चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा टेस्टट्युब बेबी सेवा सुरु

चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा क्रितिम गर्भाधानबाट बच्चा जन्माउने विधि इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ) सेवा सुरु भएको छ ।
विश्व स्वास्थ्य सेवा दिवसको अवसर पारेर उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले टेस्टट्युब बेबी भनेर चिनिने आइभिएफ सेवाको सुरुवात गरे ।

अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपानेले अस्पतालमा अत्याधुनिक प्रजनन् संरक्षण सेवा सहितको टेष्टट्यूब बेबी सेन्टरको सञ्चालनमा आएको जानकारी दिए । सेन्टरबाट इनभिट्रो फर्टिलाइजेसन, इन्ट्रा साइटोप्लाज्मिक स्पस इन्जेक्सन र भ्रुण बैंक सेवा उपलब्ध हुनेछ ।
झण्डै ३ करोडको लगानीमा स्थापना भएको सेन्टर भित्र छुटाछुटै प्रयोगशाला, शल्यकक्ष विर्य संकलन, चेकजाँच, डे«स चेन्ज, परामर्श कक्ष छ ।
अस्पताललले काठमाडौका अस्पतालले भन्दा सस्तोमा सेवा उपलब्ध गराउने जनाएको छ ।

सेवा स्थापनाले यो सेवाका लागि राजधानी धाउनुपर्ने बाध्यता अन्त्य भएको न्यौपानेले बताए । कार्यक्रममा स्वास्थ्यमन्त्री यादवले उपत्यकाबाहिर अस्पतालले नयाँ प्रविधि र सेवा सेवा सुरुवात गर्ने अग्रसरता लिएको भन्दै प्रशंसा गरे ।
एक तथ्यांकअनुसार नेपालमा १५ प्रतिशत बिवाहीत दम्पतीहरु निसन्तान समस्यामा छन् । निसन्तान समस्या भएका मध्ये केही प्रतिशतलाई मात्रै टेष्टट्युब बेबी सेवा चाहिन्छ ।
अस्पतालका प्रसुती तथा स्त्ररोग विभाग प्रमुख डा.उपेन्द्र पण्डितले १ हप्ता भित्र चितवनमा आइभिएफमार्फत् बच्चा जन्माउनका लागि प्रक्रिया सुरु गरिने जानकारी दिए । अस्पतालमा आउनेमध्ये प्रत्येक दिन २ दम्पतिलाई यस्तो सेवा चाहिने अवस्था छ ।

उनका अनुसार फर्टि्लिटि सेन्टर स्थापना संगै सन्ताननभएका तर सन्तानको रहर भएका दम्पत्तिले विदेशमा गई उपचार गर्न पने बाध्यताको अन्त्य भएको अस्पताले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय