खोप किन्दै खेर फाल्दै – बालबालिकाले पाएको डोज ६ लाख, खेर गएको डोज २० लाख

बालबालिकालाई लगाउन सरकारले खरिद गर्ने खोप मितव्यायी रुपमा प्रयोग गर्नभन्दा आवश्यक भन्दा बढी खरिद गरेर खेर फाल्ने गरेको गम्भीर तथ्य पाइएको छ । महालेखापरीक्षकको छपन्नौ प्रतिवेदनले यो वर्षमात्रै करोडौं मुल्यका खोप खेर गएको औल्याएको छ ।

प्रतिवेदनअनुसार स्वास्थ्य सेवा विभागले बालबालिकालाई निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको खोप संभव भएसम्म खेर नजानेगरी व्यवस्था गर्नुपर्नेमा खोप तालिकामा एकरुपता नहुनु र सकेसम्म जोगाउने नीति अख्तियार नगर्दा ठूलो परिमाणमा खोप खेर गइरहेको छ । यो वर्षमात्रै बच्चा जन्मनासाथ लगाउने वि.सिजी खोप १९ लाख ५५ हजार १६ डोज खेर गएको छ । जब कि एक वर्षमा ५ लाख ७३ हजार ७ सय ९६ डोज मात्रै खोप लगाइएको छ ।

पछिल्लो तथ्यांकअनुसार प्रत्येक वर्ष झण्डै ६ लाख ३० हजार बालबालिकालाई खोप आवश्यक पर्छ । एक बालबालिकामा सरकारले खोपमा मात्रै ४६ डलर खर्च गर्छ ।

तीबाहेक दादुरा रुवेला रोप ९५ प्रतिशत खेर गएको छ भने, टी.डी खोप ४९ प्रतिशत खेर गएको छ । सरकारले प्रत्येक वर्ष खोप खरिदमा करोडौं रुपैँया खर्च गर्ने गरेको छ । पछिल्लो तथ्यांकअनुसार प्रत्येक वर्ष झण्डै ६ लाख ३० हजार बालबालिकालाई खोप आवश्यक पर्छ । एक बालबालिकामा सरकारले खोपमा मात्रै ४६ डलर खर्च गर्छ ।

खोपमा गरेको खर्चको तीन गुणासम्म प्रतिफल प्राप्त हुने अनुमान छ । जन्मेदेखि १ वर्षभित्र ११ खोप निःशुल्क रुपमा उपलब्ध गराउँदै खाएको छ ।
विभागका अधिकारीहरुका अनुसार पछिल्ला दिनमा अधिकार र जिम्मेवारीमा रहेको अन्योलका कारण पनि धेरै ठाउँ खोप सेवा प्रभावित भइरहेको छ । अधिकारीहरुका अनुसार विभाग र सम्बन्धित महाशाखाको प्रमुख चासो नै खरिद मात्रै हुनेगर्छ । व्यापारीसँगको चलखेलमा म्याद सकिने मिति नजिक भएका खोप किन्ने र सकेसम्म दूरुपयोग गरेर नयाँ किन्ने प्रवृति बढी हुन्छ । जसका कारण बालबालिकाले पाएभन्दा कयौं गुणा बढी खोप खेर जाने गरेको छ ।

महालेखाले वैदेशिक मुद्रामा खरिद हुने खोपको मात्रा बढी खेर गएको स्थितिले मितव्ययी र कुशल रुपमा कार्यक्रम सञ्चालन नभएको औल्याएको छ । साथै खोपको डोज खोलिसकेपछि निश्चित अवधिमा उपयोग गर्नुपर्ने र डोजअनुसार उपयोग हुन नसकेमा स्वतः खेर जाने कारणले दर बढी भएको जनाएको छ । खोप लिने तालिकामा उचित व्यवस्थापन मिलाई खेर नजारेगरी प्रयोग गर्न समेत सुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय