सावधान ! एन्टिबायोटिकको जथाभावी प्रयोगले निम्तिन सक्छन् यस्ता गम्भीर समस्या

हेल्थपोस्ट
प्रकाशित
२०७५ चैत ३० गते १२:०८

तपाईं पनि यदि स्वास्थ्यसम्बन्धी सानातिना समस्याका लागि एन्टिबायोटिक प्रयोग गर्नुहुन्छ भने सावधान हुनुहोस्, किनकि, यो बानीले तपाईंको स्वास्थ्यमा विभिन्न तरिकाले नोक्सान पुर्याउन सक्छ ।

दैनिक भागदौडपूर्ण जिन्दगीमा प्रायः हामी टाउको तथा पेट दुख्ने, ज्वरो आउनेजस्ता आमसमस्यामा चिकित्सकको सल्लाहविनै जुनसुकै एन्टिबायोटिक औषधिको सेवन गर्ने गर्छौं । तर, चिकित्सकहरू आवश्यकभन्दा बढी एन्टिबायोटिकको सेवनले डायरियाजस्ता पेटसम्बन्धी गम्भीर समस्या निम्तिन सक्ने चेतावनी दिन्छन् ।
गलत एन्टिबायोटिकको सेवन पनि गम्भीर समस्या बन्न सक्छ, यदि तपाईंलाई त्यसको एलर्जी छ भने ।
कुनै पनि एन्टिबायोटिकको गलत वा आवश्यकताभन्दा अधिक प्रयोगले अनेक समस्या निम्त्याउन सक्छ । जस्तै, लामो समयसम्म इन्फेक्सन निको नहुनु । यसले एन्टिबायोटिक रेसिस्टेन्स अर्गानिजम पनि विकसित हुन सक्छ । यदि तपाईं चिकित्सकको सल्लाहविना कुनै एन्टिबायोटिक लगातार लिनुहुन्छ भने यो खतरा झनै बढ्न सक्छ ।

वर्तमानमा ‘एन्टिबायोटिक प्रतिरोधक क्षमता’ विश्वको सबैभन्दा चुनौतीपूर्ण स्वास्थ्य समस्यामध्ये एक रहेको चिकित्सकहरू बताउँछन् । तसर्थ, हामीले एन्टिबायोटिकको सही उपयोग र तिनका कामबारे धेरैभन्दा धेरै मानिसलाई सुसूचित गर्नुपर्ने आवश्यकता छ, जसले यो समस्याको निदान हुन सकोस् । हामीले एन्टिबायोटिको गलत प्रयोगको समस्यालाई गम्भीरताका साथ लिनु जरुरी छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार एन्टिबायोटिक भनेका भाइरसको संक्रमणबाट रोक्न र भाइरसको उपचारका लागि उपयोग गरिने औषधि हुन् । एन्टिबायोटिक प्रतिरोध तब हुन्छ, जब यी औषधिको उपयोगको जबाफमा ब्याक्टेरियाले आफ्नो स्वरूप बदल्छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार एन्टिबायोटिक भनेका भाइरसको संक्रमणबाट रोक्न र भाइरसको उपचारका लागि उपयोग गरिने औषधि हुन् । एन्टिबायोटिक प्रतिरोध तब हुन्छ, जब यी औषधिको उपयोगको जबाफमा ब्याक्टेरियाले आफ्नो स्वरूप बदल्छन् ।
डब्लुएचओका अनुसार खास आवश्यकताविना एन्टिबायोटिक औषधि प्रयोग गर्नाले एन्टिबायोटिक प्रतिरोधमा वृद्धि हुन्छ, जो वैश्विक स्वास्थ्यका लागि सबैभन्दा ठूला खतारमध्ये एक हो । लामो समयसम्मको एन्टिबायोटिक प्रतिरोध संक्रमणले बिरामीलाई अस्पतालमा भर्ना गराउनुपर्ने हुन सक्छ । यस्तोमा उपचारका लागि ठूलो धनराशि खर्च हुनुका साथै बिरामी गम्भीर भएर मृत्युसमेत हुन सक्छ ।

डब्लुएचओका अनुसार एन्टिबायोटिक प्रतिरोध संक्रमणले कुनै पनि देशको कुनै पनि उमेरसमूहका मानिस प्रभावित हुन सक्छन् । साथै, ब्याक्टेरिया एन्टिबायोटिकको प्रतिरोध भएपछि पूर्ण रूपमा संक्रमणको उपचार र नियन्त्रण सम्भव हुँदैन ।

आजकल हामी टाउको दुखेमा, पेट दुखेमा वा ज्वरो आएमा पनि डाक्टरको सल्लाहविनै जुनसुकै एन्टिबायोटिक सेवन गर्छौं । कैयौँपटक त हामी कुनै आवश्यकताविनै पनि एन्टिबायोटिक प्रयोग गरिरहेका हुन्छौँ । विनाआवश्यकता र नियमित रूपमा गरिने एन्टिबायोटिकको प्रयोगले हाम्रो शरीरमा रहेका माइक्रोब्स वा ब्याक्टेरियाले आफूलाई बदल्छन्, जसका कारण एन्टिबायोटिकले उनीहरूलाई हानि पुर्याउन सक्दैनन्, फलस्वरूप ती औषधि पछि आवश्यक परेको अवस्थामा शरीरमा कुनै किसिमको प्रभाव पार्नसमेत असमर्थ हुन्छन् ।

एन्टिबायोटिकलाई प्रतिरोध क्षमताका रूपमा लिइन्छ । एन्टिबायोटिकको आवश्यकताभन्दा बढी प्रयोग गर्नाले सबैभन्दा प्रभावशाली एन्टिबायोटिक औषधिको पनि केही ब्याक्टेरियामाथि कुनै असर पर्दैन । यी ब्याक्टेरियाले आफूले आफैँलाई यसरी बदल्छन् कि, औषधि, केमिकल वा इन्फेक्सन हटाउने कुनै पनि उपचारको कत्ति पनि असर यिनमा पर्दैन वा ज्यादै न्यून मात्र पर्छ । तसर्थ, हामी सबैले आफूखुसी वा लगातारको एन्टिबायोटिकसेवनपूर्व सम्भावित परिणामबारे गम्भीरताका साथ सोच्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय