स्वास्थ्य मन्त्रालयमा सरकार र चिकित्सकबीच वार्ता जारी, पुल-दरबन्दीमा राखेर सहमतिको प्रयास

समायोजनविरुद्ध आठ दिनदेखि स्वास्थ्य सेवा बहिष्कारलगायतका आन्दोलनमा उत्रिएका सरकारी चिकित्सक र सरकारीबीच वार्ता सहमति नजिक पुगेको छ ।
सम्पूर्ण चिकित्सकको दरबन्दी संघ अन्तर्गत राखेर मात्रै स्थानीय तहमा परिचालन गर्नुपर्ने प्रमुख मागमा ठोस रुपमा छलफल जारी छ । स्वास्थ्य मन्त्रालयका सचिवद्धय चन्द्रकुमार घिमिरे र डा. पुष्पा चौधरीको उपस्थितिमा दुबै पक्षबीच वार्ता जारी छ ।

वार्तामा ७२ घण्टे अल्टिमेटम दिएको नेपाल चिकित्सक संघ, सरकारी चिकित्सक संघका प्रतिनिधि सहभागी छन् । वार्तामा सबै समायोजनलाई सच्याएर संघमा राख्नुको विकल्पमा एमडी/एमएस गरेको सम्पूर्ण चिकित्सकको दरबन्दी पुलमा राखेर परिचालन गर्ने विषयमा सहमति नजिक पुगेको वार्तामा सहभागी एक चिकित्सकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय