हावाहुरी प्रभावित पुरनिया पुग्यो नर्भिक अस्पतालको विशेषज्ञ टोली

 

विशानकारी हावाहुरीका प्रभावित बारा र पर्साका पीडितको उपचार सहायतका लागि खटिएको थापाथलीस्थित नर्भिक अस्पतालका विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली बढी प्रभावित पुरनिया गाउँ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयसँग अनुमति लिएर मंगलबार बारा पुगेको टोलीले सुरुमा कलैया अस्पतालमा उपचारमा खटिएको थियो ।

प्रदेश सरकारले हावाहुरी प्रभावित क्षेत्रमा उपचारका लागि चिकित्सक अभाव भएको जनाएपपछि अस्पतालले विशेषज्ञ टोली खटाएको थियो ।

टोलीमा डा. प्रदिपकुमार गुप्ता र डा. इमराना खातुनको नेतृत्वमा ७ जना छन् । बुधबार भने बढि प्रभावित रहेको बाराको पुरनिया गाउँको स्वास्थ्य संस्था वा घरदैलोमै पुगेर सेवा दिने अस्पतालले जनाएको छ ।

नर्भिक टोलीले आकस्मिक कक्षमा रहेका घाइतेलाई आवश्यक सम्पुर्ण जाँच तथा उपचार सेवादिएको उपचारमा सम्लग्न डाक्टरले बताएका छन् । नर्भिकका चिकित्सकले कलैया अस्पतालमा रहेको ३२ जनाको हाराहरीमा रहेका बिरामीलाई सेवा दिएको अस्पतालले जानकारी गराएको छ ।
हावाहुरीको कारणले बारा र पर्सामा गरि २८ जनाको मुत्यु भएको थियो भने १ हजार भन्दा बढी मानिसहरु घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय