हेल्थ असिस्टेन्ट संघका अध्यक्षको बर्खास्ती विधानविपरीत, हान फुटको सँघारमा

हेल्थ असिस्टेन्ट संघ (हान)का अध्यक्षलाई बर्खास्त गर्ने बरिष्ठ उपाध्यक्ष दिपेन्द्र खड्का नेतृत्वको समूहको निर्णय विधानविपरीत भएको दावी संस्थापन पक्षले गरेको छ ।
बर्खास्त गरिएको भनिएका अध्यक्ष दाताराम अधिकारीद्धारा हस्तक्षरित विज्ञाप्तिमा समायोजनको सम्बन्धमा बोलाएको केन्द्रीय कार्यसमितिमा उपस्थित नभई उपाध्यक्षले अध्यक्षलाई बर्खास्त गरेको भन्ने सूचना भ्रामक भएको उल्लेख छ । दुई समूहको फरकफरक विज्ञाप्तिसँगै हान फुटको संघारमा पुगेको छ ।

अध्यक्ष अधिकारीले जारी गरेको विज्ञाप्तिमा विधानको दफा २५ मा अविश्वासको प्रस्तावको व्यवस्था भएपनि रितपूर्वक नआएको दावी गरिएको छ । पदाधिकारी बर्खास्त गर्न विशेष साधारण सभा बोलाएर दुईतिहाई सदस्यका बहुमतले अविश्वासको प्रस्ताव परित गर्नुपर्ने र पारित भएमात्रै आरोप प्रमाणित हुने व्यवस्था रहेको अधिकारीको दावी छ ।

विज्ञाप्तिमा सो प्रक्रिया पूरा नगरी पूर्वाग्राही तथा विधानविपरीत बर्खास्तको हल्ला फिजाएको भन्दै भ्रममा नपर्न अध्यक्ष अधिकारीले आग्रह गरेका छन् । साथै, उनले छलफल र समझदारीबाट समाधान खोज्न र भ्रममा नपरी एकबद्ध भएर अगाडि हेल्थ असिस्टेन्टहरुलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय