२१औँ शताब्दीमा एन्टिबायोटिक रेसिस्टेन्सले महामारी, कसरी बच्ने ?

जीवाणुले एन्टिबायोटिक्सको प्रतिरोध गर्छ, त्यस्तो अवस्थालाई ‘एन्टिबायोटिक्स रेसिस्टेन्स’ भनिन्छ । यस्तो अवस्थामा संक्रमित व्यक्तिमा औषधि (एन्टिबायोटिक)ले काम गर्न छोड्छ ।पछिल्लो दशकमा संसारभर जीवाणु प्रतिरोधको अवस्थामा वृद्धि भएको पाइन्छ । ब्याक्टेरियल रेसिस्टेन्स कुनै पनि एन्टिबायोटिक्स प्रयोगले हुन सक्छ । यसको अति प्रयोगले मल्टिरेसिस्टेन्स बढ्न सक्छ, जसले थप समस्या निम्त्याउँछ ।

विकासोन्मुख देशमा अझै पनि संक्रमणले मृत्यु हुनेको संख्या बढ्दो छ । यकिन तथ्यांक नभए पनि पछिल्लो समय नेपालमा एन्टिबायोटिक्सप्रतिरोध भएर मृत्यु हुने संख्यामा वृद्धि आएको छ ।
रोगनियन्त्रण तथा रोकथाम केन्द्रले एन्टिबायोटिक प्रतिरोधसम्बन्धी रिपोर्ट निकालेको छ । एन्टिबायोटिक प्रतिरोधका कारण संक्रमणको परिणामस्वरूप अमेरिकामा मात्र २० लाख व्यक्ति बिरामी पर्छन् । त्यसमध्ये २३ हजारले ज्यान गुमाउँछन् ।

विश्व स्वास्थ्य संगठनले १ सय १४ देशको तथ्यांकका आधारमा यस विषयमा सर्वेक्षण प्रकाशित गरेको छ । उक्त सर्वेक्षणअनुसार मुख्य रूपमा ७ वटा ब्याक्टेरिया सामान्य संक्रमण (जस्तैः डायरिया, निमोनिया, सेप्सिस, गोनोरिया)का लागि जिम्मेवार छन् ।

विश्व स्वास्थ्य संगठनले १ सय १४ देशको तथ्यांकका आधारमा यस विषयमा सर्वेक्षण प्रकाशित गरेको छ । उक्त सर्वेक्षणअनुसार मुख्य रूपमा ७ वटा ब्याक्टेरिया सामान्य संक्रमण (जस्तैः डायरिया, निमोनिया, सेप्सिस, गोनोरिया)का लागि जिम्मेवार छन् । रिपोर्टअनुसार एन्टिबायोटिक्स रेसिस्टेन्स विश्वका कैयौँ ठाउँमा चेतावनीको स्तरसम्म पुगिसकेको छ । नेपाल पब्लिक हेल्थ फाउन्डेसनले जनचेतनामूलक कार्यक्रम तथा नीति–निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ ।
नेपालमा डाक्टरको स्वकृतिविना औषधि पसलले जथाभावी एन्टिबायोटिक्स बेचिरहेको अवस्था छ । विभिन्न प्रकारका नक्कली डाक्टरमार्फत यसको अत्यधिक प्रयोग भइरहेको छ । यसले गर्दा जनस्वास्थ्यमा गम्भीर समस्या निम्त्याएको छ । नियामक निकायको यतातिर ध्यान गएको देखिन्न ।

कसरी बच्ने ?
१) एन्टिबायोटिकप्रतिरोधबाट बच्न मुख्यतः संक्रमण नै रोक्नुपर्छ ।
२) रुघाखोकी, ज्वरो, फ्लु आदिमा एन्टिबायोटिक्स प्रयोग गर्नुहुँदैन । बरु पर्याप्त पानी पिएर आराम गर्नुपर्छ ।
३) नियमित रूपमा हात सफा गर्ने बानी बसाल्नुपर्छ ।
४) डाक्टरको स्वीकृति र सल्लाहमा मात्र एन्टिबायोटिक्स प्रयोग गर्नुपर्छ । एन्टिबायोटिक्सलाई जहिले पनि अन्तिम विकल्पका रूपमा मात्र लिनुपर्छ ।
५) एन्टिबायोटिक्सको खुराक र अवधि नबिराई पूरा गर्नुपर्छ । औषधि खाएको केही दिनमा निको भए पनि मात्रा नसकिउन्जेल खाइराख्नुपर्छ ।
६) आफ्ना बालबालिकालाई लगाउनुपर्ने सबै खोप लगाइएको छ वा छैन सुनिश्चित गर्नुपर्छ ।
७) श्वास–प्रश्वाससम्बन्धी कुनै समस्या भए मास्क लगाउनुपर्छ । खोक्दा रुमालले मुख थुन्नुपर्छ ।
८) संक्रमण हुन नदिन घाउलाई खुला राख्नुहुँदैन ।
९) संक्रमणको लक्षण देखिएका बच्चाहरूलाई अरू बच्चाबाट टाढै राख्नुपर्छ ।
१०) अधिकांश खाद्य उत्पादकमा एन्टिबायोटिक्सको प्रयोग गरिएको हुन्छ । जस्तै, चाँडै बढ्ने र वजन धेरै हुने भएकाले कुखुरामा एन्टिबायोटिक्स पनि प्रयोग गरिएको हुन सक्छ, त्यसबाट बच्नुपर्छ ।
११) राम्रोसँग पकाएको तथा उमालेको खाना वा झोलिलो खानेकुरा बढी खानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय