नौ दिनदेखि जारी चिकित्सक आन्दोलन आइतबारदेखि स्थगित

समायोजन गर्दा सम्पूर्ण चिकित्सकको दरवन्दी संघ अन्तर्गत राख्नुपर्ने लगायतका माग राखेर ९ दिनदेखि आकस्मिकबाहेकका सेवा ठप्प बनाएका सरकारी चिकित्सकहरु आइतबारदेखि काममा फर्किर्ने भएका छन् ।

शुक्रबारदेखि सुरु भएको सरकार र चिकित्सकबीचको वार्ताका क्रममा सरकारले माग पूरा गर्न समय मागेपछि चिकित्सकहरु आन्दोलन स्थगित गर्न सहमत भएका हुन् । विभिन्न चरणमा भएको वार्ताका क्रममा सरकारीले सम्पूर्ण चिकित्सकलाई पुल दरवन्दीमा राखेर परिचालन गर्ने र त्यसको कानूनी रुपमै प्रवन्ध गर्न १५ दिनको समय मागेपछि चिकित्सकहरु लचिलो भएका छन् ।

यद्यपि आन्दोलन स्थगनको औपचारिक घोषणा गर्नुपूर्व सरकारी चिकित्सकहरुले आइतबार १० बजे आकस्मिक भेला बोलाएका छन् । भेलामा सरकारी वार्ता टोलीले दिएको माग पूरा गर्ने आधारबारे छलफल गरेर सहमतिपछि स्थगनको घोषणा गरिने सरकारी चिकित्सक संघका एक पदाधिकारीले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका सचिवद्धय डा. पुष्पा चौधरी र चन्द्रकुमार घिमिरेसहितको मन्त्रालयको टोली, चिकित्सक संघ र सरकारी चिकित्सक संघका टोलीबीच शुक्रबार र शनिबार वार्ता भएको थियो । वार्ताका क्रममा चिकित्सकहरुले माग पुरा गरेपछि मात्रै आन्दोलन रोक्ने अडान राखेपनि सरकारी टोलीले विरामीले दुःख पाइरहेको भन्दै पहिला आन्दोलन रोकेर माग पूरा गर्ने प्रक्रिया सुरु गर्ने अडान राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय