प्रविधिमा पिछडिएका कारण दक्ष न्युरो सर्जनले पनि सीपको उचित प्रयोग गर्न पाएका छैनन्

नेपाल न्युरो सर्जरी समाजको आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय न्युरो सर्जन सम्मेलनसँगै समाजको सातौँ राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा एकैसाथ चलिरहेको छ । तीनदिने सम्मेलनको दोस्रो दिन शुक्रबार पनि विभिन्न देशका न्युरो सर्जनहरूले न्युरो सर्जरीको वर्तमान अवस्था, आवश्यकता, विकासका लागि भावी रणनीतिबारे कार्यपत्रहरू प्रस्तुत गर्दै त्यसमाथि गहन छलफल गरिरहेका छन् । सम्मेलनको उद्देश्य, नेपाल र बाँकी विश्वमा न्युरो सर्जरीको अवस्था, समस्या, प्रविधि तथा उपकरणको अवस्था र आवश्यकता, जनशक्तिको उपलब्धता र व्यवस्थापनलगायत विषयमा केन्द्रित भएर समाजका महासचिव डा. प्रवीण श्रेष्ठसँग हेल्पपोस्टका पुष्पराज चौलागाईंले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ :

नेपालमा न्युरो सर्जरीको अवस्था कस्तो छ ?
नेपालमा न्युरो सर्जरीको अवस्था क्रमिक रूपमा राम्रो हुँदै गएको छ । १० वर्षअघिको अवस्थासित अहिलेको अवस्थालाई तुलना गर्ने हो भने धेरै राम्रो हुँदै गएको महसुस हुन्छ । पहिले न्युरो सर्जरी हेर्ने १५ जना सर्जन थिए भने आज ८० जनाको हाराहारीमा सर्जन उपलब्ध छन् । यद्यपि, अन्य देशको तुलनामा हेर्ने हो भने यो संख्या अत्यन्तै न्यून हो । तर, न्युरो सर्जरीका लागि न्युरो सर्जन मात्र भएर पुग्दैन । कुनै पनि उपचार वा अप्रेसन गर्दा दक्ष जनशक्ति भएर मात्र हुँदैन, त्यसका लागि आवश्यक अन्य पूर्वाधार तथा उपकरणको पनि त्यत्तिकै आवश्यकता हुन्छ । उदाहरणका लागि न्युरो सर्जरीका लागि कम्तीमा पनि सिटी स्क्यान, एमआरआई र प्रविधिसम्पन्न अप्रेसन थिएटर र आवश्यक उपकरण चाहिन्छ । यी उपकरण र प्रविधि नेपालका लागि सामान्य कुरा होइनन् । जुन अस्पतालमा यी उपकरण उपलब्ध छन्, त्यहाँ मात्र एउटा न्युरो सर्जनले उपचार गर्न सक्छ । यसले गर्दा अहिले भएका न्युरो सर्जनको संख्यालाई प्रविधि र उपकरणको अपेक्षामा राम्रो मान्नुपर्छ । न्युरो सर्जरीका लागि आवश्यक सम्पूर्ण पूर्वाधार भएको खण्डमा अहिले उपलब्ध न्युरो सर्जनले काठमाडौंलगायत अन्य ठूला सहरका अस्पतालमा राम्रो उपचारसेवा दिन सक्ने अवस्था छ ।

न्युरोको समस्या भन्नाले टाउकोदेखि खुट्टासम्म पर्छ । मूलतः न्युरोसम्बन्धी समस्यालाई तीन भागमा बाँड्न सकिन्छ । त्यसमा एउटा प्रमुख भाग टाउको हो । किनकि, शरीरमा नसाको उद्गमस्थल टाउको नै हो, जसलाई हामी ब्रेन (मस्तिष्क) भन्दछौँ । जति पनि समस्या टाउकोमा आउँछन्, ती न्युरो समस्या हुन् ।

नेपाल न्युरो सर्जरी समाजले गरिरहेको न्युरो सर्जनको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको खास उद्देश्य के हो ?
नेपालमा जति न्युरो सर्जन छन्, उनीहरूको सोसाइटी छ । कुनै पनि देशमा विशेषज्ञ चिकित्सकका आ–आफ्ना सोसाइटी छन् । नेपाल न्युरो सर्जन समाजले हेरक वर्ष यसकिसिमको राष्ट्रिय सम्मेलन गर्दै आएको छ भने दुई वर्षमा एकपटकमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्ने नीति लिएको छ ।
यसरी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन गर्नुको मूल उद्देश्य भनेको न्युरो सर्जरीको क्षेत्रमा अन्तर्राष्ट्रिस्तरमा विकास भइरहेका अत्याधुनिक प्रविधि र उपचार पद्धतिबारे जानकारी लिनु नै हो । हामी नेपालीले नेपालमा बसेर ३–४ दिनको सम्मेलन गरेर अन्तर्राष्ट्रियस्तरमा विभिन्न देशमा कस्ता किसिमका न्युरो सर्जिकल प्रविधिको विकास भइरहेका छन्, यी विषयमा अन्य देशबाट आएका विज्ञहरूबाट जानकारी लिने र त्यसलाई आफ्नो देशमा पनि प्रयोगमा ल्याउने कुरा हो । विभिन्न देशका विज्ञहरूबाट नयाँ कुरा सिक्ने मात्र नभएर हाम्रो देशमा न्युरो सर्जरीको अभ्यास कसरी गरिरहेका छौँ त, त्यसबारे विमर्श र मूल्यांकन गर्छौं । नेपाल र जापानको अभ्यासलाई हेर्ने हो भने न्युरो सर्जरीमा हामीभन्दा जापान धेरै गुना अगाडि छ । यसो भन्दैमा नेपालमा सर्जरी नै नगर्ने त ? अत्याधुनिक किसिमका उपकरण उपलब्ध नभए पनि सर्जरी गर्दै आएका छौँ । सीमित स्रोत–साधन र उपकरणको कमी भएको अवस्थाका बाबजुद पनि हामीले न्युरो सर्जरी गरिरहेका छौँ, जसबारे हामी सम्मेलनमा विस्तृत छलफल गर्छौं र राम्रो गर्ने उपयको खोजी गर्छौं ।

सम्मेलनमा कति देशका प्रतिनिधिले कसरी सहभागिता जनाएका छन् ?
सम्मेलनमा १ सय ५० जनाको हाराहारीमा सहभागिता छ । त्यसमध्ये १३ देशका करिब ३५ जना विदेशी न्युरो विज्ञ छन् । जापान, भारत, चीन, अमेरिका, क्यानडा, पोर्चुगल, बेलायत, जमर्नी, माल्दिभ्सलगायत १३ देशका विज्ञले सहभागिता जनाएका छन् । ३ दिनसम्म चल्ने सम्मेलनमा १ सय ४० भन्दा बढी कार्यपत्र प्रस्तुत हुनेछन् ।

नेपालमा न्युरो सर्जरीको उपचारपद्धति र प्रविधिको अवस्था कस्तो छ ?
नेपालमा केही वर्षदेखि न्युरो सर्जनको संख्या बढिरहेको छ । जनशक्ति मात्र नभएर सिटी स्क्यान, एमआरआई, अप्रेसन थिएटरमा आवश्यक उपकरणलगायत पूर्वाधार पनि बढिरहेका छन् ।
कुनै पनि प्रविधिको विकासका लागि विविध पक्षको जरुरत हुन्छ । हाम्रो मुलुकमा अर्को आवश्यकीय कुरा भनेको नेपाली जनताको आर्थिक अवस्था हो, जुन क्रमिक रूपमा विकास हुँदै गएको छ । अहिलेको अवस्थालाई हेर्ने हो भने न्युरो सर्जरीलाई सन्तोषजनक नै मान्नुपर्छ ।

नेपालमा खासगरी न्युरोसम्बन्धी के–कस्ता समस्या बढी पाइने गरेका छन् ?
न्युरोको समस्या भन्नाले टाउकोदेखि खुट्टासम्म पर्छ । मूलतः न्युरोसम्बन्धी समस्यालाई तीन भागमा बाँड्न सकिन्छ । त्यसमा एउटा प्रमुख भाग टाउको हो । किनकि, शरीरमा नसाको उद्गमस्थल टाउको नै हो, जसलाई हामी ब्रेन (मस्तिष्क) भन्दछौँ । जति पनि समस्या टाउकोमा आउँछन्, ती न्युरो समस्या हुन् । ब्रेनको ट्युमर अथवा ब्रेनको इन्फेक्सन, हेड इन्जुरीलगायत सबै कुरा ब्रेनका नसाका समस्या हुन् । नसासम्बन्धी (न्युरो) समस्याको दोस्रो भाग मेरुदण्ड हो, जुन ब्रेनबाट सुरु भएर कम्मरसम्म पुगेको हुन्छ र यसलाई मूल नसा भनिन्छ । उदाहरणका लागि कम्मरको नसामा हुने चोटलाई लिन सकिन्छ । ढाड तथा गर्दनमा नसा च्यापिने र ढाड तथा कम्मरका नसाबाट ट्युमर पलाएर आउने समस्या मेरुदण्डका समस्या हुन् ।
नसासम्बन्धी समस्याको तेस्रो भाग भनेको टाउको र मेरुदण्डबाहेकका भागमा फैलिएका स–साना नसामा देखिने समस्या हो । ब्रेनबाट मेरुदण्डमा नसा पुगको हुन्छ र मेरुदण्डबाट हात र खुट्टामा मसिना नसा पुगेका हुन्छन् । उदाहरणका लागि हात–खुट्टामा झमझम गर्ने तथा पोल्ने समस्या र हातखुट्टा नचल्ने समस्यालाई नसासम्बन्धी समस्याको तेस्रो भागका रूपमा वर्गीकरण गर्ने गरिन्छ ।

सरकारी अस्पतालमा आवश्यक चिकित्सक उपलब्ध नभएको अवस्थामा निजी क्षेत्रले नै अधिकांश स्वास्थ्यसेवा धानेको अवस्था छ । निजी क्षेत्र अलिक महँगो पनि छ । महँगा उपकरणका कारण निजी स्वास्थ्यसेवा महँदो भएको हो । उदाहरणका लागि एउटा सिटी स्क्यानका लागि ४–५ करोड रूपैयाँ खर्चिनुपर्ने हुन्छ ।

सरकारी अस्पतालमा न्युरो सर्जनको कमी रहेको बताइन्छ, निजीमा सबै जनताको पहुँच पुग्ने अवस्था छैन । यस्तोमा आमनागरिकले कसरी न्युरो सर्जरी सेवा लिने ?
निश्चय पनि सरकारी क्षेत्रमा न्युरो सर्जरीका मात्र नभएर अन्य विधाका चिकित्सक पनि कमै उपलब्ध छन् । सरकारी दरबन्दीमा न्युरो सर्जनको अवस्थालाई हेर्ने हो जम्मा ३ जना मात्र दरबन्दीमा कार्यरत रहेको अवस्था छ, जुन नगण्य हो । विदेशमा हेर्ने हो भने सरकारी क्षेत्रमा बढी र निजीमा कम हुन्छन् । नेपालको अवस्था भने उल्टो छ । सायद सरकारका पनि धेरै समस्या छन्, त्यसमाथि पनि नेपालमा अस्थिर सरकारको प्रमुख समस्या छ । अब बल्ल देशले स्थिर सरकार पाएको छ ।

सरकारी अस्पतालमा आवश्यक चिकित्सक उपलब्ध नभएको अवस्थामा निजी क्षेत्रले नै अधिकांश स्वास्थ्यसेवा धानेको अवस्था छ । निजी क्षेत्र अलिक महँगो पनि छ । महँगा उपकरणका कारण निजी स्वास्थ्यसेवा महँदो भएको हो । उदाहरणका लागि एउटा सिटी स्क्यानका लागि ४–५ करोड रूपैयाँ खर्चिनुपर्ने हुन्छ । त्यसैगरी, एमआरआई मेसिन राख्नका लागि ५–६ करोडदेखि १५ करोडसम्म लाग्छ । सरकारी अस्पतालमा सरकारी मेसिन खरिदका लागि सरकारी बजेट हुन्छ । निजीमा व्यक्तिगत लगानी भएको हुन्छ । यसले गर्दा उपचारमा निश्चिय पनि सरकारी अस्पतालको अपेक्षामा निजी अस्पताल महँगो छ ।

आज निजी क्षेत्र नहुँदो हो त सरकारी क्षेत्रमा काम गर्ने चिकित्सकले मात्रै न्युरोका समस्यालाई धान्न सक्ने अवस्थै छैन ।

अन्तर्राष्ट्रियस्तरमा हुने न्युरो सर्जरीको उपचारको तुलनामा नेपालको अवस्था कस्तो छ ?
प्रविधिको कुरा गर्ने हो भने धेरै ठूलो फरक छ । हाम्रो छिमिकी राष्ट्र भारतसँग तुलना गर्ने हो भने सामाजिक, आर्थिक क्षेत्रमा पनि हामी धेरै पछाडि छौँ । साउथ एसियामा पनि नेपाल धेरै पछाडि छ । हाम्रो देशमा उपकरण कम छन् । अझै पनि नेपालमा हुनुपर्ने सुविधाहरू कम छन् । प्रविधिको कमीका कारण प्रत्येक चिकित्सक दक्ष भएर पनि, विदेशमा गएर पढेर आएर पनि आफ्नो सीप र दक्षताको समुचित प्रयोग गर्न सक्ने अवस्था छैन ।
प्रविधिमा ठूलो खाडल र कमी–कमजोरी भए पनि हामीले सिक्नेवेलामै प्रविधि छैन, काम गर्न सकिन्न भनेर त हुँदैन । त्यसको अर्को केही विकल्प छ कि भनेर हामी सिकिरहेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय