स्वास्थ्यका चौथोदेखि सातौँ तहका २६६७३ कर्मचारीको समायोजन सूची सार्वजनिक

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यसेवाका बाँकी कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको छ । अघिल्लो साता सार्वजनिक सूचीप्रति असन्तुष्टि जनाउँदै सरकारी चिकित्सकले ५ दिनदेखि मुलुकभरका सरकारी अस्पतालमा स्वास्थ्यसेवा ठप्प बनाइरहँदा सामान्यले मंगलबार साँझ बाँकी कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको हो ।

पछिल्लो सूचीमा स्वास्थ्यका चौथो, पाँचौँ, छैटौँ र सातौँ तहका गरी जम्मा २६ हजार ६ सय ७३ कर्मचारी परेका छन् । पुनःसंरचित संगठन संरचनाअनुसार ती कर्मचारी विभिन्न सरकारमातहतका विभिन्न स्वास्थ्यसंस्था तथा कार्यालयहरुमा खटाइएका हुन् ।

यससँगै स्वास्थ्यसेवाका कर्मचारीको समायोजन पूरा भएको छ । यद्यपि, स्वास्थ्यका कर्मचारीलाई समायोजनमा विभेद गरिएको भन्दै चिकित्सकहरु अनिश्चितकालीन सेवा–बहिष्कारमा उत्रिएकाले कार्यान्वयनको पक्ष भने अन्योलमै छ । चिकित्सकले सरकारले ल्याएको समायोजन नमान्ने घोषणा गरिसकेका छन् । सहमतिविपरीत पेलेर ल्याइएको समायोजनमा नजाने, बरु सामूहिक राजीनामा दिएर सेवाबाट अवकाश लिने आन्दोलनरत चिकित्सकको भनाइ छ ।

यस्तो छ समायोजन सूची

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय