प्रहरी हस्तक्षेपपछि फेरियो चिकित्सकको आन्दोलनको स्वरूप, बाहिरै बिरामी जाँच

शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेर वीर अस्पतालको काउन्टर खुलाएपछि ६ दिनदेखि आन्दोलनरत सरकारी चिकित्सकहरूले आकस्मिकबाहेकका सेवा बहिष्कार गर्ने आन्दोलनको स्वरूप बदलेका छन् ।

प्रहरीले चिकित्सकलाई लछार–पछार पारेर धर्नाबाट हटाएर टिकट कटाउन सुरु गरेको थियो । तर, टिकट काटेर पनि चिकित्सकले सेवा नदिएका कारण बिरामी पक्षसमेत आक्रोशित बन्न थालेपछि चिकित्सकहरूले तत्काल स्वरूप परिवर्तन गरेर अस्पतालपरिसरमै बिरामी जाँच्न सुरु गरेका थिए ।

हडतालबारे जानकारी नभएर र बाहिरका जिल्लाबाट आएर उपचारका लागि पर्खिनुपरेका कारण बिरामीले दुःख पाएको देख्न नसकेर मानवीय रूपमा सरकारी सिस्टमबाट टिकट नकाटीकनै बिरामीलाई सेवा दिएको आन्दोलनरत सरकारी चिकित्सक संघ, नेपाल (गोदान)का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले बताए ।डा. पाण्डेले यही स्वरूपमै आन्दोलनलाई निरन्तरता दिने–नदिनेबारे छफलफपछि मात्रै टुंगोमा पुग्ने बताए ।

सरकारले सार्वजनिक गरेको कर्मचारी समायोजनको सूचीविरुद्ध शुक्रबारदेखि अनिश्चितकालीन सेवा–बहिष्कारमा उत्रिएको गोदानको आन्दोलनका कारण वीरमा ६ दिनदेखि ओपिडी टिकट काटिएको थिएन । हजारौँ विपन्न बिरामी मारमा परेपछि बुधबार बिहान प्रहरीले हस्तक्षेप गरी काउन्टर खुलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय