बालबालिकामा उमेरअनुसार आवश्यक पोषकतत्वको सन्तुलन

विश्व स्वास्थ्य संगठनले १८ वर्षसम्म उमेर समूहका व्यक्तिलाई बालबालिकाको सूचीमा राखेको छ । तर, कान्ति बाल अस्पतालमा भने १४ वर्षसम्मका बालबालिकाको मात्र उपचार गर्ने गरिएको छ । जन्मेदेखि नै उसले पाउने पोषकतत्वले बच्चाको वृद्धि–विकासमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

बच्चाको मानसिक, शारीरिक, सामाजिक तथा संवेगात्मक विकासका लागि उसको शरीरले पाउने पौष्टिकतत्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । आवश्यक पोषकतत्वको सन्तुलन मिलाई बच्चालाई खानेकुरा खुवाउने गरेमा उसको आवश्यक विकासमा सहयोग पुग्छ ।

जन्मेको ६ महिनासम्मका लागि शिशुको पूर्ण खाना भनेको आमाको दूध नै हो । कतिपय अवस्थामा बच्चाले आमाको दूध खान नपाउने अवस्था पनि हुन सक्छ । आकस्मिक रूपमा आमाको मृत्यु भएमा, बच्चा छोडेर बाहिर कतै काम गर्न जानुपर्ने अवस्था आएमा तथा विभिन्न कारणले आमाको दूध नआएमा वा खान नपाएमा बच्चालाई अन्य दूध पनि खुवाउनुपर्ने हुन सक्छ, जसलाई हामी वैकल्पिक खाना पनि भन्ने गर्छाैं । आमाको दूधमा जस्तै पोषकतत्व अन्य दूधमा पाउन नसकिए पनि केही मात्रामा भने पोषकतत्व पाउन सकिन्छ ।

आमाको दूध भनेको मम मेड हो भने बाहिर पाइने अन्य दूध भने हेन्ड मेड हुन् । वैकल्पिक खाना भनेको अन्तिम अवस्थामा मात्र रोज्ने कुरा हो । कतिपय अवस्थामा आमामा सर्ने प्रकारका रोगहरू लागेको खण्डमा पनि बच्चालाई आमाको दूध खुवाउनु राम्रो मानिँदैन ।

आमाको दूधमा कार्बाेहाइड्रेट, प्रोटिन, खनिज, क्याल्सियम, फलिक एसिडलगायत जन्मेदेखि ६ महिनासम्मका बच्चालाई आवश्यक सम्पूर्ण पौष्टिकतत्व पाइन्छन् । बाहिरबाट किनेर खुवाइने ल्याक्टोजिनलगायत दूधमा पनि पौष्टिकतत्व नपाइने भन्ने त होइन, तर आमाको दूधको तुलनामा भने कमै हुन्छ ।

सकेसम्म १ वर्षभन्दा कम उमेरका बालबालिकालाई भैँसीको दूध खुवाउनु राम्रो मानिँदैन । यदि खुवाउनैपर्ने अवस्था आएका दूधबराबर नै पानी मिलाएर मात्र खुवाउनु उपयुक्त हुन्छ । गाई–भैँसीको दूधमा आमाको दूधमा जस्तो बच्चाको शरीरलाई आवश्यक मात्रामा खनिज तथा प्रोटिनको मात्रा मिलेको हुँदैन । त्यसकारण त्यस्ता दूधमा पानी मिसाएर खुवाउनुपर्ने हुन्छ ।

आमाको दूधमा क्याल्सियम र प्रोटिन पोषकतत्वको मात्रा ६० र ४० को अनुपातमा उपलब्ध हुन्छन्, जसमा सजिलैसँग बच्चाले पचाउन सक्ने तत्व ६० प्रतिशत हुन्छन् भने छोक्रा अथवा पचाउन गाह्रो हुने पदार्थको मात्रा ४० प्रतिशत हुन्छ । हाल बजारमा उपलब्ध दूधहरूमा कतिपयमा प्रोटिन र क्याल्सियमको मात्रा बराबर (५०–५० प्रतिशत) हुने गर्छन् । आमाको दूधमा जस्तै पौष्टिकतत्व पाउनका लागि बजार उपलब्ध तयारी दूधहरूमा पनि क्याल्सियम र प्रोटिनको मात्रा ६० र ४० को अनुपातमा हुनु जरुरी छ ।

सकेसम्म १ वर्षभन्दा कम उमेरका बालबालिकालाई भैँसीको दूध खुवाउनु राम्रो मानिँदैन । यदि खुवाउनैपर्ने अवस्था आएका दूधबराबर नै पानी मिलाएर मात्र खुवाउनु उपयुक्त हुन्छ । गाई–भैँसीको दूधमा आमाको दूधमा जस्तो बच्चाको शरीरलाई आवश्यक मात्रामा खनिज तथा प्रोटिनको मात्रा मिलेको हुँदैन । त्यसकारण त्यस्ता दूधमा पानी मिसाएर खुवाउनुपर्ने हुन्छ ।

बच्चाको दिमागको विकास १८ महिनाभित्रै ८० प्रतिशतले भइसकेको हुन्छ । त्यसका लागि आमाको दूधमा भएको पोषकतत्वले काम गरिरहेको हुन्छ । त्यसका साथसाथै प्रोटिन, जिंक, आइरनजस्ता पौष्टिकतत्वहरूको मिश्रण भएको खानेकुरा खुवाउनुपर्ने हुन्छ ।

एउटी राम्रो दूध उत्पादन गर्ने महिला वा आमाले ५ सय एमएलदेखि १ लिटरसम्म दूध उत्पादन गर्न सक्छिन् । एक लिटर दूधले करिब ६ सय ५० क्यालोरी दिन्छ । उक्त क्यालोरी शक्तिमा परिणत हुँदा करिब ४ सय ५० मा झर्छ । त्यो नै ६ महिनासम्मको बच्चाको शरीरले लिन सक्ने क्यालोरीको मात्रा हो । एउटा ६ देखि १२ महिनाको बच्चालाई चाहिने क्यालोरीको मात्रा भनेको करिब ६ सयदेखि ९ सयसम्म हो । त्यसकारण आमाको दूधको क्यालोरीको मात्रा ६ महिनामाथिको बच्चाका लागि अपर्याप्त पनि हुन सक्छ । क्यालोरीको मात्रा अपुग हुनेबित्तिकै प्रोटिनलगायत अन्य आवश्यकतत्वहरू पनि बच्चाको शरीरका लागि अपर्याप्त हुने गर्छन् ।

बच्चाको दिमागको विकासका लागि चिल्लोपदार्थको मात्रा पनि आवश्यक पर्ने गर्छ । हाम्रो समाजमा भने चिल्लो खुवाएमा रुघाखोकी लाग्छ भन्ने मान्यता छ । बच्चाको शरीरलाई दिइने कुल क्यालोरीमा २५ प्रतिशत चिल्लोपदार्थ आवश्यक हुन्छ ।

आमाको दूध मात्रै खाने बालबालिकाका लागि ९२ ग्राम क्यालोरी आवश्यक पर्छ । त्यसैगरी प्रोटिन १.१६ प्रतिकेजी प्रतिग्राम आवश्यक पर्छ । चिल्लोपदार्थमा भने आमाको दूधमै पर्याप्त हुने भएकाले अतिरिक्त आवश्यक पर्दैन । त्यसैगरी, आइरनको मात्रा ४६ माइक्रोग्राम प्रतिकेजी प्रतिग्राम आवश्यक पर्ने गर्छ । त्यस्तै, थाएमिन ०.२, भिटामिन सी २५ एमजी, फोलेट २५ एमजी, भिटामिन बी१२ ०.२ माइक्रोग्राम आवश्यक पर्ने गर्छ । जिंकको मात्रा पनि आमाको दूधमै प्रशस्त पाइने भएकाले छुट्टै आवश्यक हुँदैन ।

त्यसैगरी, बच्चा ६ भएपछि १२ महिनासम्म ८० क्यालोरी प्रतिकेजी प्रतिदिनका दरले दिनुपर्ने हुन्छ । त्यसैगरी, प्रोटिन १.६९ ग्राम प्रतिकेजी प्रतिदिन, चिल्लोपदार्थ १९ ग्राम प्रतिदिन आवश्यक पर्छ । त्यस्तै, आइरन ०.५ एमजी चाहिन्छ ।

एउटी राम्रो दूध उत्पादन गर्ने महिला वा आमाले ५ सय एमएलदेखि १ लिटरसम्म दूध उत्पादन गर्न सक्छिन् । एक लिटर दूधले करिब ६ सय ५० क्यालोरी दिन्छ । उक्त क्यालोरी शक्तिमा परिणत हुँदा करिब ४ सय ५० मा झर्छ । त्यो नै ६ महिनासम्मको बच्चाको शरीरले लिन सक्ने क्यालोरीको मात्रा हो । एउटा ६ देखि १२ महिनाको बच्चालाई चाहिने क्यालोरीको मात्रा भनेको करिब ६ सयदेखि ९ सयसम्म हो ।

भिटामिनको कुरा गर्ने हो भने जन्मेदेखि ६ महिनाको बच्चालाई जति आवश्यक पर्छ, एक वर्षसम्मको बच्चाका लागि पनि त्यति नै आवश्यक पर्छ ।
जब बच्चा वर्षदिन पुग्छ, त्यसपछि ३ वर्षसम्म उसलाई १ हजार ६० ग्राम क्यालोरी प्रतिदिन आवश्यक पर्छ । बच्चा २ वर्ष पुगिसकेपश्चात् उसको तौल साढे २ केजीको दरले बढ्ने गर्छ । बच्चाको शरीरको तौल त्यो अनुपातमा बढे पनि उसको शरीरलाई आवश्यक पोषकतत्वको मात्रा भने यति नै बढ्छ भन्ने हुँदैन । त्यसकारण १ केजीबराबर १०० ग्रामका दरले बच्चालाई क्यालोरी चाहिने गर्छ । त्यसैगरी, उसको शरीरलाई १६.७ ग्राम प्रोटिनको मात्रा आवश्यक पर्न जान्छ ।

१ देखि ३ वर्षको उमेरमा बच्चाको दिमागको विकास ८० प्रतिशतले हुने भएका कारण यस समयमा बच्चालाई चिल्लोपदार्थ बढी चाहिने गर्छ । यस उमेरमा बच्चालाई २७ ग्राम प्रतिकेजी चिल्लोपदार्थ आवश्यक हुन्छ । यो उमेरसमूहका बच्चामा जिंकको मात्रा अलिकति बढाउनुपर्ने हुन्छ । बच्चामा उमेरअनुसार पोषकतत्वहरूको सन्तुलन मिलाउनुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय