केयूमा चिकित्साशास्त्रका विद्यार्थीले बनाए कल्याण परिषद्, चर्को शुल्कविरुद्ध पहिलो संघर्ष

हेल्थपोस्ट
प्रकाशित
२०७५ चैत २१ गते १७:४९

काठमाडौं विश्वविद्यालय अन्तर्गत चिकित्सा विज्ञानका विभिन्न विषय र कलेजमा अध्ययनरत विद्यार्थी हित र सरोकारका सवालमा वकालत र अभियान चलाउन विद्यार्थी कल्याण परिषद् गठन गरेका छन् ।

नव गठित परिषद्मा अध्यक्ष सुजनप्रसाद कडरिया, उपाध्यक्ष नरेश भट्ट, सचिव डा. सुदिप जैसवाल छन् ।

विश्वविद्यालय अन्तर्गत काठमाडौं युनिभर्सिटी स्कूल अफ मेडिकल साइन्सेज एमबिबिएस, बिडिएस, बिपिटी अध्ययनरत विद्यार्थीले यस्तो संगठन बनाएका हुन् । त्रिभूवन विश्वविद्यालय अन्र्तगत स्वावियू र धरानमा पनि परिषद् छ । नव गठित परिषद्का विद्यार्थीहरुले केयु अन्तर्गतका कलेजहरुमा भइरहेको चर्को शुल्क विरुद्ध पहिलोपटक संगठित भएर संघर्ष गर्ने बताएका छन् । त्रिवि अन्र्तगतका कलेजहरुको मनपरी शुल्कविरुद्ध विद्यार्थीहरुले आवाज उठाएपनि केयूका कलेजहरुले विश्वविद्यालयकै संरक्षणमा सरकारले तोकेभन्दा दोब्बरसम्म शुल्क असुलीरहेका छन् ।

काठमाडौं युनिभर्सिटी ऐन २०४८ अनुसार परिषद् गठिन परिषद्ले काठमाडौं युनिभर्सिटी तथा सम्बन्धन प्राप्त गरेका कलेजका चिकित्साशास्त्रका विद्यार्थीहरुको हकहितमा काम गर्ने सोच अगाडि सारेको नवनिर्वाचित अध्यक्ष कडरियाले बताए । उनले विश्वविद्यालयलाई विधि र थितीअनुसार सञ्चालनमा टेवा पु¥याउने र नीति नियमविपरीत कुनै पनि कलेजमा भएका मनपरीविरुद्ध संघर्षमा उत्रिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय