार केन्द्र तथा ग्याष्ट्रोइन्टेरोलोजी विभागीय प्रमुख बरिष्ठ चिकित्सक डा. मधु घिमिरेले नर्भिकले नेपाली चिकित्सा फाँटलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन महत्वपूर्ण काम गरेको दावी गरे ।

सो अवसरमा मुटुरोग उपचारमा नर्भिकले राष्ट्रमै सर्वप्रथम इन्टरभेनसन प्रविधि भित्र्याई अग्रणी हुने श्रेय पाएको जानकारी दिइयो । त्यसरी नै पाचन प्रणाली उपचारमा अत्यावश्यक इन्टरभेनसन प्रविधि भित्र्याउने नर्भिक राष्ट्रकै पहिलो हस्पिटल रहेको इ.आर.सी.सी. इण्डोस्कोपिक अल्ट्रासाउण्ड, इन्टेरेस्कोपी जस्ता प्रविधि भित्र्याउनेमा राष्ट्रकै पहिलो रहेको दावी घिमिरेले गरे ।

सो अवसरमा बोल्दै नर्भिककी प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख प्रा.डा. अचला बैद्यले विगत १४ बर्षमा नर्भिकमा प्रसूति तथा स्त्रीरोग उपचारमा अन्तर्राष्ट्रियस्तर कायम गर्न सकेको भन्दै सब–फर्टिलिटी, फिटल मनिटरिङ्ग, मेनोपाउज जता विषय विशेषज्ञ उपचार सेवा दिंदै हाल प्रिभेन्टिभ अन्कोलोजी र विशेष परामर्श (काउन्सेलिङ्ग) युनिट मार्पmत् सेवा सुरु गरेको बताइन् ।

समारोहमा बरिष्ठ छाती तथा श्वास–प्रश्वास रोग विशेषज्ञ प्रा.डा. रमेश चोखानी, बरिष्ठ मुटुरोग विशेषज्ञ (इन्टरभेन्सनल कार्डियोलोजिष्ट) तथा मुटुरोग विभागीय प्रमुख प्रा.डा. यादवदेव भट्ट, बरिष्ठ हाड–जोर्नी विशेष तथा हाड–जोर्नी विभागीय प्रमुख डा. प्रविन नेपालले पनि अस्पतालले विधागत विशिष्ठताको विकास गरेको जानकारी दिए ।

नर्भिकले सन् १९९३ मा सेवा सुरुवात गरेको थियो । २६औ. वार्षिकोत्सवको अवसर पारेर अस्पतालले दुई सातादेखि विभिन्न कार्यक्रम गर्दै आएको थियो ।कार्यक्रममा हस्पिटलका दीर्घसेवी कर्मचारीहरु र उत्कृष्ट विभागीय कर्मचारीहरु पुरस्कृत र सम्मानीत भएका थिए । दुईसातादेखि जारी विभिन्न अतिरिक्त क्रियाकलापका विजेतालाईसमेत पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय