एचए केन्द्रीय अध्यक्ष अधिकारी बर्खास्त, समायोजनमा घात गरेको सहित कार्यसमितिले लगायो ९ आरोप

हेल्थ असिस्टेन्ट संघ नेपाल (हान)को केन्द्रीय समिति बैठकले अध्यक्ष दाताराम अधिकारीलाई पदबाट बर्खास्त गरेको छ । हेल्थ असिस्टेन्ट (एचए)को समायोजन सूची सार्वजनिक भएको भोलिपल्ट बुधबार बसेको केन्द्रीय समितिको बैठकले अधिकारीमाथि विभिन्न ९ आरोप लगाउँदै उनलाई पदबाट बर्खास्त गर्ने निर्णय बहुमतबाट पारित गरेको हो ।

गैरराजनीतिक संगठनका रूपमा पेसागत हकहितका खातिर विधिवत् स्थापित संस्थामा अध्यक्ष अधिकारीले चरम राजनीति गरेको आरोप केन्द्रीय समितिको छ । अधिकारीले लामो समयदेखि संस्थालाई बन्धक बनाई पद, ज्येष्ठता, शैक्षिक योग्यता र खाइपाई आएको सेवा–सुविधा गुम्ने गरी समायोजनको सूची प्रकाशित भइसको अवस्थामा निर्णायक भूमिका निर्वाह नगरी संस्थालाई आफ्नो व्यक्तिगत स्वार्थमा उपयोग गर्ने थलो बनाएको र उच्च शिक्षा अध्ययनको बाटो बन्द भई सेवा प्रवेश गर्न रोकिने अवस्थामा हुँदासमेत मौन बसेको अधिकारीमाथि आरोप छ ।

अध्यक्ष अधिकारीले आमसदस्यहरूबाट संकलन गरिएको रकम मुद्दाको नाममा निर्णय र छलफलविना किर्ते साधारणसभा र फर्जी बिलभर्पाई पेस गरी लाखौँ हिनामिना गरेको केन्द्रीय समितिको ठहर छ । अधिकारीले स्थानीय तहमा संयोजक तोक्दा आफू विदेश पढ्न जाने सर्तमा ट्रेड युनियनसँग बार्गेनिङ गरी गोप्य सम्झौता गरेको कार्यासमितिले आरोप लगाएको छ ।

अधिकारीले स्थानीय तहमा संयोजक तोक्दा आफू विदेश पढ्न जाने सर्तमा ट्रेड युनियनसँग बार्गेनिङ गरी गोप्य सम्झौता गरेको कार्यासमितिले आरोप लगाएको छ ।

त्यसैगरी, हान केन्द्रीय समितिको अगुवाइमा २४ पुस ०७५ देखि ४ माघसम्म भएको आन्दोलनमा आधिकारीले आफ्नो स्वार्थमा केन्द्रीय कमिटीको निर्णयविनै सम्पूर्ण एचएको हितविपरीत सम्झौता गरेको केन्द्रीय समितिको आरोप छ । विधानअनुसार दुई–दुई वर्षमा गर्नुपर्ने साधारणसभा तथा सम्मेलन ५ वर्ष पुगिसक्दा पनि गर्ने पक्षमा अधिकारी नरहेको केन्द्रीय समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी, कर्मचारी समायोजनमा विरोधीसित घुसपैठ गरी आमकर्मचारीको पेसागत मर्यादामा आँच पुर्याएको केन्दीय समितिको ठहर छ ।

यसअघि, सरकारले स्वास्थ्यको पुनःसंरचित संगठन संरचना सार्वजनिक गरेलगत्तै हानले त्यसप्रति असन्तुष्टि जनाउँदै राजधानीकेन्द्रित आन्दोलन गरेको थियो । स्वास्थ्यसेवाजस्तो अति संवेदनशील क्षेत्रमा शैक्षिक योग्यता र लोकसेवाको प्रक्रियाका आधारमा कर्मचारीको पद र जिम्मेवारी तोकिनुपर्नेलगायत माग एचएको थियो । आन्दोलन उत्कर्षमा बढिरहँदा अध्यक्ष अधिकारीले निजी स्वार्थका खातिर पेसागत हितविरुद्ध सम्झौता गरेर आन्दोलनलाई तुहाएको कार्यसमितिले निष्कर्ष निकालेपछि उनी बर्खास्तीमा परेका हुन् ।

यस्तो छ विज्ञप्ति

One thought on “एचए केन्द्रीय अध्यक्ष अधिकारी बर्खास्त, समायोजनमा घात गरेको सहित कार्यसमितिले लगायो ९ आरोप

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय