प्रयोगमा आउन सकेन एक्स–रे मेसिन

कृष्ण मल्ल
प्रकाशित
२०७६ वैशाख २ गते १०:४४

धुर्कोट (गुल्मी)– गुल्मीको धुर्कोट गाउँपालिका अवस्थित एकमात्र गाउँपालिकाको एक मात्र स्वास्थ्य संस्थामा रहेको एक्सरे मेशीन प्रयोगमा आउन सकेको छैन् । जनशक्तिको अभाव भएपछि एक्सरे मेशीन प्रयोगमा आउन नसकेको हो । धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा गत कार्तिक महिनामा एक्सरे मेशीन जडान भएको थियो । प्रयोगमा नआएपछि एक्सरे मेशीन कोठामा ताला लगाएर राखिएको छ ।

एक्सरे मेशीन चलाउने जनशक्ति नभएका कारण एक्सरे मेशीन संचालनमा नआएको केन्द्रका अहेब बाबुराम कुँवरले बताए । गत कार्तिक महिनामा जडान भएको थियो । तर संचालनमा छैन् उनले भने चलाउन जान्ने कर्मचारी छैनौं एक्सरे मेशीन त्यत्तिकै छ ।

धुर्कोट गाउँपालिकाका स्वास्थ्य सह संयोजक डिल्लीराज पराजुलीले एक्सरे हेर्ने चिकित्सक नभएका कारण संचालन नआएको बताए । उनका अनुसार डाक्टर आएपछि गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रकै कर्मचारीलाई तालिम दिई एक्सरे मेशीनको प्रयोग गर्ने योजना बनाएको छ ।

एक्सरे मेशीन चलाउने जनशक्ति नभएका कारण एक्सरे मेशीन संचालनमा नआएको केन्द्रका अहेब बाबुराम कुँवरले बताए । गत कार्तिक महिनामा जडान भएको थियो । तर संचालनमा छैन् उनले भने चलाउन जान्ने कर्मचारी छैनौं एक्सरे मेशीन त्यत्तिकै छ ।

प्राथमिक स्वास्थ्य केन्द्रमा रोडियो ग्राफरको दरबन्दी नभएको हुदा गाउँपालिकाले कर्मचारीको आफै व्यवस्थापन गर्न थालेको उनको भनाई छ । केन्द्रमा डाक्टर नभएपछि मन्त्रालयमा ताकेता भइरहेको र समायोजनपछि डाक्टर आउने खबर पाएको सहसंयोजक पराजुलीले बताए ।

स्वास्थ्य केन्द्रमा दरबन्दीमा रहेका एक डाक्टर कमल अधिकारी एम डि पढनका लागि गत असोज महिनादेखि बीर अस्पताल सरुवा भएका छन् । करार सेवमा रहेको डा सुरज पोख्रेल पनि कार्तिक महिनादेखि स्थायी पदमा नाम निकालेपछि धुर्कोट छाडेका छन् ।  सात वटा वडा रहेको धुर्कोट गाउँपालिकामा एक वटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ वटा स्वास्थ्य चौकी र २ वटा सामुदायिक स्वास्थ्य केन्द्र रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय