टन्सिल के हो ? कसरी बच्ने ?

प्रा.डा. विमलकुमार सिन्हा
प्रकाशित
२०७५ चैत २९ गते ११:०६

टन्सिल रोग होइन । जनमानसमा घाँटी दुख्नेबित्तिकै टन्सिल भयो भन्ने धारणा छ, जुन गलत हो । घाँटी दुख्नुका अनेक कारण हुन्छन् ।
टन्सिल भनेको शरीरको कलेक्सन अफ लिम्फोर टिस्यु हो, जसमा शरीरले उत्पादन गर्ने तत्वहरु हुने गर्दछन्, जुन स–साना ग्लान्ड्सहरु रहेको हुन्छन्, आँ गर्दा जिब्रोका दुवैतर्फ देखिने त्यस्ता डल्लालाई टन्सिल भनिन्छ । टन्सिल भनेको एउटा लिम्फोर टिस्यु हो । टन्सिलको इन्फेक्सन मात्रै घाँटी दुख्नुको कारण होइन । टन्सिल लिम्फोर टिस्युको एउटा कलेक्सन हो ।
टन्सिलमा हुने इन्फेक्सनले गर्दा घाँटी दुख्ने अवस्था हुन्छ, जसलाई टन्सिलाइटिस भनिन्छ । साधारणतया टन्सिलमा सिलिभर इन्फेक्सन, ब्याक्टेरियल इन्फेक्सन भयो भने ज्वरो आउने, खाना निक्दा दुख्नेजस्ता समस्या हुने गर्छन् । यस्तो अवस्थामा मात्रै टन्सिलाइटिस भएको भन्न सकिन्छ, जसले गर्दा घाँटी दुख्ने गर्छ ।

विशेषगरी स–साना बच्चामा २ देखि १३ वर्षको उमेरसम्म टन्सिलजस्तै एउटा टिस्यु नाकपछाडि पनि हुन्छ, जसलाई एडोनोइड्स भनिन्छ, जुन आँ गर्दा देखिँदैन, नाकपछाडि रहेको हुन्छ, एक्स–रे गर्नुपर्छ वा नाकको इन्डोस्कोपी गरेर हेर्नुपर्छ, त्यसको साइज २ वर्षको उमेरदेखि बढ्न सुरु गर्छ । त्यो अलिकति बढ्यो भने बच्चाको नाक बन्द हुने, मुखबाट श्वास लिनेजस्ता समस्या बारम्बार हुने, राति सुत्दा छटपटाउने, निसासिएजस्तो हुने हुन्छन्, यस्तो अवस्थामा पनि हामी एडोनोइड्सको अप्रेसन एकैचोटि गर्ने गर्छौं ।

यसको समयमा उपचार गरिएन भने टन्सिलभन्दा पनि इन्फेक्सन अन्य वरिपरिको भागमा टन्सिलर फोसा हुन्छ, त्यसको साइडमा पाराफेन्ट स्पिच भन्ने हुन्छ घाँटीमा, त्यसमा इन्फेक्सन जाने, टन्सिलको वरिपरि पिप जम्नेजस्ता अवस्था आउने गर्छन् ।कतिपय कारणमा भाइरलर टन्सिल पनि हुने गर्छ, जसमा कुनै एन्टिबायोटिकको आवश्यकता पर्दैन । ज्वरो धेरै आउँदैन । केही दिन घाँटी दुख्ने गर्छ, केही दिनमा आफैँ हराएर जान्छ ।
टन्सिलको इन्फेक्सन बारम्बार भयो भने, जस्तो कि साधारणतया एक वर्षमा ५–६ चोटि टन्सिलाइटिस भएको छ, घाँटी दुख्ने, ज्वरो आउने, जाँच गर्दा त्यसमा प्लस पोइन्ट देखिने, टन्सिल सुन्निएको हुने, यी सबै समस्या बारम्बार भएको छ भने अप्रेसन गर्नु राम्रो हुन्छ । अप्रेसन भएन भने, बारम्बार फेरि टन्सिल हुने समस्या भइरहन्छ ।त्यसैगरी, ४–५ वर्षदेखि वर्षमा २–३ पटकभन्दा बढी संक्रमण भएको छ भने पनि अप्रेसन गर्नुपर्छ । टन्सिलको उपचार समयमा हुन सकेन भने वरिपरिका टिस्युहरुमा फेरि टन्सिल पिप जन्म जान्छ । एकपटक यस्तो संक्रमण भएको छ भने, रिलेटिभ इन्डिकेसन भनिन्छ । दुईपटक इन्डिकेसन भएको छ भने अप्रेसन गर्नैपर्ने अवस्था मानिन्छ ।

त्यसबाहेक अरु टन्सिलको अप्रेसन गर्नुपर्ने अवस्थाचाहिँ कुनै मानिसको टन्सिलको साइज धेरै ठूलो हुन्छ । त्यसैले गर्दा ज्वरो नभए पनि खाना खान समस्या हुने, घुर्नेजस्ता समस्या आउँदा अप्रेसन गर्नुपर्ने हुन्छ । विशेषगरी स–साना बच्चामा २ देखि १३ वर्षको उमेरसम्म टन्सिलजस्तै एउटा टिस्यु नाकपछाडि पनि हुन्छ, जसलाई एडोनोइड्स भनिन्छ, जुन आँ गर्दा देखिँदैन, नाकपछाडि रहेको हुन्छ, एक्स–रे गर्नुपर्छ वा नाकको इन्डोस्कोपी गरेर हेर्नुपर्छ, त्यसको साइज २ वर्षको उमेरदेखि बढ्न सुरु गर्छ । त्यो अलिकति बढ्यो भने बच्चाको नाक बन्द हुने, मुखबाट श्वास लिनेजस्ता समस्या बारम्बार हुने, राति सुत्दा छटपटाउने, निसासिएजस्तो हुने हुन्छन्, यस्तो अवस्थामा पनि हामी एडोनोइड्सको अप्रेसन एकैचोटि गर्ने गर्छौं ।

टन्सिल दुवैपट्टि साइडमा हुने गर्छ । एर्कातर्फको टन्सिलको साइज मात्र बढ्दै गयो, अर्कोपट्टिको बढेको छैन भने त्यस्तो अवस्थामा टन्सिलको लिम्फोर टिस्युको एकप्रकारको क्यान्सर हुने पनि सम्भावना हुन्छ । यस्तोमा बढेको टन्सिललाई काटेर त्यसलाई जाँच गर्न पठाइन्छ ।हावाबाट आउने इन्फेक्सनले टन्सिलमा इन्फेक्सन हुन्छ । त्यसैगरी, कुनै मानिसको शरीरको शक्ति पनि कम भयो भने टन्सिल हुन्छ । मुख्यतः ब्याक्टेरियल इन्फेक्सन नै हो ।

टन्सिल दुवैपट्टि साइडमा हुने गर्छ । एर्कातर्फको टन्सिलको साइज मात्र बढ्दै गयो, अर्कोपट्टिको बढेको छैन भने त्यस्तो अवस्थामा टन्सिलको लिम्फोर टिस्युको एकप्रकारको क्यान्सर हुने पनि सम्भावना हुन्छ । यस्तोमा बढेको टन्सिललाई काटेर त्यसलाई जाँच गर्न पठाइन्छ ।हावाबाट आउने इन्फेक्सनले टन्सिलमा इन्फेक्सन हुन्छ । त्यसैगरी, कुनै मानिसको शरीरको शक्ति पनि कम भयो भने टन्सिल हुन्छ । मुख्यतः ब्याक्टेरियल इन्फेक्सन नै हो ।

टन्सिलको इन्फेक्सन भएको मानिसको सम्पर्कबाट टाढा बस्ने, मास्क लगाएर हिँड्ने, धुलो, धुवाँबाट बच्ने आदि गर्नुपर्छ । अलि–अलि घाँटी दुख्यो भन्दैमा वा टन्सिल भयो भन्दैमा एन्टिबायोटिक खाइहाल्नुपर्ने हुँदैन । एक–दुई दिन ज्वरो बढ्दै गएको, टन्सिल बढ्दै गएको छ भने चिकित्सकलाई देखाएर औषधि खानुपर्ने हुन्छ । कहिलेकाहीँ भाइरल टन्सिलमा साधारण पेनकिलर खान सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय