देशभर ८८ लाख बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै, पहिलोपटक स्थानीय सरकारलाई जिम्मेवारी

हेल्थपोस्ट
प्रकाशित
२०७६ वैशाख ६ गते १७:४२

सरकारले शुक्रबार र शनिबार  देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरेको छ । वैशाख  ६ र ७ गते  भिटामिन ‘ए’ खुवाउने कार्यक्रमको  ७ सय ५३ वटा स्थानीय तहले जिम्मेवारी पाएका छन् । देशभरबाट ८८ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन लागेको परिवार कल्याण महाशाखाका निर्देशक डा. आरपी बिच्छाले बताए  ।

६ महिनादेखि ५९ महिना सम्मका  बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको डा.बिच्छाले जानकारी दिए । साथै, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका  जिल्लाका ५ वर्षमुनिका बालबालिकालाई पोषणस्थित लेखाजोखा र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई सुक्ष्म पोषणतत्व बालभिटा वितरण कार्यक्रम रहेको छ ।

भिटामिन ‘ए’ खुवाउनको लागि ५३ हजार महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको छ भने, २० हजार केन्द्रबाट भिटामिन ‘ए’ तथा जुकाको औषधिको खुवाइदै छ ।   डा.बिच्छाका अनुसार देशभर शुक्रबार  सफलतापूर्वक भिटामिन ‘ए’ खुवाइएको छ । शनिबार छुटेका बालबालिकालाई घर–घरमा गएर भिटामिन ‘ए’ खुवाइने कार्यक्रम रहेको छ ।

यसअघि जिल्ला स्वास्थ्य र जिल्ला जनस्वास्थ्य कार्यालयले आफ्ना जिल्लामा कार्यक्रम संचालन गर्ने गर्थे, संघीयतापछि देशभरका ७ सय ५३ स्थानीय तहले यो कार्यक्रम गर्ने जिम्मेवारी पाएका छन्  । भिटामिन  ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकास मा असर, रतन्धो, कुपोषण, दीर्घरोग,रोग प्रति लड्ने क्षमतामा कमि जस्ता समस्या हुन्छछन् ।

One thought on “देशभर ८८ लाख बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै, पहिलोपटक स्थानीय सरकारलाई जिम्मेवारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय