समायोजन र गोदानको आन्दोलनलाई लिएर चिकित्सक संघले बोलायो भेला, बिहीबार छलफल

नेपाल चिकित्सक संघले सरकारी चिकित्सकको समायोजन विवादबारे विस्तृत छलफल गरी विशेष रणनीति तर्जुमा गर्न काठमाडौं उपत्यकाका सम्पूर्ण अस्पताल, स्वास्थ्यसंस्था र चिकित्सासम्बद्ध संघ–संस्थाका प्रतिनिधिहरूको भेला बोलाएको छ । बुधबार विज्ञप्ति जारी गर्दै संघले बिहीबार दिउँसो २ बजेका लागि भेला आह्वान गरेको हो ।

संघले वीर अस्पतालमा बुधबार सरकारी चिकित्सकहरूको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले गरेको धरपकडको भत्र्सनासमेत गरेको छ । सरकारी चिकित्सकको समायोजनमा वृत्तिविकासलगायत कुरालाई ध्यान पुर्याउन संघले निरन्तर ध्यानाकर्षण गराएको जनाउँदै संघले वार्ता र संवादको माध्यमबाट समायोजन विवादको समायोजन गर्नुपर्ने जनाएको छ ।

समायोजनका सम्बन्धमा उत्पन्न समस्याको उचित समाधान वार्ता र संवादबाट गर्नुपर्नेमा नेपाल सरकारका जिम्मेवार व्यक्तिहरूले सार्वजनिक रूपमा चिकित्सा पेसालाई नै मानमर्दन गर्ने गरी अभिव्यक्ति दिएर चिकित्सकलाई चिढ्याउनेखालका अभिव्यक्ति दिएर सरकारी सेवाप्रति चिकित्सकमा वितृष्णा जगाउने काम गरिरहेको प्रति चिन्तासमेत व्यक्त गरेको छ । सरकारी चिकित्सक संघ नेपाल (गोदान)को ६ दिनदेखिको सेवा–बहिष्कार आन्दोलनमा बुधबार प्रहरी हस्तक्षेप भएपछि संघले रणनीति तर्जुमाका लागि छलफल आह्वान गरेको हो ।

विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय